-
अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्प्रहरीधरहरा—२००३ | मार्च १५
-
-
अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्
“परमप्रभुले मानिसले झैं हेर्दैनन्।”—१ शमूएल १६:७.
१, २. एलीआबप्रति यहोवाको दृष्टिकोण शमूएलको भन्दा कसरी भिन्न थियो र हामी यसबाट के सिक्न सक्छौं?
सा.यु.पू. ११ औं शताब्दीमा, शमूएल अगमवक्तालाई यहोवाले एउटा गोप्य कामको लागि पठाउनुभयो। उहाँले यी अगवक्तालाई यिशै नाउँ गरेका मानिसको घरमा गएर तिनका छोराहरूमध्ये एक जनालाई इस्राएलको भावी राजा अभिषेक गर्ने आज्ञा दिनुभयो। शमूएल यिशैको जेठो छोरा, एलीआबलाई देख्दा, परमेश्वरले छान्नुभएको व्यक्ति यिनी नै हुन् भन्ने कुरामा निर्धक्क भए। तर यहोवाले यसो भन्नुभयो: “त्यो सुन्दर र अल्गो भए तापनि त्यसको ख्याल नगर्। म त्यसलाई इन्कार गर्छु। परमप्रभुले मानिसले झैं हेर्दैनन्। मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:६, ७) शमूएलले एलीआबलाई यहोवाको दृष्टिकोणबाट हेरेका थिएनन्।a
-
-
अरूलाई यहोवाको दृष्टिकोणबाट हेर्ने प्रयत्न गर्नुहोस्प्रहरीधरहरा—२००३ | मार्च १५
-
-
a एलीआब देख्नमा सुन्दर भए तापनि तिनमा इस्राएलको राजा बन्नको लागि आवश्यक गुणहरू थिएनन् भन्ने कुरा पछि प्रस्ट भयो। पलिश्ती दैत्य गोल्यतले इस्राएलीहरूलाई लडाइँ गर्न धम्काउँदा, इस्राएलका अरू मानिसहरूजस्तै एलीआब पनि डरले लुत्रुक्क परे।—१ शमूएल १७:११, २८-३०.
-