प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनीहरूले आफ्नो शरीरको छेस्को सहे
    प्रहरीधरहरा—२००२ | फेब्रुअरी १५
    • ११. सीबाले मपीबोशेतबारे कस्तो झूटा कुरा गऱ्‍यो र उसले बताएको कुरा झूटो थियो भनेर हामी कसरी थाह पाउन सक्छौं? (पादटिप्पणी हेर्नुहोस्‌।)

      ११ पछि, मपीबोशेतले आफ्नो शरीरमा अर्को छेस्को पनि सहनुपऱ्‍यो। तिनको नोकर सीबाले राजा दाऊदलाई तिनको विषयमा भए नभएको कुरा लगाए। त्यतिबेला दाऊद आफ्नो छोरा अब्शालोमको विद्रोहको कारण यरूशलेमबाट भागिरहेका थिए। सीबाले मपीबोशेत राजाको सिंहासन हडप्ने लोभमा यरूशलेममै बसेका हुन्‌ भन्‍ने झूटो कुरा लाए।a दाऊदले सीबाको झूटो कुरा पत्याए र मपीबोशेतको सारा सम्पत्ति त्यस फटाहालाई दिए!—२ शमूएल १६:१-४.

  • तिनीहरूले आफ्नो शरीरको छेस्को सहे
    प्रहरीधरहरा—२००२ | फेब्रुअरी १५
    • a मपीबोशेतजस्तो कृतज्ञ, विनम्र मानिसले त्यस्तो महत्त्वकांक्षी षड्यन्त्र रचेको हुन सक्दैन। तिनलाई आफ्नो बुबा जोनाथनको विश्‍वासी जीवनबारे राम्ररी थाह थियो। राजा शाऊलको छोरा भए तापनि जोनाथनले इस्राएलमाथि राजा हुन यहोवाले दाऊदलाई छान्‍नुभएको छ भनेर नम्रतापूर्वक स्वीकारे। (१ शमूएल २०:१२-१७) मपीबोशेतका ईश्‍वरभीरु बुबा र दाऊदको वफादार मित्रको हैसियतमा जोनाथनले आफ्नो सानो छोरालाई यसरी राज्य शक्‍ति हडप्न सिकाएको हुन सक्दैन थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने