प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w05 ७/१५ p. ३१
  • पाठकहरूका प्रश्‍नहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूका प्रश्‍नहरू
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • मिल्दोजुल्दो सामग्री
  • क-कसको पुनरुत्थान हुनेछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासनामा एकताबद्ध
  • पुनरुत्थानको आशाको शक्‍ति
    एक मात्र साँचो परमेश्‍वरको उपासना गर्नुहोस्‌
  • शिओल र हेडिज के हो?
    बाइबलले वास्तवमा के सिकाउँछ?
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
w05 ७/१५ p. ३१

पाठकहरूका प्रश्‍नहरू

पुरातन इस्राएलका राजा सुलेमान बुढेसकालमा परमेश्‍वरप्रति अवफादार भएकोले के हामी तिनको पुनरुत्थान हुनेछैन भन्‍ने निष्कर्षमा पुग्न सक्छौं?—१ राजा ११:३-९.

पक्का पुनरुत्थान हुने विश्‍वासी केही पुरुष तथा स्त्रीहरूको नाउँ बाइबलमा तोकेरै उल्लेख गरिएको भए तापनि बाइबलमा उल्लिखित हरेक व्यक्‍तिको पुनरुत्थान हुने प्रत्याशाबारे चाहिं किटानका साथ केही टिप्पणी गरिएको छैन। (हिब्रू ११:१-४०) तथापि, सुलेमानको सन्दर्भमा भने हामी कुनै-कुनै विश्‍वासी जनहरूको मृत्यु हुँदा भएको घटनासित तिनको मृत्यु हुँदा भएको घटनालाई तुलना गरेर परमेश्‍वरले गर्नुहुने न्यायको मेसो पाउन सक्छौं।

धर्मशास्त्रमा मरिसकेका व्यक्‍तिहरूको दुईवटा सम्भावनाबारे मात्र बताइएको छ—केही समयको लागि अस्तित्वहीन हुनु र सदाको लागि अस्तित्वहीन हुनु। पुनरुत्थानको लागि अयोग्य साबित हुनेहरूलाई “नरक” अथवा “अग्नि-कुण्डमा” अर्थात्‌ गेहेन्‍नामा फालिनेछ। (मत्ती ५:२२; मर्कूस ९:४७, ४८; प्रकाश २०:१४) यस्तो नतिजा भोग्नेहरूमा प्रथम मानव दम्पती आदम र हव्वा, धोकेबाज यहूदा इस्करयोती तथा परमेश्‍वरले न्याय कार्यान्वयन गर्नुहुँदा मरेका कोही-कोही; जस्तै: नूहको दिनका मानिसहरू अनि सदोम र गमोराका बासिन्दाहरू हुनेछन्‌।a मृत्युपछि पुनरुत्थान हुनेहरू मानिसजातिको चिहानमा जान्छन्‌, जसलाई मौलिक भाषाको बाइबलमा शिओल अथवा हेडिस भनिएको छ। पुनरुत्थान हुने यस्ता व्यक्‍तिहरूको विषयमा बाइबल यसो भन्छ: “समुद्रले त्यसमा भएका मुर्दाहरूलाई दिइहाल्यो, औ मृत्यु र पातालले पनि तिनीहरूमा भएका मुर्दाहरूलाई दिइहाले। औ तिनीहरू प्रत्येकको आफ्नो आफ्नो कामअनुसार इन्साफ भयो।”—प्रकाश २०:१३.

त्यसैले, हिब्रू अध्याय ११ मा उल्लिखित विश्‍वासी जनहरू पुनरुत्थानको प्रतीक्षामा शिओल अथवा हेडिसमा छन्‌। ती जनहरूमध्ये परमेश्‍वरका वफादार सेवक अब्राहाम, मोशा र दाऊद पनि हुन्‌। उनीहरूको मृत्युबारे बाइबल के भन्छ, अब विचार गर्नुहोस्‌। यहोवाले अब्राहामलाई यसो भन्‍नुभयो, “तँचाहिं आफ्ना पित्रहरूकहाँ शान्तिसित जानेछस्‌। तेरो पूरो बुढेसकालमा तँ गाडिनेछस्‌।” (उत्पत्ति १५:१५) यहोवाले मोशालाई यसो भन्‍नुभयो: “हेर्‌, तेरा पिता-पुर्खाहरूजस्तै तँ मर्न लागेको छस्‌।” (व्यवस्था ३१:१६) सुलेमानको पिता दाऊदको सन्दर्भमा बाइबल यसो भन्छ: “दाऊद आफ्ना पित्रहरूसित सुते, र दाऊदको शहरको चिहानमा राखिए।” (१ राजा २:१०) यसकारण, “पित्रहरूसित सुते” भन्‍ने अभिव्यक्‍ति मानिस शिओलमा गए भन्‍ने अर्को तरिका हो।

सुलेमानको मृत्यु हुँदा नि के भएको थियो? बाइबल यस्तो जवाफ दिन्छ: “सुलेमानले सारा इस्राएलमाथि यरूशलेमबाट चालीस वर्ष राज्य गरे। त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको शहरमा गाडिए।” (१ राजा ११:४२, ४३) यसर्थ, सुलेमान शिओल वा हेडिसमा छन्‌ भन्‍ने निष्कर्षमा पुग्नु मनासिब देखिन्छ, जहाँबाट तिनको पुनरुत्थान हुनेछ।

धर्मशास्त्रले तोकेरै ‘तिनीहरू आफ्ना पित्रहरूसित सुते’ भनेका अन्य व्यक्‍तिहरूको पुनरुत्थान हुने सम्भावनाबारे पनि यस्तै निष्कर्षमा पुग्न सकिन्छ। हुन त हो, सुलेमानपछि आएका थुप्रै राजाहरू अवफादार साबित भए तापनि उनीहरूको विषयमा पनि यसै भनिएको छ। यो अव्यावहारिक कुरो होइन किनकि “धर्मी र अधर्मीहरू समेतको पुनरुत्थान हुन्छ।” (प्रेरित २४:१५) निस्सन्देह, सम्झनाको “चिहानमा हुनेहरू सबै” जनाको पुनरुत्थान भएपछि मात्र को-को पुनरुत्थानको योग्य रहेछन्‌ भनी हामी निश्‍चयका साथ भन्‍न सक्नेछौं। (यूहन्‍ना ५:२८, २९) त्यसकारण, पुरातन समयका कुनै पनि व्यक्‍तिविशेषको पुनरुत्थान हुनेछ वा हुनेछैन भनेर ठोकुवाका साथ भन्‍नुको सट्टा यहोवाको त्रुटिरहित निर्णयमाथि भरोसा गर्दै हामी पर्खन्छौं।

[फुटनोट]

a सन्‌ १९८८, जून १ अंकको द वाचटावर पृष्ठ ३०-३१ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने