प्रतिज्ञाको देशका केही दृश्यहरू
सामरिया उत्तरी राजधानीहरू मध्य एउटा राजधानी
बेबिलन, निनवे र रोम। बाइबलका समयमा यी राजधानीहरू थिए। तथापि बाइबलको दृष्टिकोणबाट कुरा गर्ने हो भने, तिनीहरू सबै भन्दा प्रमुख राजधानीहरू मध्यका थिएनन्। सबै भन्दा प्रमुख राजधानी, यरूशलेम बाहेक, सामरिया थियो। लगभग २०० वर्षका लागि, सामरिया इस्राएलको दस गोत्रे राज्यको राजधानी थियो र धेरै अगमवाणीहरू सामरिया तर्फ केन्द्रित थिए। तर सामरियाको विषयमा तपाईंलाई के थाह छ? उत्तरी राजधानीहरू मध्य त्यो एउटा राजधानी किन थियो?
यरूशलेममा यहोवाका राजा र मन्दिरबाट इस्राएलका दश गोत्रहरूले आफूलाई अलग पारे पछि दश वर्षको इतिहास स्मरण गर्नु हुँदै, मानचित्र हेर्नुहोस्। उत्तरी राज्य सङ्गठन गर्न अगुवाइ लिने यारोबामले पहाड़को उत्तर-दक्षिण बाटोमा पर्ने शेकेममा केही समयका लागि राज्य गरे। यारोबामले पछि आफ्नो राजधानी तिर्जामा सारे, जुन ठाउँ वादी फाराहको सिरानमा पर्छ। यर्दनको उपत्यकाबाट एउटा बाटो तिर्जा भएर, पहाड़को बाटो सँग जोड़िन् थियो। नादाब, बाशा, इला, जिमरी र ओमरीको शासनकाल भित्र दश गोत्रे राज्यको राजधानी तिर्जा थियो भनेर के तपाईंलाई थाह थियो?—उत्पत्ति १२:५-९; ३३:१७, १८; १ राजा १२:२०, २५, २७; १४:१७; १६:६, १५, २२.
तथापि, छ वर्ष पछि, ओमरीले एउटा नया राजधानी स्थापित गरे। तर कहाँ? मान-चित्रको देब्रे पट्टि देखिने पहाड़ी इलाका अर्थात सामरियामा। (१ राजा १६:२३-२८) आज, कृषिका लागि यहाँ प्रशस्त पाखा-पखेरो भएता पनि, तराईबाट सोझो माथि उठने यसको चेप्टो डाड़ालाई शत्रुहरूको आक्रमणबाट सजिलैसँग सुरक्षित राख्न सकिन्छ भनेर ओमरीले यस ठाउँलाई रोजेको हुनुपर्छ। तिनको छोरा आहाबले सामरिया निर्माण गर्ने कामलाई अझ अघि बढ़ाउँदै, त्यसको वरिपरि चौड़ा पर्खालहरू खड़ा गरे। यस बाहेक उनले बाल देवताका लागि एउटा मन्दिर र आफू र आफ्नी फिनीसी स्वास्नी ईजेबेल बस्नका लागि दरबार पनि निर्माण गरे। भग्नावशेषहरू खनेर हेर्दा, आहाबको दरबारका अवशेषहरू देखा परेकाछन् जसलाई तपाईं आउँदो पानामा देख्न सक्नु हुन्छ। त्यसमा हुने भोग-विलास र चरम दुष्टताका लागि त्यो दरबार कुप्रसिद्ध थियो। (१ राजा १६:२९-३३) यो शहर जाने उकालो बाटो चढ़ेर, एलिया अगमवक्ता, दरबारको त्यो चौडा सड़कमा हिडदै आहाबको बाल-देवतामा केन्द्रित खराबीको भर्त्सना गर्न गएको कल्पना गर्नुहोस्।—१ राजा १७:१.
सन् १९१० मा पुरातत्वज्ञहरूले यहाँ माटाका भाँड़ाका टुक्राहरू पाए जसमाथि जहाजमा लादेका दाख-मधु, तेल र तिरेका करहरूको हिसाब पाए। तर त्यहाँ उल्लेखित् धेरै जसो व्यक्तिगत नामहरूसँग बाल अक्षर जोडिएको थियो। साथै, पुरातत्वज्ञहरूले यहाँ हात्ती दाँतले बनिएका सजावटका विभिन्न सामानहरू पनि पाए। याद गर्नु होला, धरै नै पहिले १ राजा २२:३९ मा, आहाब राजाको “हात्ती दाँतले बनाएको निवासस्थानहरूको” चर्चा गरिएको थियो। शायद उनले घर भित्र राख्न, लगभग एक शताब्दि पश्चात् आमोसले चर्चा गरेका “हात्ती दाँतका पलङ्ग” जस्ता अन्य सर-सामानहरू पनि बनाएको थियो होला। (आमोस ३:१२, १५; ६:१, ४) ती सामानहरू, मिस्री लोक-कथामा चर्चित् चरा-चुरूङ्गीहरू र चिन्हहरूले पनि सुसज्तित थिए।
आहाब र ईजेबेलको नाउँ लिना साथै, तपाईंलाई तिनीहरूको मृत्युको समझना हुन्छ होला। सिरियासँग एउटा मूर्ख युद्ध लड़दा, आहाबले आफ्नो ज्यान गुमाए। तिनको “रथ सामरियाको तलाउमा” धोइँदा, उनको रगत “कुकुरहरूले चाटे” र एलियाले भनेको वचन पुरा भयो। (१ राजा २१:१९; २२:३४-३८) ईजेबेल रानीलाई चाहिं दरबारको एउटा झ्यालबाट तल मर्ने गरी फालिदिए। के त्यो घटना सामरियाको दरबारको झ्यालबाट घटेको हो? होइन। माथि उत्तर तिर, यिज्रेलको उपत्यकामा पनि आहाबको एउटा दरबार थियो। उनले यही दरबारको नजीकमा भएको नाबोतको दाख बगैंचाको लोभ गरेका थिए। यही दरबारको माथिल्लो तलाबाट पालेहरूले पूर्व तिर हेर्दा, येहू वेगसित उपत्यका देखि उकालो आइरहेको देखे। र त्यँही नै सामरियाकी दुष्ट रानी ईजेबेलको भीषण तर न्यायोचित मृत्यु भयो।—१ राजा २१:१-१६; २ राजा ९:१४-३७.
सामरिया राजधानी नै रहेतापनि, त्यहाँ परमेश्वरको आशिष वा अनुमोदन थिएन। त्यसले दक्षिणको राजधानी, यरूशलेमसँग शत्रुता र ईख गरी रह्यो। यहोवाले सामरियाका शासकहरू र मानिसहरूलाई तिनीहरूले मूर्त्तिपूजा, अनैतिकता र ईश्वरको कानूनको उल्लङ्घन गरे वापत चेताउनी दिन धेरै अगमवक्ताहरू पठाइ रहनु भयो तर सबै व्यर्थ भयो। (यशैया ९:९; १०:११; इजकिएल २३:४-१०; होशे ७:१; १०:५; आमोस ३:९; ८:१४; मिका १:१, ६) यसकारण ई. पू. ७४० मा, सामरियाले लेखा दिनु पऱ्यो र त्यसलाई अश्शूरीहरूले ध्वंस पारि दिए। त्यहाँका धेरै जसो मानिसहरू कैदमा लगिए र तिनीहरूको ठाउँमा परदेसीहरू बस्न थाले।—२ राजा १७:१-६, २२-२४.
केही समय पछि, विशेषगरी महान कहलाइएको हेरोदको पालोमा, ग्रीक र रोमी मानिसहरूले सामरियालाई फेरि केही महत्व दिए। अतः येशू र उहाँका चेलाहरू पनि, उत्तरका राजधानीहरू मध्यको यो एउटा राजधानी, सामरिया सँग परिचित थिए।—लूका १७:११; यूहन्ना ४:४. (w90 11/1)
[पृष्ठ १०-मा भएको नक्सा]
यिज्रेल
तिर्जा
सामरिया
शेकेम
यरूशलेम
यर्दनको नदी
[चित्रको स्रोत]
Based on a map copyrighted by Pictorial Archive (Near Eastern History) Est. and Survey of Israel.
[पृष्ठ १०-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
[पृष्ठ ११-मा भएको चित्रको स्रोत]
Pictorial Archive (Near Eastern History) Est.
Garo Nalbandian