-
तिनले हेरे र पर्खेतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
१७, १८. (क) यिज्रेल जाने बाटोमा एलियालाई के भयो? (ख) कर्मेलबाट यिज्रेलसम्म एलिया दौडेको घटनामा तपाईंलाई कुन कुरा उल्लेखनीय लाग्यो? (फुटनोट पनि हेर्नुहोस्)
१७ एलिया पनि आहाब गइरहेको बाटो हुँदै जान्छन्। दिन ढल्किसकेको छ। कालो बादलले ढाकेर सारा देशमा अन्धकार छाएको छ र घनघोर पानी परिरहेकोले बाटो हिलाम्मे छ। यात्रा गर्न कत्ति गाह्रो! तर त्यति नै बेला एउटा अचम्मको घटना घट्छ।
१८ “परमप्रभुको हात एलियामाथि पऱ्यो। तिनले आफ्नो लुगा समेटे, र यिज्रेलसम्मै आहाबको अगिअगि दगुरे।” (१ राजा १८:४६) कुरा प्रस्ट छ, “परमप्रभुको हात एलियामाथि” परेकोले तिनले असाधारण शक्ति पाएका थिए। यिज्रेल ३० किलोमिटर टाढा थियो। एलिया जवान पनि त थिएनन्।a कल्पना गर्नुहोस्, दौडिन सजिलो होस् भनेर एलिया आफ्नो लामो लुगा माथितिर सारेर कम्मरमा बाँध्दैछन्। त्यसपछि हिलाम्मे बाटोमा एक्लै दौडिरहेका छन्। एलिया यत्ति छिटो दौडन्छन् कि तिनले आहाबलाई भेट्टाउँछन्, उनलाई उछिन्छन् र उनीभन्दा निकै अघि जान्छन्। आहाबको राजकीय रथले पनि तिनलाई भेट्टाउन सक्दैन!
१९. (क) एलियालाई परमेश्वरले दिनुभएको बलले हामीलाई कुन भविष्यवाणीको सम्झना गराउँछ? (ख) एलिया यिज्रेलतिर दौडँदा तिनी कुन कुरामा ढुक्क थिए?
१९ एलियाले पक्कै पनि आशिष् पाएको महसुस गरेको हुनुपर्छ। तिनले असाधारण बल पाए। जवान छँदा तिनी जति बलिया थिए, त्योभन्दा धेरै गुणा बलियो भएको महसुस गरे। कस्तो अचम्मको अनुभव! यसले हामीलाई एउटा भविष्यवाणीको सम्झना गराउँछ। त्यो हो: यहोवाप्रति वफादार मानिसहरू आउनै लागेको प्रमोदवनमा पूर्णतया स्वस्थ हुनेछन्। (यशैया ३५:६ पढ्नुहोस्; लूका २३:४३) त्यो हिलाम्मे बाटोमा दौडँदा एलिया आफ्नो बुबा यहोवा परमेश्वरको अनुमोदन पाएको कुरामा ढुक्क थिए।
-
-
तिनले परमेश्वरबाट सान्त्वना पाएतिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
१, २. एलियाको सबैभन्दा अविस्मरणीय दिनमा के-कस्ता घटना घटे?
एलिया दौडिरहेका छन्। कालो बादल मडारिरहेको छ। मुसलधारे पानी परिरहेको छ। अनि झन्झनै अँध्यारो हुँदै गइरहेको छ। यी वृद्ध भविष्यवक्ताले यिज्रेलसम्म पुग्न अझै लामो बाटो पार गर्नुपर्ने छ। तैपनि तिनी नथाकीकन दगुरिरहन्छन् किनभने तिनीमाथि “परमप्रभुको हात” छ। तिनले अहिले जत्तिको बलियो पहिला कहिल्यै महसुस गरेका थिएनन्। हुन पनि, तिनी राजा आहाबको रथलाई उछिनेर निकै अघि पुगिसकेका थिए, घोडाहरूभन्दा पनि छिटो!—१ राजा १८:४६ पढ्नुहोस्।
-