प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • नम्र भई एलियाले यहोवाको बाटो हेरे। यदि यहोवाले एलियालाई माथि उठाएर लगिएको हेर्न दिनुभयो भने एलिसाले त्यसलाई परमेश्‍वरको सकारात्मक जवाफको रूपमा लिन सक्थे। केही समय नबित्दैको कुरा हो, यी दुई मित्र “आपसमा कुरा गर्दै हिँडिरहेको बेला” एउटा अचम्मको घटना घट्यो।—२ राजा २:१०, ११.

      एलिया र एलिसाबीचको मित्रताले तिनीहरू दुवैलाई कठिनाइहरू सहन मदत गऱ्‍यो

      आकाशमा अचम्मको ज्योति देखियो अनि त्यो झन्‌झन्‌ आफ्नो नजिक आउँदै गरेको तिनीहरूले महसुस गरे। आँधीबेहरी चल्दा जस्तो आवाज सुनिन्छ, त्यतिबेला पनि त्यस्तै आवाज सुनिएको हुनुपर्छ। ती दुई पुरुषले आफ्नो अगाडि एउटा चहकिलो चिज आउँदै गरेको देखे र त्यसले गर्दा तिनीहरू तर्सिएर पछाडि सरे। तिनीहरूको अगाडि एउटा ठूलो अग्निमय रथ थियो। एलियाले आफूलाई उठाएर लगिने समय नजिकै आइसक्यो भनेर थाह पाए। के तिनी रथमा चढे? यसबारे बाइबलमा केही बताइएको छैन। जेहोस्‌, तिनले आफूलाई माथि हावामा उठाइएको र आँधीबेहरीमा उचालिएको महसुस गरे!

  • तिनले अन्तसम्मै सहे
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
    • त्यसपछि एलिया कहाँ गए? कुनै-कुनै धर्मले तिनी परमेश्‍वरसँग बस्नको लागि स्वर्गमा लगिए भनी सिकाउँछ। तर त्यो सम्भव छैन। किनभने सयौँ वर्षपछि येसु ख्रिष्टले आफूभन्दा पहिला कुनै पनि मानिस स्वर्ग उक्लेको छैन भनेर बताउनुभयो।—युहन्‍ना ३:१३.

      यहोवाले आफ्नो प्यारो अगमवक्‍तालाई नयाँ असाइनमेन्ट सुम्पनुभयो, उहाँले तिनलाई नजिकैको यहुदा राज्यमा खटाउनुभयो। बाइबल विवरणअनुसार सात वर्षपछि पनि एलिया यहुदामै सेवा गरिरहेका थिए। त्यतिबेला यहुदामा दुष्ट राजा यहोरामले शासन गरिरहेका थिए। तिनले आहाब र ईजेबेलकी छोरीसित विवाह गरेका थिए। त्यसैले तिनीहरूको दुष्ट प्रभाव अझै थियो। यहोवाले एलियालाई यहोराममाथि आइपर्ने सजायबारे चिठी लेख्न लगाउनुभयो। भविष्यवाणी गरिएझैँ यहोरामले दर्दनाक मृत्यु भोगे। त्यति मात्र होइन, “तिनको मृत्यु हुँदा कसैले पनि दुःख मनाएन।”—२ इतिहास २१:१२-२०.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने