प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा—२०१३ | अगस्त १५
    • एलीशाले देखेको कुरा

      एलियाको शक्‍तिको दोब्बर भाग पाऊँ भनेर एलीशाले गरेको बिन्ती यहोवाले सुन्‍नुभयो त? विवरण यसो भन्छ: ‘उनीहरू बात गर्दै अगि बढ्‌न लागे। औ एक्कासि अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे। त्यसले उनीहरूलाई एक अर्काबाट अलग गऱ्‍यो, र एलियालाई स्वर्गमा भुमरीले उठाएर लग्यो। तब एलीशाले त्यो देखे।’a हो, यहोवाले तिनको बिन्ती सुन्‍नुभयो। एलियालाई उठाएर आफूदेखि अन्तै लगिएको एलीशाले देखे। त्यसपछि तिनले एलियाको शक्‍तिको दोब्बर भाग पाए र आध्यात्मिक अर्थमा एलियाको उत्तराधिकारी बने।—२ राजा २:११-१४.

  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा—२०१३ | अगस्त १५
    • आँधीबेहरीद्वारा एलियालाई उठाइलगिएको दृश्‍यले एलीशाको मनमा पक्कै पनि गहिरो छाप पाऱ्‍यो। हुन पनि अग्निमय रथ र अग्निमय घोडाहरू सबैले कहाँ देख्न पाउँछन्‌ र? यहोवाले एलीशाको बिन्ती सुन्‍नुभयो भन्‍ने कुराको यो एउटा प्रमाण थियो। परमेश्‍वरले हाम्रो प्रार्थनाको जवाफ दिंदा हामी अग्निमय रथ र अग्निमय घोडाहरू त देख्न सक्दैनौं। तर यहोवाले हामीलाई मदत गर्न र आफ्नो इच्छा पूरा गर्न उहाँको ठूलो शक्‍ति प्रयोग गरिरहेको स्पष्ट प्रमाण हामीसँग अहिले पनि छ। यहोवाले आफ्नो सङ्‌गठनको पृथ्वीमा रहेको भागलाई आशिष्‌ दिइरहनुभएको देख्नु भनेको हामीले वास्तवमा यहोवाको स्वर्गीय रथ अघि बढिरहेको देखेसरह हो।—इज. १०:९-१३.

  • एलीशाले अग्निमय रथहरू देखे—तपाईंले नि?
    प्रहरीधरहरा—२०१३ | अगस्त १५
    • a एलिया स्वर्गमा उठाएर लगिए भन्‍नुको मतलब तिनी यहोवा र उहाँका आत्मिक छोराहरू बस्ने ठाउँमा लगिए भन्‍न खोजिएको होइन। प्रहरीधरहरा, सेप्टेम्बर १५, १९९७ को पृष्ठ १५ हेर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने