-
“म . . . आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
तर अय्युब बलियो विश्वास भएका मानिस थिए। तिनले ती साथीहरूलाई भनेको कुराबाट तिनको विश्वास स्पष्ट देखिन्थ्यो। तिनले भनेका कुराहरू सही, मनमोहक अनि आज हाम्रो लागि पनि प्रोत्साहनदायी छन्। तिनले सृष्टिका अद्भुत कुराहरूबारे बताउँदा परमेश्वरको मदतविना मानिसले कहिल्यै थाह पाउन नसक्ने कुराबारे पनि उल्लेख गरे। जस्तै, यहोवाले ‘पृथ्वीलाई कुनै आडविना झुन्ड्याइरहनुभएको छ’ भनेर तिनले बताए; यो तथ्य वैज्ञानिकहरूले थुप्रै शताब्दीपछि मात्र पत्ता लगाए।b (अय्युब २६:७) साथै अय्युबले भविष्यको आफ्नो आशाबारे बताउँदा तिनको भनाइमा अरू विश्वासी मानिसहरूको जस्तै विश्वस्तता देखिन्थ्यो। आफू मरे तापनि परमेश्वरले तिनलाई सम्झनुहुनेछ, तिनलाई फेरि हेर्न तीव्र इच्छा गर्नुहुनेछ अनि फेरि जीवित पार्नुहुनेछ भनेर अय्युबसित बलियो विश्वास थियो।—अय्युब १४:१३-१५; हिब्रू ११:१७-१९, ३५.
-
-
“म . . . आफ्नो सत्यनिष्ठा छोड्नेछैनँ।”तिनीहरूको विश्वास अनुकरण गर्नुहोस्
-
-
b हालसम्म थाह भएअनुसार लगभग ३,००० वर्षपछि मात्र वैज्ञानिकहरूले पृथ्वी कुनै वस्तुमा अडिनुपर्ने आवश्यकता छैन भन्ने सिद्धान्त अघि सारे। अन्तरिक्षबाट खिचिएका तस्बिरहरू आम मानिसले देखेपछि मात्र अय्युबले भनेका शब्दहरू सही रहेछन् भनेर विश्वास गर्न सम्भव भयो।
-