प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb24 जनवरी pp. ६-७
  • जनवरी २२-२८

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जनवरी २२-२८
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२४
mwb24 जनवरी pp. ६-७

जनवरी २२-२८

अय्युब ३८-३९

गीत ११ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. के तपाईँ सृष्टिका कुराहरू नियाल्न समय निकाल्नुहुन्छ?

(१० मि.)

पृथ्वी सृष्टि गर्नुभएपछि यहोवाले आफूले गरेको काम नियाल्न समय निकाल्नुभयो (उत्प १:१०, १२; अयु ३८:५, ६; w२१.०८ पृ. ९ अनु. ७)

स्वर्गदूतहरूले यहोवाले सृष्टि गर्नुभएका कुराहरू नियाल्न समय निकाले (अयु ३८:७; w२०.०८ पृ. १४ अनु. २)

हामीले सृष्टिका कुराहरू नियाल्न समय निकाल्यौँ भने त्यसप्रति कृतज्ञ हुन र यहोवामाथिको भरोसा बलियो बनाउन सक्नेछौँ (अयु ३८:३२-३५; w२३.०३ पृ. १७ अनु. ८)

एउटी आमा र सानी छोरी आफ्नो घरबाहिर पुतली हेरेर रमाउँदै छन्‌।

२. बहुमूल्य रत्न

(१० मि.)

  • अयु ३८:८-१०—यी पदहरूबाट सर्वोच्च कानुनदाता यहोवाबारे के सिक्न सक्छौँ? (w०२ ४/१५ पृ. १७ अनु. ४-५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

(४ मि.) अयु ३९:१-२२ (th बुँदा ५)

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(२ मि.) अनौपचारिक साक्षीकार्य। तपाईँले साक्षी दिइरहेको व्यक्‍ति कुराकानी गर्न चाहँदैनन्‌। तिनीसित सकारात्मक तरिकामा कुराकानी टुङ्‌ग्याउनुहोस्‌। (lmd पाठ २ बुँदा ३)

५. फेरि भेट्‌नुहोस्‌

(५ मि.) घरघरको साक्षीकार्य। पहिलो भेटमा घरधनीले हालै आफ्नो प्रियजनको मृत्यु भएको कुरा बताएका थिए। (lmd पाठ ९ बुँदा ३)

६. भाषण

(५ मि.) lmd अतिरिक्‍त लेख क बुँदा १—विषय: हालैका घटनाहरू र मानिसहरूमा भएका दुर्गुणहरूले संसारको अवस्था सुध्रनेछ भन्‍ने सङ्‌केत दिन्छ। (th बुँदा १६)

ख्रिष्टियन जीवन

गीत १११

७. सृष्टिलाई नियाल्दा हामी महत्त्वपूर्ण कुरामा ध्यान केन्द्रित गर्न सक्नेछौँ

(१५ मि.) छलफल।

अय्युब यहोवाले सृष्टि गर्नुभएका जलगैँडा, गरुड, सुतुरमुर्ग, गोही, चील, घोडा र जङ्‌गली साँढेजस्ता अद्‌भुत जीवजन्तुबारे मनन गर्दै छन्‌। आँधीबेहरी चल्दै छ र एलिहु अनि झूटो सान्त्वना दिने तीन जना साथी अय्युबको छेउमा बसिरहेका छन्‌।

सैतानको आक्रमण अनि तीन जना साथीको आलोचनाले गर्दा अय्युब आफ्ना समस्याहरू मै डुबिरहे र अरूले गरेको अन्यायपूर्ण आलोचनाबारे मात्रै सोचिरहे।

अय्युब ३७:१४ पढ्‌नुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

आफ्ना समस्याहरूमा मात्र नघोरिन बरु यहोवामा भर पर्न अय्युबले के गर्नुपर्थ्यो?

आफूले भोग्नुपरेका परीक्षाहरूले गर्दा निराश हुनुभएको छ भने सृष्टिलाई नियाल्नुहोस्‌। त्यसो गर्नुभयो भने तपाईँले यहोवाको महानता सम्झन, उहाँप्रति वफादार रहिरहने आफ्नो इच्छालाई बलियो बनाउन अनि उहाँ हाम्रो ख्याल राख्न सक्नुहुन्छ भन्‍ने कुरामा आफ्नो भरोसा बढाउन सक्नुहुनेछ। —मत्ति ६:२६.

अय्यूबको किताबबाट वफादारीसम्बन्धी पाठ—जनावरहरू भिडियो देखाउनुहोस्‌। त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

यहोवामाथिको भरोसा बलियो बनाउन यस भिडियोले तपाईँलाई कसरी मदत गऱ्‍यो?

८. मण्डली बाइबल अध्ययन

(३० मि.) bt अध्या. ४ अनु. १३-२०

समापन टिप्पणी (३ मि.) | गीत ५४ र प्रार्थना

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने