-
परमेश्वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्प्रहरीधरहरा—२००१ | अप्रिल १५
-
-
३. अय्यूब ३८:२२, २३, २५-२९ मा लिपिबद्ध गरिएअनुसार परमेश्वरले के के कुरा सोध्नुभयो?
३ एक चोटि परमेश्वरले अय्यूबलाई सोध्नुभयो: “के तँ हिउँको भण्डारमा पुगेको छस्? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्? जो मैले विपत्तिको दिनको युद्ध र लडाइँको घडीको निम्ति तयार पारी राखेको छु।” हाम्रो पृथ्वीका थुप्रै इलाकामा हिउँ र असिना जीवनको भाग नै भइसक्यो। परमेश्वरले अझै भन्नुभयो: “महा-वृष्टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्ति बाटो कसले तयार गरेको छ? निर्जन ठाउँमा र उजाड़ वनमा वृष्टि हुनको निम्ति उजाड़ र रूखो जमीन हराभरा बनाउन र सुखा जमीनमा घाँसहरू उमार्न कसले बाटो तयार गऱ्यो? के वृष्टिको कुनै बाबु छ? शीतको थोपालाई जन्माउने बाबु को हो? कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमा चाहिं को हो?”—अय्यूब ३८:२२, २३, २५-२९.
-
-
परमेश्वरका उदेकलाग्दा कामहरूमा ध्यान दिनुहोस्प्रहरीधरहरा—२००१ | अप्रिल १५
-
-
७. पानी पर्ने सम्बन्धमा मानिसको ज्ञान कत्तिको विस्तृत छ?
७ अनि वृष्टिबारे चाहिं के भन्न सकिन्छ नि? परमेश्वरले अय्यूबलाई सोध्नुभयो: “के वृष्टिको कुनै बाबु छ? शीतको थोपालाई जन्माउने बाबु को हो?” माथि उल्लिखित विश्वकोश यसो भन्छ: “वायुमण्डलीय गतिको जटिलता र हावाको कण अनि बाफको ठूलो विविधताले गर्दा बादल अनि पानीको कण कसरी बन्छ भनी विस्तृत सिद्धान्त प्रतिपादन गर्न असम्भव देखिन्छ।” सरल शब्दमा भन्ने हो भने वैज्ञानिकहरूले विस्तृत सिद्धान्तहरू पेश गरेका छन् तर तिनीहरूले पानी पर्ने सम्बन्धमा सब थोक साँच्चै बुझ्न भने सकेका छैनन्। यद्यपि, तपाईंलाई थाह छ कि पानी पर्छ, जमिन भिज्छ, बोटबिरुवा फस्टाउँछ अनि पृथ्वीमा जीवन सम्भव हुनुका साथै मनोहर हुन्छ।
-