-
यहोवा–सामर्थ्यमा बलियो परमेश्वरप्रहरीधरहरा—२००० | मार्च १
-
-
५. यहोवाका कार्यहरूमा हामी उहाँको शक्तिको कस्तो प्रमाण पाउँछौं?
५ दाऊदले जस्तै हामीले पनि ‘परमप्रभुका कामहरू खोज्यौं’ भने जताततै अर्थात् हावा र छालमा, गर्जन अनि बिजुलीमा, उर्लदैं बग्ने नदी अनि विशाल पर्वतहरूमा उहाँको शक्तिको प्रमाण देख्नेछौं। (भजन १११:२; अय्यूब २६:१२-१४) यसबाहेक, यहोवाले अय्यूबलाई सम्झना गराउनुभएजस्तै पशुप्राणीहरूले पनि उहाँको शक्तिको प्रमाण दिन्छन्। तीमध्ये एउटा, बेहिमोथ वा जलगैंडा हो। यहोवाले अय्यूबलाई भन्नुभयो: “त्यसको कम्मर कस्तो बलियो हुन्छ! . . . त्यसका हात-खुट्टाहरू फलामका आग्लाजस्तै हुन्छन्।” (अय्यूब ४०:१५-१८) जंगली साँढे अत्यन्तै शक्तिशाली हुन्छ भनेर पनि बाइबलकालीन मानिसहरूलाई थाह थियो अनि दाऊदले “सिंहको मुखबाट जंगली साँढ़ेका सीङ्बाट” बच्न सकूँ भनेर प्रार्थना गरे।—भजन २२:२१; अय्यूब ३९:९-११.
६. धर्मशास्त्रमा प्रयोग गरिएको साँढेले केलाई चित्रण गर्छ र किन? (पाद टिप्पणी हेर्नुहोस्।)
६ एकदमै बलियो भएकोले बाइबलमा साँढेलाई यहोवाको शक्तिको प्रतिनिधित्व गर्न प्रयोग गरिएको छ।c प्रेरित यूहन्नाले देखेको दर्शनमा यहोवाको सिंहासन वरिपरि चारवटा जीवित जीवातहरू थिए र तीमध्ये एउटाको अनुहार साँढेको जस्तै थियो। (प्रकाश ४:६, ७) अवश्य ती करूबहरूले चित्रण गरेका यहोवाका मुख्य चार गुणहरूमध्ये एक, शक्ति हो भनेर हामी भन्नसक्छौं। अरूचाहिं प्रेम, बुद्धि र न्याय हो। यसप्रकार शक्ति, परमेश्वरको व्यक्तित्वको महत्त्वपूर्ण पक्ष भएकोले उहाँको शक्तिबारे अनि उहाँले त्यसको प्रयोग कसरी गर्नुहुन्छ भनेर राम्ररी बुझ्नाले हामी उहाँसित घनिष्ठ हुनसक्नेछौं र हामीसित भएको शक्तिको सदुपयोग गर्दै उहाँको उदाहरण अनुकरण गर्नसक्नेछौं।—एफिसी ५:१.
-
-
यहोवा–सामर्थ्यमा बलियो परमेश्वरप्रहरीधरहरा—२००० | मार्च १
-
-
c बाइबलमा उल्लिखित जंगली साँढे सायद औरोक्स (ल्याटिन युरुस) (बोस प्रिमिगेनियस) हुनसक्छ। दुई हजार वर्षअघि यी पशुहरू गालमा (हाल फ्रान्स) पाइन्थे र जुलियस सिजरले तिनीहरूबारे यस्तो विवरण लेखे: “यी युरीहरू हात्तीभन्दा अलिकति मात्र सानो भए तापनि तिनीहरूको स्वभाव, रंग र जीउडाल साँढेको जस्तै हुन्छ। तिनीहरू अति बलिया हुन्छन् र तेज रफ्तारमा दौडन्छन्। अनि यिनीहरूले मानिस र अन्य पशुलाई भेटेभने मारिछाड्छन्।”
-