के तपाईंलाई सम्झना छ?
के तपाईंले हालैका प्रहरीधरहरा-का अंकहरूलाई गहिरिएर ध्यान दिनुभयो? त्यसो हो भने निम्न बुँदाहरू पुनः स्मरण गर्न तपाईंलाई रोचक लाग्नेछ:
▫ पूर्वनिर्धारित भविष्यको सिद्धान्त किन अव्यवहारिक हो? परमेश्वरले आदम पापमा फस्ने कुरा पहिल्यै जान्नु अनि फैसला गर्नुभएको हुँदो हो त मानिसको सृष्टिसँगसँगै यहोवाले पापको पनि रचना गर्नुभयो अनि मानिसले भोग्नुपरेका सबै दुष्टता तथा दुःखकष्टको जिम्मेवार उहाँ नै हुनुहुन्छ। यहोवा प्रेमको परमेश्वर हुनुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुने भएकोले यो कुरा मेल खाँदैन। (भजन ३३:५; हितोपदेश १५:९; १ यूहन्ना ४:८)—४/१५, पृष्ठ ७, ८.
▫ यशैया २:२-४ को पूर्तिअनुरूप थुप्रै राष्ट्रका मानिसहरू के गरिरहेका छन्?
तिनीहरू यहोवाको उपासना गर्ने भवनमा ओइरिएपछि ‘युद्ध गर्नदेखि’ परै रहेका छन्। किनकि तिनीहरू परमेश्वरका ती स्वर्गीय सेनाहरूले नै सुरक्षा गर्नेछन् भनेर भरोसा गर्छन् जो शान्तिका सबै शत्रुहरूलाई पृथ्वीबाट नाश गर्न हरबखत तयार छन्।—४/१५, पृष्ठ ३०.
▫ योएल ३:१०, ११ मा भनिएका परमेश्वरका शूरवीरहरू को हुन्?
बाइबलमा साँचो परमेश्वरलाई लगभग २८० चोटि “सेनाहरूका परमप्रभु” भनिएको छ। (२ राजा ३:१४) यी सेनाहरू यहोवाको आज्ञा शिरोपर गर्न तम्तयार रहने स्वर्गदूतहरू हुन्।—५/१, पृष्ठ २३.
▫ अय्यूबले तिनका विरोधीहरूको खातिर प्रार्थना गरेको यहोवाले चाहनुभएको कुराबाट हामी कस्तो पाठ सिक्नसक्छौं? (अय्यूब ४२:८)
अय्यूब पुनः सुस्वस्थ हुनुअघि तिनले आफ्ना विरोधीहरूको खातिर प्रार्थना गरेको यहोवा चाहनुहुन्थ्यो। यसले हाम्रा पापहरूको क्षमा पाउनुअघि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरोस् भन्ने यहोवा चाहनुहुन्छ भन्ने देखाउँछ। (मत्ती ६:१२; एफिसी ४:३२)—५/१, पृष्ठ ३१.
▫ याकूबले यसो भन्नुको अर्थ के हो: “धीरजलाई त्यसको पूरा काम गर्न देओ”? (याकूब १:४)
धीरजको गर्नुपर्ने एउटा “काम” छ। धीरजको काम हो, हामीलाई सबै क्षेत्रमा निपुण बनाउनु। तसर्थ, जाँचहरूबाट चाँडै उम्कन गैरशास्त्रीय उपायहरू प्रयोग गर्नुको साटो त्यसलाई आइपर्न दिनुपर्छ। फलतः हाम्रो विश्वास जाँचिएर खारिनेछ।—५/१५, पृष्ठ १६.
▫ मानिसजातिका समस्याहरू समाधान गर्न परमेश्वरले किन यति धेरै कुर्नुभएको?
समयप्रति यहोवाको दृष्टिकोण हाम्रोभन्दा भिन्न छ। अनन्तका परमेश्वरका निम्ति त आदम सृष्टि गरिएको समयदेखि अहिलेसम्म एक हप्ता पनि बितेको छैन। (२ पत्रुस ३:८) तर समयप्रति हाम्रो दृष्टिकोण जस्तोसुकै होस्, प्रत्येक दिन बित्दा यहोवाको दिन उच्च हुने बेला पनि झन् झन् नजिकिन्छ।—६/१, पृष्ठ ५, ६.
▫ यहोवाका साक्षीहरूलाई केले उत्प्रेरित गर्छ?
यहोवाको शिक्षा पाएका मानिसहरू अनुपम छन्, तिनीहरूले एकअर्का अनि छिमेकीहरूलाई आफूलाई जस्तै प्रेम गर्न सिकेका छन्। (यशैया ५४:१३) भावशून्यता वा सतावटको बावजूद यहोवाका साक्षीहरूलाई प्रचार गरिरहन उत्प्रेरित गर्ने तत्त्व प्रेम हो। (मत्ती २२:३६-४०; १ कोरिन्थी १३:१-८)—६/१५, पृष्ठ २०.
▫ येशूका यी शब्दहरूको अर्थ के हो: “साँघुरो ढोकाबाट भित्र पस्नालाई प्रयत्न गर”? (लूका १३:२४)
येशूका शब्दहरूको अर्थ भएभरको बल लगाएर संघर्ष गर्नु हो। उहाँका शब्दहरूले के पनि संकेत गर्छन् भने केही व्यक्तिहरू आफूलाई पायक पर्ने समयमा वा कुनै किसिमको दबाब नभएको बेला आफ्नै ढंगमा ‘साँघुरो ढोकाभित्र पस्ने’ प्रयत्न गर्नेरहेछन्। अतः हामी प्रत्येकले आफैलाई यस्तो प्रश्न गर्नसक्छौं, ‘के म लगनशील तथा मेहनती भएर प्रयत्न गर्दैछु?’—६/१५, पृष्ठ ३१.
▫ पुनरुत्थान हुनेहरूको “पुस्तकहरूमा तिनीहरूका काम लेखिएबमोजिम . . . इन्साफ” कसरी हुनेछ? (प्रकाश २०:१२)
यी पुस्तकहरू तिनीहरूले पहिले पहिले गरेका कामहरूको खाता होइन। किनकि तिनीहरू मरेपछि जीवनभर गरेका सम्पूर्ण पापदेखि तिनीहरू मुक्त हुन्छन्। (रोमी ६:७, २३) तथापि, पुनरुत्थान भएका मानिसहरू अझै पनि आदमको पापको वशमा हुन्छन्। तसर्थ, माथि उल्लिखित पुस्तक पक्कै पनि येशू ख्रीष्टको बलिदानको पूर्णतया लाभ उठाउन पालन गर्नुपर्ने ईश्वरीय निर्देशनहरूको पुस्तक हुनुपर्छ।—७/१, पृष्ठ २२.
▫ येशूले भन्नुभएको दयालु सामरीको उखानमा हाम्रोलागि कस्तो पाठ छ? (लूका १०:३०-३७)
येशूले भन्नुभएको उखानले परमेश्वरको व्यवस्था पालन गर्नुको अलावा उहाँका गुणहरू देखाउने व्यक्ति नै सदाचारी हो भनेर देखाउँछ। (एफिसी ५:१) यसले एउटै जाति, संस्कृति र धार्मिक परिधिभित्रका व्यक्तिहरूलाई मात्र आफ्नो छिमेकी ठान्नु हुँदैन भनेर पनि प्रस्ट्याउँछ। (गलाती ६:१०)—७/१, पृष्ठ ३१.
▫ तपाईंले आफ्नो छोराछोरी चिन्ने र उनीहरूलाई डोऱ्याइ दिने तीन क्षेत्रहरू के के हुन्?
(१) उचित जागिर छान्न छोराछोरीलाई सहयोग गर्नुहोस्; (२) स्कूल र काम गर्ने ठाउँमा भोग्ने भावनात्मक दबाबसित सामना गर्न उनीहरूलाई तयार पार्नुहोस्; (३) उनीहरूलाई आफ्नो आध्यात्मिक आवश्यकता पूरा गर्ने तरिका देखाउनुहोस्।—७/१५, पृष्ठ ४.
▫ परमेश्वरले किन “सातौं दिनमा” विश्राम लिनुभयो? (उत्पत्ति २:१-३)
परमेश्वरले थकाइ लागेर विश्राम लिनुभएको होइन। बरु, उहाँका कामहरू फैलिएर साथै पूर्ण महिमामा आएर उहाँको प्रशंसा र आदर गर्न सकियोस् भनेर पृथ्वीमा थप काम गर्नदेखि उहाँले विश्राम लिनुभयो।—७/१५, पृष्ठ १८.
▫ हामी कुन तीन तरिकामा न्याय देखाउनसक्छौं?
सर्वप्रथम हामीले परमेश्वरका नैतिक स्तरहरू पालन गर्नैपर्छ। (यशैया १:१७) दोस्रो, यहोवाबाट हामी जस्तो व्यवहारको आशा गर्छौं, अरूसित त्यस्तै व्यवहार गर्दा हामी न्याय देखाउँछौं। (भजन १३०:३, ४) तेस्रो, प्रचारकार्यमा लगनशील भएर भाग लिंदा हामी ईश्वरीय न्याय देखाउँछौं। (हितोपदेश ३:२७)—८/१, पृष्ठ १४, १५.