प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w15 ४/१५ p. ३२
  • काटिएको रूख फेरि पलाउन सक्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • काटिएको रूख फेरि पलाउन सक्छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूब पुनर्जीवनमा विश्‍वास गर्थे
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • परमेश्‍वरको भवनमा हरियो भद्राक्षको रूख
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
  • ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
w15 ४/१५ p. ३२
काटिएको रूख फेरि पलाउँछ

काटिएको रूख फेरि पलाउन सक्छ?

जैतुनको रूख बाङ्‌गोटिङ्‌गो हुन्छ र यसमा गाँठागुँठी पनि हुन्छ। त्यसैले यो रूख लबानोनको सानदार देवदारजस्तो आकर्षक त देखिंदैन। तर यस रूखको एउटा विशेष क्षमता छ। यो जस्तोसुकै प्रतिकूल मौसममा पनि बाँच्न सक्छ। कुनै-कुनै रूख त १,००० वर्ष पुरानो हो भन्‍ने अनुमान गरिएको छ। जैतुनको रूखको जरा भित्रसम्म गढेको हुन्छ र टाढा-टाढासम्म फैलिएको हुन्छ। त्यसले गर्दा यो रूख काटिए पनि जबसम्म जरा मर्दैन, नयाँ पालुवा पलाइरहन्छ।

आफू मर्नु पऱ्‍यो भने पनि फेरि जीवित हुने आशा छ भन्‍ने कुरामा कुलपिता अय्यूब ढुक्क थिए। (अय्यू. १४:१३-१५) यहोवाले फेरि जीवन दिन सक्नुहुन्छ भन्‍ने कुरामा आफू कत्तिको विश्‍वस्त छु भनेर बुझाउन तिनले एउटा रूखको उदाहरण प्रयोग गरे। त्यो रूख जैतुनको रूख हुन सक्छ। तिनले यसो भने, “रूख काट्‌दियो भने त्यो फेरि पलाउने आशा हुन्छ।” खडेरीपछि पानी पर्दा जैतुनको रूखको सुकेको ठुटाले फेरि जीवन पाउँछ अनि “कलिलो बोटझैं त्यो पलाएर आउँछ।”—अय्यू. १४:७-९.

जसरी किसानले काटिएको जैतुनको रूख फेरि पलाएको हेर्न चाहन्छ, त्यसरी नै यहोवा पनि मृत्युको चिर निद्रामा परेका आफ्ना जनहरू र अरू थुप्रै मानिसलाई फेरि जीवन दिने इच्छा गर्नुहुन्छ। (मत्ती २२:३१, ३२; यूह. ५:२८, २९; प्रेषि. २४:१५) उनीहरूलाई नयाँ संसारमा स्वागत गर्न पाउनु र उनीहरूले जीवनको आनन्द उठाइरहेको देख्न पाउनु कत्ति खुसीको कुरा!

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने