-
यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछप्रहरीधरहरा—१९९६ | जुलाई १५
-
-
४. भजन १३३ मा भ्रातृ एकताबारे भनिएको कुरालाई तपाईं आफ्नै शब्दमा कसरी व्यक्त गर्नुहुन्छ?
४ भजनरचयिता दाऊदले भ्रातृ एकताको गहिरो मूल्यांकन गरे। तिनी यसबारे भजन गाउनसमेत प्रेरित भए! तिनले आफ्नो वीणा बजाएर यसरी गाएको कल्पना गर्नुहोस्: “समाजका दाज्यू-भाइहरू आपसमा एकतामा भएर बस्नु। कत्ति असल र मनोहर कुरा हुन्छ! यो ता शिरको त्यो उत्तम तेलजस्तो हो, जो दाह्रीमा बगेथ्यो, हारूनकै दाह्रीमा, जो तिनको वस्त्रको किनारसम्मै झरेको थियो। हर्मोनको शीतजस्तै जो सियोनका पहाड़हरूमा झर्छ, किनकि त्यहींनै परमप्रभुले आशिषको आज्ञा दिनुभयो, अनन्तको जीवन।”—भजन १३३:१-३.
-
-
यहोवाको परिवारले बहुमूल्य एकताको आनन्द उठाउँछप्रहरीधरहरा—१९९६ | जुलाई १५
-
-
६, ७. इस्राएलको एकता हर्मोन पर्वतको शीतजस्तै कसरी भयो र आज परमेश्वरको आशिष् कहाँ पाउन सकिन्छ?
६ इस्राएल एकतामा बस्नु पनि कसरी हर्मोन पर्वतको शीतजस्तै भयो? त्यस पर्वतको शिखर समुद्रको सतहभन्दा २,८०० मिटरमाथि भएकोले प्रायः वर्षभरि नै हिउँले ढाकिएको हुन्छ। हिउँले ढाकिएको हर्मोनको टुप्पामा राती वाफहरू द्रवीकरण हुन्छ र यसबाट पर्याप्त मात्रामा निस्कने शीतले सुक्खा मौसममा वनस्पतिको संरक्षण गर्छ। हर्मोनको पर्वतमाला हुँदो बहने चिसो हावाले यरूशलेमजस्तो सुदूर दक्षिणी क्षेत्रसम्म वाफलाई उडाउँछ र त्यो शीतको रूपमा द्रवीकरण हुन्छ। त्यसकारण भजनरचयिताले ‘सियोनका पहाड़हरूमा हर्मोनको शीत झर्छ’ भनेर ठीकै भने। यहोवाका उपासकहरूको परिवारमा एकता बढाउने स्फूर्तिदायक प्रभावहरूबारे कति राम्रो सम्झौटो!
७ मसीही मण्डली स्थापना हुनुअघि सियोन वा यरूशलेम, साँचो उपासनाको केन्द्र थियो। यसर्थ, परमेश्वरले त्यहाँ आशिष्हरू दिन आज्ञा दिनुभयो। सबै आशिष्हरूको स्रोत यरूशलेमको मन्दिरमा प्रतिनिधित्वको रूपमा रहेकोले आशिष्हरू त्यहाँबाटै प्रकट हुन्थ्यो। तथापि, अहिले साँचो उपासना कुनै एउटा निश्चित स्थानमा मात्रै सीमित नभएकोले आशिष्, प्रेम र परमेश्वरका सेवकहरूको एकता आज सारा पृथ्वीभरि पाउन सकिन्छ। (यूहन्ना १३:३४, ३५) यस एकतालाई बढाउने केही तत्त्वहरू के हुन्?
-