-
उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. गर्भमा रहेको बच्चाको जीवनको कदर गर्नुहोस्
गर्भमा रहेको बच्चाको जीवन अनि उसको वृद्धि र विकासमा यहोवाले चासो राख्नुहुन्छ भनेर दाउदले कवितात्मक शैलीमा वर्णन गरे। भजन १३९:१३-१७ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाको नजरमा मानिसको जीवन गर्भधारण हुँदा सुरु हुन्छ कि जन्मिँदा?
यहोवाले प्राचीन इस्राएल राष्ट्रलाई दिनुभएका नियमहरूले आमा र तिनको गर्भमा रहेको बच्चाको जीवनको रक्षा गर्थ्यो। प्रस्थान २१:२२, २३ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवा गर्भमा रहेको बच्चाको ज्यान अनजानमा लिने व्यक्तिलाई कस्तो ठान्नुहुन्थ्यो?
कसैले जानाजानी त्यसो गऱ्यो भने यहोवालाई कस्तो लाग्छ?b
यस मामिलामा परमेश्वरको दृष्टिकोण तपाईँलाई कस्तो लाग्यो?
जीवनको कदर गर्ने स्त्रीलाई समेत गर्भपतन गर्नु एक मात्र विकल्प हो जस्तो लाग्न सक्छ। यसैया ४१:१० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यदि कुनै स्त्रीले गर्भपतन गर्ने दबाबको सामना गर्दै छिन् भने तिनले कोसित मदत माग्नुपर्छ? किन?
-
-
उपहारस्वरूप पाएको जीवनको कदर गर्नुहोस्सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
b विगतमा गर्भपतन गराएका व्यक्तिहरू दोषी भावनाले पिरोलिनुपर्दैन किनभने यहोवा तिनीहरूलाई क्षमा दिन सक्नुहुन्छ। थप जानकारीको लागि यस पाठको “अझ धेरै जान्नुहोस्” भागमा भएको “गर्भपतनबारे बाइबलले के भन्छ?” लेख हेर्नुहोस्।
-