प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!
    प्रहरीधरहरा—२००४ | जून १
    • ७ तथापि, यो साक्षी सुन्‍न विवेक चाहिन्छ। “तिनीहरूको सोर सुन्‍न नसकिने, कुनै बोली, कुनै वा भाषा छैन।” तैपनि, आकाशको मौन साक्षी शक्‍तिशाली छ। “तिनीहरूको सोर सारा पृथ्वीभरि गुञ्जायमान भएको छ, र तिनीहरूका वचन संसारको अन्तसम्म।”—भजन १९:३, ४.

      ८, ९. सूर्यसम्बन्धी केही उल्लेखनीय तथ्यहरू के-के हुन्‌?

      ८ यसपछि यहोवाको सृष्टिको अर्को आश्‍चर्यबारे दाऊद वर्णन गर्छन्‌: “तिनीहरूमानै [दृश्‍य आकाशमा] उहाँले सूर्यको निम्ति एउटा बासस्थान बनाउनुभएको छ, जो आफ्नो कोठाबाट निस्कने दुलहाजस्तै छ, र आफ्नो दौड़ दौड़ने वीर पुरुषजस्तो रमाउँछ। त्यसको उदय आकाशको एक कुनाबाट हुन्छ, र त्यसको चक्कर अर्को कुनासम्म, औ त्यसको तापबाट केही कुरा लुकेर रहँदैन।”—भजन १९:४-६.

  • सृष्टिले परमेश्‍वरको महिमाको वर्णन गर्छ!
    प्रहरीधरहरा—२००४ | जून १
    • १०. (क) सूर्य कसरी आफ्नो “बासस्थान[भित्र]” पस्छ र बाहिर निस्कन्छ? (ख) यो कसरी “वीर पुरुषजस्तो” दौडन्छ?

      १० दिनभरि एउटा क्षितिजबाट अर्को क्षितिजसम्म दौडने अनि राति “बासस्थान[मा]” आराम गर्ने “वीर पुरुष[को]” रूपमा चित्रण गर्दै भजनहार सूर्यबारे प्रतीकात्मक भाषामा बताउँछन्‌। क्षितिजमा उक्‍त शक्‍तिशाली तारा डुब्दाको दृश्‍य, पृथ्वीबाट हेर्दा यो आराम गर्नको लागि “बासस्थान[भित्र]” पसेको जस्तै देखिन्छ। बिहानीपख “आफ्नो कोठाबाट निस्कने दुलहाजस्तै” चमचम चम्कँदै यसले आफ्नो किरण छर्छ। पहिले गोठालोको काम गरेको हुनाले राती कत्तिको जाडो हुन्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो। (उत्पत्ति ३१:४०) सूर्यको किरणले कसरी तिनलाई र तिनी वरपरको जमिनलाई न्यानो बनाउँथ्यो भन्‍ने कुरा दाऊदले सम्झे। कुरा स्पष्ट छ, पूर्वदेखि पश्‍चिमसम्मको “यात्राको” कारण यो अलिकति पनि थाकेको थिएन तर आफ्नो यात्रा फेरि सुरु गर्न “वीर पुरुषजस्तो” तयार थियो।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने