प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w11 १०/१ p. १२
  • हृदय टुटेकाहरूको लागि सान्त्वना

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हृदय टुटेकाहरूको लागि सान्त्वना
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • मिल्दोजुल्दो सामग्री
  • हामी मिलेर यहोवाको नाउँ उच्च पारौं
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
  • “सबै सान्त्वनाका परमेश्‍वर” यहोवामा भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • यहोवाले चूर्ण भएको हृदयलाई तिरस्कार गर्नुहुन्‍न
    सन्‌ १९९३ को अंग्रेजी प्रहरीधरहरा-बाट अध्ययन लेखहरू
  • जीवनमा आउने परिवर्तनहरूको सामना गर्नुपर्दा परमेश्‍वरको आत्मामा भर पर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००४
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
w11 १०/१ p. १२

परमेश्‍वरको नजिक हुनुहोस्‌

हृदय टुटेकाहरूको लागि सान्त्वना

‘यहोवालाई मेरो माया लाग्दैन।’ आफ्नो जीवनको अधिकांश समय निराशाको सामना गरेकी एक ख्रीष्टियन स्त्रीले यसरी आफ्नो पीडा पोखाइन्‌। यहोवा आफूदेखि टाढा हुनुहुन्छ भनेर तिनी सोच्थिन्‌। निराशाको सामना गरिरहेका आफ्ना उपासकहरूबाट के यहोवा साँच्चै टाढा हुनुहुन्छ? परमेश्‍वरको प्रेरणा पाएर भजन ३४:१८ मा भजनरचयिता दाऊदले लेखेका शब्दहरूले यसको निकै सान्त्वनादायी जवाफ दिन्छ।

अचाक्ली निराश हुँदा यहोवाको वफादार सेवकलाई यसले कस्तो असर पार्न सक्छ भन्‍ने कुरा दाऊदलाई थाह थियो। जवान अवस्थामै दाऊदले भगुवा जीवन बिताउनुपऱ्‍यो र डाही राजा शाऊल तिनलाई मार्न लागिपरेका थिए। तिनी पलिश्‍तिहरूको इलाकामा पर्ने शत्रुहरूको सहर गातमा शरण लिन गए, जहाँ शाऊलले तिनलाई खोज्ने सम्भावना अत्यन्तै कम देखिन्थ्यो। तर त्यहाँ आफ्नो पहिचान खुलेपछि तिनले आफू बहुला भएको नाटक गरे र मुस्किलले तिनको ज्यान जोगियो। आफूलाई बचाउने यहोवा नै हुनुहुन्थ्यो भनी दाऊदले मानिलिए र यसै अनुभवमा आधारित भएर भजन ३४ अध्याय लेखे।

के दाऊदले दुःखमा पर्दा निराश हुने वा यहोवाको अनुमोदन गुमाएको महसुस गर्ने व्यक्‍तिहरूदेखि उहाँ टाढा हुनुहुन्छ भनेर महसुस गरे? दाऊदले यस्तो लेखे: “टुटेका हृदय भएकाहरू सबैको नजिक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई [“निराश भएकाहरूलाई,” NRV] उहाँले बचाउनुहुन्छ।” (पद १८) यी शब्दहरूले कसरी सान्त्वना र आशा दिन्छ, आउनुहोस्‌ विचार गरौं।

“सबैको नजिक परमप्रभु हुनुहुन्छ।” एउटा किताबअनुसार यो अभिव्यक्‍ति “परमेश्‍वर आफ्ना जनहरूलाई मदत गर्न र बचाउन सधैं तयार हुनुहुन्छ अनि यसको लागि उहाँ तिनीहरूलाई नियालेर हेर्नुहुन्छ र सजग हुनुहुन्छ भन्‍ने कुरा व्यक्‍त गर्ने एउटा तरिका हो।” यहोवा आफ्ना जनहरूको हेरविचार गर्नुहुन्छ भनी थाह पाउनु कत्ति आश्‍वासनदायी! यस “कठिन समय”-मा आफ्ना जनहरूले भोगिरहेका समस्याहरू र उनीहरूको मनका भावनाहरू उहाँ बुझ्नुहुन्छ।—२ तिमोथी ३:१; प्रेषित १७:२७.

“टुटेका हृदय भएकाहरू।” कुनै-कुनै संस्कृतिमा ‘टुटेको हृदय’ भन्‍ने अभिव्यक्‍ति एकतर्फी प्रेमसित सम्बन्धित छ। तर एक शास्त्रविद्‌अनुसार भजनरचयिताका शब्दहरूले “अझ धेरै शोक र दुःख”-लाई बुझाउँछ। हो, कहिलेकाहीं परमेश्‍वरका वफादार उपासकहरूले समेत यतिबिघ्न कठिनाइहरू भोग्न सक्छन्‌ कि तिनीहरूको हृदय नै टुट्‌छ।

“निराश भएकाहरू।” निराशाको बादलले घेरिएकाहरू कहिलेकाहीं आफूलाई यत्ति अयोग्य महसुस गर्न सक्छन्‌ कि केही समयको लागि तिनीहरू सबै आशा गुमाउँछन्‌। बाइबल अनुवादकहरूको एउटा निर्देशन पुस्तकअनुसार यस अभिव्यक्‍तिलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “केही राम्रो हुन्छ भन्‍ने आसै नभएकाहरू।”

“टुटेका हृदय भएकाहरू” र “निराश भएकाहरू”-प्रति यहोवा कस्तो प्रतिक्रिया देखाउनुहुन्छ? के उहाँ तिनीहरू आफ्नो प्रेम र हेरविचार पाउन अयोग्य छन्‌ भन्‍ने सोचेर तिनीहरूदेखि टाढिनुहुन्छ? अहँ, टाढिनुहुन्‍न! बरु आफ्नो छोराछोरी दुःखमा पर्दा जसरी मायालु आमाबाबुले उनीहरूलाई सम्हाल्छन्‌ अनि सान्त्वना दिन्छन्‌, त्यसैगरि मदतको लागि पुकार्ने उपासकहरूको नजिक यहोवा हुनुहुन्छ। टुटेको हृदय भएकाहरू र निराश भएकाहरूलाई सान्त्वना दिन र मलहम लगाउन उहाँ इच्छुक हुनुहुन्छ। तिनीहरूमाथि आइपर्ने जस्तोसुकै परीक्षाहरूको सामना गर्न चाहिने बुद्धि र बल दिन सक्नुहुन्छ।—२ कोरिन्थी ४:७; याकूब १:५.

तपाईं यहोवासित कसरी अझ नजिक हुन सक्नुहुन्छ, त्यसबारे सिक्नुभए कसो होला? करुणामय परमेश्‍वर यस्तो प्रतिज्ञा गर्नुहुन्छ: “नम्रहरूको मन र चूर्ण हृदय भएकाहरूको हृदयलाई जागृत गराउन, म नम्र र चूर्ण मन भएकोसँग पनि बस्तछु।”—यशैया ५७:१५. ( w11 -E 06/01)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने