-
“परमप्रभुमा मग्न हो”प्रहरीधरहरा—२००३ | डिसेम्बर १
-
-
‘डाह नगर’
३, ४. भजन ३७:१ मा लिपिबद्ध गरिएअनुसार दाऊद कस्तो सल्लाह दिन्छन् अनि आज यो पालन गर्नु किन उपयुक्त छ?
३ हामी “डरलाग्दो समयमा” बाँचिरहेका छौं र दुष्टता व्याप्त छ। हामीले प्रेरित पावलका यी शब्दहरू सत्य साबित भएको देखेका छौं: “खराब मानिसहरू र ठगाहाहरू ठगेर र ठगिएर झन् झन् खराब हुँदै जानेछन्।” (२ तिमोथी ३:१, १३) दुष्ट मानिसहरू सफल र संवृद्ध भएजस्तो देखिंदा कति सजिलै अलमलिन सकिन्छ! यी कुराहरूले हामीलाई अलमल्याउन सक्छ र हाम्रो आध्यात्मिक दृष्टि धमिलो हुन सक्छ। भजन ३७ को सुरुका शब्दहरूले हामीलाई सम्भाव्य खतराबारे कसरी सजग गराउँछ, ध्यान दिनुहोस्: “कुकर्मीहरूको कारण व्याकुल नहो, नता अधर्म गर्नेहरूका विरुद्धमा डाह गर्ने हो।”
४ संसारको सञ्चारजगत्मा प्रकाशित अन्यायपूर्ण घटनाहरूले हामीलाई दिनहुँ प्रहार गरिरहन्छ। बेइमान व्यापारीहरू जालसाजी गरे तापनि सजाय पाउँदैनन्। अपराधीहरूले सीधासाधाहरूबाट नाजायज फाइदा उठाउँछन्। हत्याराहरू पत्ता लाग्दैनन् वा केही सजाय पाउँदैनन्। न्याय बङ्ग्याइएका यी सबै उदाहरणहरूले हामीमा रिसका भावनाहरू उत्पन्न हुनुका साथै हाम्रो मनोशान्ति खलबलाउन सक्छ। कुकर्मीहरू सफल भएजस्तो देखिंदा ईर्ष्यासमेत जाग्न सक्छ। तर के हामी खिन्न हुँदैमा परिस्थिति सुध्रन्छ र? दुष्टहरूको फाइदा भएजस्तो देखिंदा, ईर्ष्या गर्दैमा के तिनीहरूले भोग्नुपर्ने परिणाम बदलिन्छ र? पक्कै बदलिंदैन! अनि हामीले “डाह” गर्नुपर्ने कुनै कारण छैन। किन?
-
-
“परमप्रभुमा मग्न हो”प्रहरीधरहरा—२००३ | डिसेम्बर १
-
-
६. भजन ३७:१, २ बाट हामी कस्तो पाठ सिक्न सक्छौं?
६ त्यसोभए कुकर्मीहरूले प्राप्त गरेको क्षणिक संवृद्धि देखेर के हामी विचलित हुनुपर्छ र? भजन ३७ को सुरुका दुइटा पदबाट सिक्न सकिने पाठ यही हो: तिनीहरूको सफलताको कारण यहोवाको सेवा गर्न रोज्नुभएको मार्गबाट आफूलाई तर्कन नदिनुहोस्। बरु, आध्यात्मिक आशिष् र लक्ष्यहरूमा तपाईंको ध्यान केन्द्रित गर्नुहोस्।—हितोपदेश २३:१७.
-