प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w17 जनवरी pp. ७-११
  • यहोवामा भरोसा राख र भलाइ गर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवामा भरोसा राख र भलाइ गर
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • जताततै दुष्टता बढ्‌दा
  • गल्ती गर्दा
  • अन्य परिस्थितिमा
  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • के आफ्नो विश्‍वास द्वारा तपाईंले संसारलाई दोषी ठहऱ्‍याउँनु हुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • किन नूहमाथि परमप्रभुको अनुग्रह भयो किन हामीले चासो राख्नुपर्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००८
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
w17 जनवरी pp. ७-११
नूह दुष्ट मानिसहरूलाई प्रचार गर्दै

यहोवामा भरोसा राख र भलाइ गर

“परमप्रभुमा भरोसा राख्‌, र भलाइ गर्‌। . . . सत्यताको पछि लाग्‌।”—भज. ३७:३.

गीत: १३३, ६३

यहोवामा भरोसा राखेका यी व्यक्‍तिहरूबाट के सिक्न सक्छौं?

  • नूह

  • दाऊद

  • अरू वफादार सेवकहरू

१. यहोवाले मानिसलाई कस्ता क्षमताहरू राखेर सृष्टि गर्नुभयो?

यहोवाले मानिसलाई विशेष क्षमताहरू राखेर सृष्टि गर्नुभयो। उहाँले हामीलाई समस्या समाधान गर्न र भविष्यको योजना बनाउन विवेक अर्थात्‌ सोच्ने क्षमता दिनुभएको छ। (हितो. २:११) अनि योजनाअनुसार काम गर्ने क्षमता पनि दिनुभएको छ, जसले गर्दा उचित लक्ष्यहरू हासिल गर्न हामी आवश्‍यक कदम चाल्न सक्छौं। (फिलि. २:१३) साथै उहाँले हामीलाई सृष्टि गर्नुहुँदा अन्तस्करण अर्थात्‌ सही र गलत छुट्ट्याउन सक्ने जन्मजात क्षमता पनि राखिदिनुभएको छ। यसले हामीलाई गलत काम नगर्न र आफ्नो गल्ती सच्याउन मदत गर्छ।—रोमी २:१५.

२. हामीले आफ्ना क्षमताहरू कसरी प्रयोग गरेको यहोवा चाहनुहुन्छ?

२ हामीले आफ्ना क्षमताहरूको सदुपयोग गरेको यहोवा चाहनुहुन्छ। किन? किनभने उहाँ हामीलाई माया गर्नुहुन्छ र यी वरदानहरूको सदुपयोग गर्दा हामी खुसी हुन सक्छौं भनेर उहाँलाई थाह छ। यहोवाले आफ्नो वचनमार्फत हामीलाई आफ्ना क्षमताहरूको सदुपयोग गर्न बारम्बार सल्लाह दिनुभएको छ। जस्तै, हिब्रू धर्मशास्त्रमा यस्तो लेखिएको पाउँछौं: “पूर्व-सोच र परिश्रमले अवश्‍य लाभ ल्याउँछ” र “तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्‍तिले गर्‌।” (हितो. २१:५; उप. ९:१०) अनि ग्रीक धर्मशास्त्रमा यस्तो लेखिएको छ: “समय अनुकूल छँदै आओ, हामी सबैको भलाइ गरौं;” “तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। . . . त्यो वरदान एक-अर्काको सेवा गर्नमा चलाओ।” (गला. ६:१०; १ पत्रु. ४:१०) कुरा स्पष्ट छ, हामीले आफ्नो र अरूको भलाइ हुने काम गरेको यहोवा चाहनुहुन्छ।

३. मानिसहरूसित कस्तो सीमितता छ?

३ यहोवा मानिसहरूको सीमितता बुझ्नुहुन्छ। हामी आफ्नै शक्‍तिले त्रुटिपूर्ण अवस्था, पाप र मृत्यु कहिल्यै हटाउन सक्दैनौं न त अरूलाई आफ्नो नियन्त्रणमा नै राख्न सक्छौं किनभने सबैसित छनौट गर्ने स्वतन्त्रता छ। (१ राजा ८:४६) जति नै ज्ञान अथवा अनुभव हासिल गरे पनि हामी यहोवाको नजरमा सधैं केटाकेटीजस्तै हौं।—यशै. ५५:९.

यहोवाका सेवकहरूले भोग्ने विभिन्‍न समस्या र त्यसको सामना गर्ने तरिकाहरू

समस्याहरू आइपर्दा यहोवामा भरोसा राख्नुहोस्‌ र भलाइ गर्नुहोस्‌

४. यस लेखमा हामी के छलफल गर्नेछौं?

४ यहोवाले हामीलाई मदत गर्नुहुन्छ र आफ्नै भरमा गर्न नसक्ने कुराहरू उहाँले गरिदिनुहुन्छ भन्‍ने कुरामा भरोसा गर्दै सबै परिस्थितिमा उहाँको डोऱ्‍याइ खोज्नुपर्छ। यसको साथै समस्या समाधान गर्न र अरूलाई मदत गर्न आफूले सकेजति प्रयास गर्नुपर्छ। (भजन ३७:३ पढ्‌नुहोस्‌) छोटकरीमा भन्‍नुपर्दा हामीले ‘परमप्रभुमा भरोसा राख्नुपर्छ र भलाइ गर्नुपर्छ’ अनि ‘सत्यताको पछि लाग्नुपर्छ’ अर्थात्‌ कदम चाल्नुपर्छ। यस सन्दर्भमा यहोवामा भर पर्दै ठोस कदम चालेका नूह, दाऊद र अरू वफादार सेवकहरूबाट कस्तो पाठ सिक्न सक्छौं, विचार गरौं। साथै ती सेवकहरूले आफूले गर्न सक्ने र गर्न नसक्ने कुराहरू के-के हुन्‌, सो बुझेर त्यसअनुसार कदम चाल्नुपर्थ्यो भनेर पनि बुझ्नेछौं।

जताततै दुष्टता बढ्‌दा

५. नूहले सामना गरेको अवस्थाबारे बताउनुहोस्‌।

५ नूहको पालामा संसार यौन अनैतिकता र “उपद्रवले भरिएको थियो।” (उत्प. ६:४, ९-१३) यहोवाले एक दिन त्यस दुष्ट संसारलाई नाश गर्नुहुनेछ भनेर नूहलाई थाह थियो। तैपनि त्यस्तो खराब अवस्थाले तिनलाई पक्कै पिरोलेको हुनुपर्छ। त्यस्तो अवस्थामा आफूले गर्न नसक्ने कुराहरू छन्‌ तर आफूले गर्न सक्ने कुराहरू पनि छन्‌ भनेर नूहले बुझेका थिए।

एक जना भाइले घरघरको प्रचारकार्यमा सुन्‍न नचाहने मान्छे भेट्‌छन्‌ तर पछि सार्वजनिक साक्षीकार्यमा राम्रो मान्छे भेट्‌छन्‌।

प्रचारकार्यमा विरोध (अनुच्छेद ६-९ हेर्नुहोस्‌)

६, ७. (क) नूहले के-के गर्न सक्दैनथे? (ख) हाम्रो परिस्थिति पनि कसरी नूहको जस्तै छ?

६ नूहले गर्न नसक्ने कुराहरू: हुन त नूहले वफादार भई यहोवाको चेतावनीमूलक सन्देश प्रचार गरे। तर त्यतिबेलाका दुष्ट मानिसहरूलाई त्यो सन्देश स्विकार्न जबरजस्ती गर्न सक्दैनथे न त तोकिएको समयभन्दा चाँडै जलप्रलय ल्याउन सक्थे। यहोवाले दुष्टता अन्त गर्ने आफ्नो प्रतिज्ञा पूरा गर्नुहुनेछ र ठीक समयमा त्यो कदम चाल्नुहुनेछ भनेर नूहले भरोसा गर्नुपर्थ्यो।—उत्प. ६:१७.

७ आज हामी पनि दुष्टताले भरिएको संसारमा बाँचिरहेका छौं। यो दुष्ट संसार यहोवाले एक दिन नाश गर्नुहुन्छ भनेर हामीलाई थाह छ। (१ यूह. २:१७) तर हामी मानिसहरूलाई ‘राज्यको सुसमाचार’ स्विकार्न जबरजस्ती भने गर्न सक्दैनौं। अनि “महासङ्‌कष्ट” छिटो सुरु गराउन पनि सक्दैनौं। (मत्ती २४:१४, २१) परमेश्‍वरले चाँडै ठोस कदम चाल्नुहुनेछ भनेर नूहसित बलियो विश्‍वास थियो। हामीसित पनि यस्तै विश्‍वास हुनुपर्छ। (भज. ३७:१०, ११) यहोवाले यो दुष्ट संसारलाई नाश गर्न आफूले तोकेको दिनभन्दा एक दिन पनि ढिलो गर्नुहुनेछैन भनेर हामी विश्‍वस्त छौं।—हब. २:३.

८. नूहले कसरी आफूले गर्न सक्ने कुरामा ध्यान दिए? (शीर्षकमाथिको चित्र हेर्नुहोस्‌)

८ नूहले गर्न सक्ने कुराहरू: आफूले गर्न नसक्ने कुराहरूमा ध्यान दिएर हरेस खानुको साटो नूहले गर्न सक्ने कुराहरूमा ध्यान दिए। “परमेश्‍वरको न्यायोचित स्तरबारे प्रचार गर्ने” व्यक्‍तिको रूपमा नूहले आफूलाई सुम्पिइएको चेतावनीमूलक सन्देश वफादार भई सुनाए। (२ पत्रु. २:५) यस्तो प्रचारकार्यले नूहको विश्‍वास बलियो बनाउन मदत गऱ्‍यो भन्‍ने कुरामा कुनै शङ्‌का छैन। प्रचारकार्यका साथै परमेश्‍वरले भन्‍नुभएअनुसार जहाज बनाउन पनि तिनले आफ्नो शारीरिक र मानसिक क्षमताको प्रयोग गरे।—हिब्रू ११:७ पढ्‌नुहोस्‌।

९. हामी कसरी नूहको उदाहरण अनुकरण गर्न सक्छौं?

९ नूहजस्तै हामी पनि “प्रभुको काममा सधैं व्यस्त” भइरहन चाहन्छौं। (१ कोरि. १५:५८) यस्तो काममा उपासनाको लागि प्रयोग हुने भवनहरूको निर्माणकार्य र मर्मत-सम्भार गर्नु, सम्मेलन तथा अधिवेशनहरूमा स्वयंसेवकको काम गर्नु अथवा शाखा कार्यालय वा स-साना अनुवाद कार्यालयमा आफ्नो जिम्मेवारी पूरा गर्नु समावेश छन्‌। सबैभन्दा महत्त्वपूर्ण कुरा, हामी प्रचारकार्यमा व्यस्त भइरहन्छौं किनभने यसले हाम्रो भविष्यको आशालाई अझै बलियो बनाउँछ भनेर हामीलाई थाह छ। यसबारे एक जना वफादार बहिनी यसो भन्छिन्‌: “मानिसहरूसित परमेश्‍वरको राज्यले दिने आशिष्‌हरूबारे कुरा गर्दा उनीहरूसित कुनै आशा छैन भनेर थाह पाउँछौं। अनि उनीहरूलाई आफ्नो समस्या कहिल्यै हट्‌दैन जस्तो लाग्छ।” हो, प्रचारकार्यमा भाग लिंदा भविष्यको हाम्रो आशा अझ बलियो हुन्छ र जीवनको दौडमा हार नमानी अघि बढिरहन कटिबद्ध हुन्छौं।—१ कोरि. ९:२४.

गल्ती गर्दा

१०. दाऊदले सामना गरेको अवस्थाबारे बताउनुहोस्‌।

१० यहोवाले राजा दाऊदलाई “मेरो मन मिल्ने मानिस” भन्‍नुभयो। (प्रेषि. १३:२२) हुन त कुनै बेला दाऊदले गम्भीर पाप गरेका थिए। तर तिनको पूरै जीवनकाल हेर्दा तिनी वफादार थिए भन्‍न सक्छौं। तिनले बेतशेबासित अवैध यौनसम्बन्ध राखे। यो पाप ढाक्न तिनले बेतशेबाको पति उरियाहलाई युद्धमा मार्न लगाउने षड्यन्त्र रचे। दाऊदले उरियाहलाई मार्ने सन्देश उरियाहकै हातमा थमाएर पठाए। (२ शमू. ११:१-२१) तर दाऊदले आफ्नो पाप लुकाएर राख्न सकेनन्‌। (मर्कू. ४:२२) आफ्नो पाप पर्दाफास हुँदा तिनले के गरे?

एक जना भाइ आफ्नो पापले गर्दा दुःखी भइरहेका छन्‌। तर पछि तिनी दुई जना एल्डरलाई भेट्‌छन्‌

विगतको पाप (अनुच्छेद ११-१४ हेर्नुहोस्‌)

११, १२. (क) पाप गरेपछि दाऊदले के गर्न सक्दैनथे? (ख) गम्भीर गल्ती गरेपछि पश्‍चात्ताप गऱ्‍यौं भने यहोवाले के गर्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं?

११ दाऊदले गर्न नसक्ने कुराहरू: दाऊदले आफ्नो गल्तीले गर्दा भएको क्षतिलाई सच्याएर पहिलेकै अवस्थामा पुऱ्‍याउन सक्दैनथे। तिनले आफ्ना गल्तीहरूको नतिजा भोग्नै पर्थ्यो। भनौं भने, कुनै-कुनै असर तिनको जीवनभर रहने थियो। (२ शमू. १२:१०-१२, १४) त्यसैले तिनलाई विश्‍वासको खाँचो थियो। साँचो पश्‍चात्ताप गरेकोले यहोवाले क्षमा दिनुहुनेछ र आफ्नो गल्तीले निम्त्याएको दुःखद परिणाम सहन बल दिनुहुनेछ भनेर दाऊदले भरोसा गर्नुपर्थ्यो।

१२ त्रुटिपूर्ण भएकोले हामी पाप गर्छौं। कुनै-कुनै गल्ती गम्भीर प्रकारका हुन्छन्‌। कुनै-कुनै अवस्थामा हामी आफ्नो गल्तीले गर्दा भएको क्षतिलाई सच्याएर पहिलेकै अवस्थामा पुऱ्‍याउन सक्दैनौं। हामीले आफ्नो गल्तीको नतिजा भोग्नै पर्ने हुन्छ। (गला. ६:७) तर पश्‍चात्ताप गऱ्‍यौं भने यहोवाले हामीलाई त्यस्तो कठिन अवस्थामा सँभाल्ने प्रतिज्ञा गर्नुभएको छ। आफ्नै कारणले गर्दा त्यस्तो अवस्था भोग्नुपरेको हो भने पनि यहोवाले हामीलाई सँभाल्नुहुनेछ भनेर ढुक्क हुन सक्छौं।—यशैया १:१८, १९; प्रेषित ३:१९ पढ्‌नुहोस्‌।

१३. दाऊदले यहोवासितको सम्बन्ध कसरी सुधारे?

१३ दाऊदले गर्न सक्ने कुराहरू: यहोवासितको सम्बन्ध सुधार्न दाऊदले उहाँको मदत स्विकारे। यहोवाले दाऊदलाई सच्याउन भविष्यवक्‍ता नातान पठाउनुभयो। त्यतिबेला दाऊदले नातानले दिएको सुधार स्विकारे। (२ शमू. १२:१३) साथै दाऊदले प्रार्थनामा आफ्ना पापहरू स्विकारे र फेरि यहोवाको अनुमोदन पाउने निष्कपट चाहना व्यक्‍त गरे। (भज. ५१:१-१७) दोषी भावनाले गर्दा निराश हुनुको साटो दाऊदले आफ्नो गल्तीबाट पाठ सिके। तिनले त्यस्ता गम्भीर गल्तीहरू कहिल्यै दोहोऱ्‍याएनन्‌। तिनी मृत्युसम्मै वफादार रहे। तिनले जीवनभर देखाएको निष्ठालाई यहोवाले कहिल्यै बिर्सनुहुनेछैन।—हिब्रू ११:३२-३४.

१४. दाऊदको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१४ दाऊदको उदाहरणबाट हामी के सिक्न सक्छौं? गम्भीर पाप गर्न पुग्यौं भने हामीले मनैदेखि पश्‍चात्ताप गर्नुपर्छ र यहोवाबाट क्षमा पाउने कोसिस गर्नुपर्छ। हामीले उहाँसामु आफ्ना पापहरू स्विकार्नै पर्छ। (१ यूह. १:९) हामीले एल्डरहरूको मदत पनि खोज्नुपर्छ; तिनीहरूले यहोवासितको सम्बन्ध सुधार्न मदत दिन सक्छन्‌। (याकूब ५:१४-१६ पढ्‌नुहोस्‌) यसरी यहोवाको मदत स्विकार्दा हामीलाई निको पार्ने र क्षमा दिने उहाँको प्रतिज्ञामा भरोसा गरिरहेका हुन्छौं। साथै हामीले आफ्ना गल्तीहरूबाट पाठ सिक्नुपर्छ र यहोवामा भरोसा राख्दै उहाँको सेवामा अघि बढ्‌नुपर्छ।—हिब्रू १२:१२, १३.

अन्य परिस्थितिमा

अक्सिजन लिइरहेकी एक वृद्ध साक्षी एक्लै बस्दै छिन्‌। तर पछि तिनी एउटी बहिनीसँगै सभामा जान्छिन्‌

स्वास्थ्य समस्या (अनुच्छेद १५ हेर्नुहोस्‌)

१५. हन्‍नाको उदाहरणबाट हामी के सिक्न सक्छौं?

१५ यहोवामा भरोसा गर्दै उपयुक्‍त कदम चालेका अरू वफादार सेवकहरू तपाईं सम्झन सक्नुहुन्छ होला। जस्तै: हन्‍ना-ले आफ्नो बाँझोपन हटाउन केही गर्न सक्दिनथी। तर यहोवाले सान्त्वना दिनुहुनेछ भन्‍ने कुरामा तिनले भरोसा गरिन्‌। त्यसैले तिनी उपासनाको लागि बासस्थानमा जान र आफ्नो मनको व्यथा यहोवालाई पोखाउन छोडिनन्‌। (१ शमू. १:९-११) के यो हाम्रो लागि राम्रो उदाहरण होइन र? स्वास्थ्य समस्याले पिरोल्दा वा आफ्नो वशमा नभएको परिस्थितिको सामना गर्नुपर्दा यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भन्‍ने कुरामा भरोसा गर्दै हामी आफ्नो फिक्री उहाँमाथि बिसाउँछौं। (१ पत्रु. ५:६, ७) अनि मण्डलीका सभाहरू र अन्य आध्यात्मिक प्रबन्धबाट लाभ उठाउन सकेजति मेहनत गर्छौं।—हिब्रू १०:२४, २५.

यहोवालाई त्यागेका छोराले घर छोड्‌दा आमाबाबु दुःखी हुन्छन्‌ तर ती आमाबाबु पारिवारिक उपासना गर्न छोड्‌दैनन्‌

छोराछोरीले यहोवालाई त्याग्दा (अनुच्छेद १६ हेर्नुहोस्‌)

१६. आमाबाबुहरूले शमूएलबाट कस्तो पाठ सिक्न सक्छन्‌?

१६ छोराछोरीले यहोवालाई त्यागे तापनि वफादार रहिरहेका आमाबाबुबारे चाहिं के भन्‍न सकिन्छ? शमूएल-ले आफ्ना छोराहरूलाई यहोवाको स्तर राम्ररी सिकाएका थिए तर तिनले हुर्किसकेका ती छोराहरूलाई त्यस स्तरअनुसार चल्न जबरजस्ती गर्न सक्दैनथे। (१ शमू. ८:१-३) तिनले यो मामिला यहोवाको हातमा छोड्‌नुपर्थ्यो। जेहोस्‌, वृद्ध भइसकेका शमूएल आफू भने सत्यनिष्ठ रहन सक्थे र स्वर्गमा बस्नुहुने बुबा यहोवालाई खुसी पार्न सक्थे। (हितो. २७:११) आज थुप्रै ख्रीष्टियन आमाबाबु पनि शमूएलको जस्तै परिस्थितिमा छन्‌। उडन्ते छोराको दृष्टान्तको बुबाजस्तै पश्‍चात्तापी व्यक्‍तिहरूलाई स्वागत गर्न यहोवा एकदम उत्सुक हुनुहुन्छ भनेर ती आमाबाबु विश्‍वस्त छन्‌। (लूका १५:२०) त्यति मात्र होइन, आफ्नो उदाहरण देखेर छोराछोरी एक दिन यहोवाकहाँ फर्कनेछन्‌ भन्‍ने आशा गर्दै ती आमाबाबु यहोवाप्रति वफादार रहिरहन सक्दो प्रयास गर्छन्‌।

एउटी वृद्ध साक्षी आफ्नो रित्तो फ्रिज हेर्छिन्‌ तर पछि राज्य गतिविधिको लागि अनुदान खसाल्छिन्‌

आर्थिक समस्या (अनुच्छेद १७ हेर्नुहोस्‌)

१७. गरिब विधवाको उदाहरण किन प्रोत्साहनदायी छ?

१७ येशूको समयका एक गरिब विधवा-बारे पनि विचार गरौं। (लूका २१:१-४ पढ्‌नुहोस्‌) त्यतिबेला यहोवाको मन्दिरमा किनबेच गर्नेजस्ता नराम्रा कामहरू भइरहेका थिए। यस्तो परिस्थिति सुधार्न तिनले केही गर्न सक्दिनथी। (मत्ती २१:१२, १३) अनि आफ्नो आर्थिक अवस्था पनि उकास्न सक्दिनथी। तैपनि तिनले राजीखुसीले “दुई साना सिक्का” अर्थात्‌ “आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” आध्यात्मिक कुरालाई पहिलो स्थान दियौं भने यहोवाले भौतिक आवश्‍यकता पूरा गर्नुहुनेछ भनेर भरोसा गरेको कुरा ती वफादार स्त्रीले देखाइन्‌। यस्तो भरोसाले गर्दा ती विधवाले त्यतिबेलाको साँचो उपासनाको प्रबन्धलाई समर्थन गरिन्‌। यहोवाको राज्यलाई पहिलो स्थान दियौं भने उहाँले हाम्रो सबै आवश्‍यकता पूरा गर्नुहुनेछ भन्‍ने कुरामा हामी पनि भरोसा गर्छौं।—मत्ती ६:३३.

१८. सही दृष्टिकोण राखेका एक जना भाइको अनुभव बताउनुहोस्‌।

१८ आज पनि थुप्रै ख्रीष्टियनले यसरी नै यहोवामाथि भरोसा देखाएका छन्‌ र उपयुक्‍त कदम चालेका छन्‌। मृत्युसम्मै वफादार भई यहोवाको सेवा गरेका म्याल्कम-लाई विचार गरौं। तिनको मृत्यु सन्‌ २०१५ मा भयो। तिनी र तिनकी पत्नीले वफादार भई वर्षौंसम्म यहोवाको सेवा गरे। त्यस दौडान तिनीहरूको जीवनमा थुप्रै गाह्रो-साह्रो परिस्थिति आइपरे। तिनले यसो भने: “जीवनले कहिले कस्तो मोड लिन्छ, थाह हुँदैन। कहिलेकाहीं जीवनमा आइपर्ने उतारचढाव सामना गर्न एकदमै गाह्रो हुन्छ। तर यहोवामा भर पर्नेहरूलाई उहाँ आशिष्‌ दिनुहुन्छ।” म्याल्कम कस्तो सुझाव दिन्छन्‌? “यहोवाको सेवामा सफल हुन उहाँलाई प्रार्थना गर्नुहोस्‌। आफूले गर्न सक्ने कुराबारे सोच्नुहोस्‌, गर्न नसक्ने कुराबारे होइन।”a

१९. (क) सन्‌ २०१७ को वार्षिक पद किन समय सुहाउँदो छ? (ख) सन्‌ २०१७ को वार्षिक पद तपाईं कसरी आफ्नो जीवनमा लागू गर्न चाहनुहुन्छ?

१९ यो संसार “झन्‌-झन्‌ खराब हुँदै” गइरहेकोले भविष्यमा हामीले अझ धेरै कठिनाइ भोग्नुपर्नेछ। (२ तिमो. ३:१, १३) त्यसैले हरेस नखानु अहिले झनै आवश्‍यक भएको छ। यस्तो कठिन अवस्थाको सामना गर्न हामीले उपयुक्‍त कदम चाल्दै यहोवामाथिको भरोसालाई बलियो बनाउनुपर्छ। त्यसकारण सन्‌ २०१७ को वार्षिक पद समय सुहाउँदो छ: यहोवामा भरोसा राख र भलाइ गर।—भज. ३७:३.

सन्‌ २०१७ को वार्षिक पद: यहोवामा भरोसा राख र भलाइ गर।—भजन ३७:३

a प्रहरीधरहरा, अक्टोबर १५, २०१३, पृ. १७-२० हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने