प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • wp21 No. २ pp. ४-६
  • के यस संसारको अन्त हुँदै छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • के यस संसारको अन्त हुँदै छ?
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • केको अन्त हुने छैन?
  • केको अन्त हुनेछ?
  • मानव शासनको अन्त हुनुपर्छ
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • पानीले संसारलाई नष्ट गऱ्‍यो​—⁠के फेरि त्यस्तो हुनेछ?
    महान्‌ शिक्षकबाट सिकौं
  • संसारको अन्तदेखि डराउनुपर्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • “अन्त” तर के को?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२१
wp21 No. २ pp. ४-६
एक सुखी परिवार बाहिर बसेर खाँदै छन्‌। बुबा खानेकुरा पकाउँदै परिवारलाई दिँदै छन्‌।

के यस संसारको अन्त हुँदै छ?

बाइबलमा संसार बितेर जाँदै छ भनेर लेखिएको छ। (१ युहन्‍ना २:१७) के यसले मानवजातिको अन्तलाई नै बुझाउँछ? के पृथ्वी निर्जनभूमिमा परिणत हुनेछ वा यो पूर्णतया विनाश हुनेछ?

बाइबलअनुसार यी दुवै प्रश्‍नको जवाफ हो: होइन!

केको अन्त हुने छैन?

मानवजाति

बाइबल के भन्छ? ईश्‍वरले “व्यर्थैमा [पृथ्वी] बनाउनुभएन बरु आबाद गर्नको लागि बनाउनुभयो।”—यसैया ४५:१८.

डाँडाकाँडा र जङ्‌गलको बीचमा ताल।

पृथ्वी

बाइबल के भन्छ? “पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌ तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।”—उपदेशक १:४.

यसको अर्थ के हो? बाइबलले पृथ्वीको विनाश कहिल्यै हुनेछैन र यसमा सधैँ आबादी भइरहनेछ भनेर बताउँछ। त्यसोभए संसारको अन्तले केलाई बुझाउँछ?

विचार गर्नुहोस्‌: बाइबलमा आउँदै गरेको यस संसारको विनाशलाई नुह नाम गरेका व्यक्‍तिको समयमा भएको घटनासित तुलना गरिएको छ। त्यतिबेला “पृथ्वी हिंसाले भरिएको” थियो। (उत्पत्ति ६:१३) तर नुह एक धर्मी पुरुष थिए। त्यसैले ईश्‍वरले त्यतिबेलाका दुष्ट मानिसहरूलाई जलप्रलय ल्याएर नाश गर्नुभए तापनि नुह र तिनको परिवारलाई भने जोगाउनुभयो। उक्‍त घटनाबारे बाइबलमा यस्तो बताइएको छ: “त्यसबेलाको संसार जलप्रलय हुँदा डुबेर नाश भयो।” (२ पत्रुस ३:६) यसरी त्यसबेलाको संसार नाश भयो। त्यसोभए वास्तवमा केको विनाश भएको थियो? पृथ्वीको नभई पृथ्वीमा बास गर्ने दुष्ट मानिसहरूको। त्यसैले बाइबलले संसारको अन्तबारे बताउँदा यसले पृथ्वीको विनाशलाई बुझाउँदैन। बरु यसले पृथ्वीमा बास गर्ने दुष्ट मानिसहरूको र खराब कुराहरूको विनाशलाई बुझाउँछ।

केको अन्त हुनेछ?

समस्या र दुष्टता

बाइबल के भन्छ? “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ; तिमीले तिनीहरू भएको ठाउँमा हेर्नेछौ तर तिनीहरू त्यहाँ हुनेछैनन्‌। बरु नम्रहरूले पृथ्वी अधिकार गर्नेछन्‌ अनि अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

तस्बिरहरूको सँगालो: १. अनुहार ढाकेर चोरहरू पसल लुटपाट गरेर निस्कँदै छन्‌। २. एक पुरुषले अर्को पुरुषलाई झोलाभरि पैसा दिँदै छन्‌।

यसको अर्थ के हो? नुहको समयको जलप्रलयले दुष्टतालाई सदाको लागि नामेट पारेन। जलप्रलयपछि फेरि दुष्ट मानिसहरूले अरूलाई दुःख दिन थाले। तर चाँडै ईश्‍वरले सबै दुष्टताको अन्त गर्नुहुनेछ। भजनरचयिताले भनेझैँ “दुष्टहरूको नामोनिसान मेटिनेछ।” ईश्‍वरले आफ्नो राज्यमार्फत दुष्टताको अन्त गर्नुहुनेछ। उहाँको राज्य एउटा यस्तो सरकार हो, जसले स्वर्गबाट संसारभरिका धर्मी मानिसहरूमाथि शासन गर्नेछ।

विचार गर्नुहोस्‌: के मानव सरकारहरूले ईश्‍वरको राज्यलाई समर्थन गर्नेछन्‌? तिनीहरूले समर्थन गर्नेछैनन्‌ भनेर बाइबल बताउँछ। तिनीहरूले मूर्खता देखाउँदै ईश्‍वरको राज्यको विरुद्धमा खडा हुनेछन्‌। (भजन २:२) परिणाम के हुनेछ? ईश्‍वरको राज्यले मानव सरकारहरूको नामोनिसान मेटिदिनेछ अनि “यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।” (दानिएल २:४४) त्यसोभए मानव शासनको अन्त किन हुनुपर्छ?

मानव शासनको अन्त हुनुपर्छ

बाइबल के भन्छ? “आफ्नै पाइलालाई बाटो देखाउने अधिकारसमेत मानिससित छैन।”—यर्मिया १०:२३.

भित्ताभरि चुनावको प्रचारप्रसार गरिएको बाटो हुँदै मानिसहरू हिँड्‌दै छन्‌।

यसको अर्थ के हो? मानिसलाई मानिसमाथि शासन गर्न सक्ने क्षमतासहित सृष्टि गरिएको थिएन। तिनीहरू अरूमाथि शासन गर्न र उनीहरूको समस्या समाधान गर्न योग्य छैनन्‌।

विचार गर्नुहोस्‌: ब्रिटानिका एकेडेमिक-अनुसार सरकारहरू “संसारभरि व्याप्त गरिबी, भोकमरी, रोगबिमार, प्राकृतिक प्रकोप, युद्ध र अन्य हिंसा हटाउन सक्षम छैनन्‌ जस्तो देखिन्छ। कसै-कसैको विचारमा . . . संसारमाथि शासन गर्ने एउटै सरकार भयो भने मात्र ती समस्याहरू हटाउन ठोस कदम चाल्न सकिन्छ।” तर सबै मानव सरकार एकजुट भए तापनि यो संसार ती समस्याहरू हटाउन असक्षम त्रुटिपूर्ण मानिसहरूकै अधीनमा हुनेछ। ईश्‍वरको राज्य मात्र एउटा यस्तो सरकार हो, जसले संसारभरि व्याप्त सबै समस्या सदाको लागि हटाउन सक्छ।

त्यसैले असल मानिसहरू यस संसारको अर्थात्‌ यस दुष्ट युगको अन्तदेखि डराउनु पर्दैन भनेर बाइबल बताउँछ। बरु हामी त्यस समयको उत्सुकतासाथ प्रतीक्षा गर्न सक्छौँ किनकि चाँडै ईश्‍वरले यस दुष्ट संसारको ठाउँमा सुन्दर नयाँ संसार स्थापना गर्नुहुनेछ।

यो कहिले हुनेछ? यसपछिको लेखमा यस प्रश्‍नको बाइबलले दिने जवाफ पाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने