-
हाम्रो लागि परमेश्वरको उद्देश्य के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
पाठ २५
हाम्रो लागि परमेश्वरको उद्देश्य के हो?
बाइबलले मानिसको “जीवन छोटो र दुःखैदुःखले भरिएको हुन्छ” भनेर बताउँछ। (अय्युब १४:१) के हामीले यस्तै जीवन बिताएको परमेश्वर चाहनुहुन्छ? चाहनुहुन्न भने हाम्रो लागि उहाँको उद्देश्य के हो? के उहाँको उद्देश्य कहिल्यै पूरा होला? बाइबलले यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।
१. यहोवा हाम्रो लागि कस्तो जीवन चाहनुहुन्छ?
यहोवा हाम्रो लागि सबैभन्दा उत्तम जीवन चाहनुहुन्छ। उहाँले पहिलो मानव दम्पती आदम र हव्वालाई सृष्टि गर्नुभएपछि तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो, जुन सुन्दर प्रमोदवन थियो। “त्यसपछि परमेश्वरले तिनीहरूलाई यस्तो आशिष् दिनुभयो: ‘फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ अनि पृथ्वीमाथि अधिकार गर।’” (उत्पत्ति १:२८) यहोवा तिनीहरूले छोराछोरी जन्माएको, पूरै पृथ्वीलाई प्रमोदवन बनाएको अनि जनावरहरूको हेरचाह गरेको चाहनुहुन्थ्यो। उहाँ सबै मानिस स्वस्थ भएर सधैँभरि बाँचेको चाहनुहुन्थ्यो।
हुनत अहिले मानिसहरूको जीवन परमेश्वरले चाहनुभएको जस्तो छैनa तैपनि परमेश्वरको उद्देश्य परिवर्तन भएको छैन। (यसैया ४६:१०, ११) उहाँ आज्ञाकारी मानिसहरू कुनै दुःखकष्टविना सधैँभरि बाँचेको अझै पनि चाहनुहुन्छ।—प्रकाश २१:३, ४ पढ्नुहोस्।
२. हामी अहिले पनि कसरी अर्थपूर्ण जीवन बिताउन सक्छौँ?
यहोवाले हामीलाई आध्यात्मिक आवश्यकतासहित सृष्टि गर्नुभयो अर्थात् उहाँलाई चिन्ने र उहाँको उपासना गर्ने इच्छा हामीमा हालिदिनुभयो। (मत्ति ५:३-६ पढ्नुहोस्।) परमेश्वर हामीले उहाँसित घनिष्ठ मित्रता गाँसेको, ‘उहाँले देखाउनुभएको बाटोमा हिँडेको, उहाँलाई प्रेम गरेको’ अनि “आफ्नो सारा हृदयले” उहाँको सेवा गरेको चाहनुहुन्छ। (व्यवस्था १०:१२; भजन २५:१४) यसो गऱ्यौँ भने हामीले समस्याहरू झेल्नुपरे तापनि साँच्चै खुसी हुन सक्छौँ। यहोवाको उपासना गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ किनभने हामी उहाँले चाहनुभएको तरिकामा जीवन बिताइरहेका हुन्छौँ।
अझ खोतल्नुहोस्
यहोवाले हाम्रो लागि पृथ्वी तयार पार्नुहुँदा देखाउनुभएको अपार प्रेमबारे बुझ्नुहोस्। साथै जीवनको उद्देश्यबारे परमेश्वरको वचनले के भन्छ, थाह पाउनुहोस्।
३. यहोवाले मानिसहरूको लागि राम्रो उद्देश्य राख्नुभएको छ
भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
परमेश्वरले यो सुन्दर ग्रह किन सृष्टि गर्नुभयो?
उपदेशक ३:११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यस पदबाट यहोवाले हाम्रो लागि राख्नुभएको उद्देश्यबारे तपाईँ के सिक्न सक्नुहुन्छ?
४. यहोवाको उद्देश्य परिवर्तन भएको छैन
भजन ३७:११, २९ र यसैया ५५:११ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
हाम्रो लागि यहोवाको उद्देश्य परिवर्तन भएको छैन भनेर हामी कसरी थाह पाउन सक्छौँ?
भताभुङ्ग भएको घरलाई मर्मत गर्न सकिन्छ। त्यसरी नै मानिसहरूले बिगारेको पृथ्वीलाई परमेश्वरले पहिलाजस्तै सुन्दर बनाउनुहुनेछ र उहाँलाई प्रेम गर्नेहरूलाई त्यहाँ बस्न दिनुहुनेछ
५. यहोवाको उपासना गर्दा हाम्रो जीवन अर्थपूर्ण हुन्छ
जीवनको उद्देश्य थाह पाउँदा हामी आनन्दित हुन सक्छौँ। भिडियो हेर्नुहोस् अनि तल दिइएको प्रश्न छलफल गर्नुहोस्:
तेरुमीले जीवनको उद्देश्य बुझेपछि तिनको जीवनमा कस्तो परिवर्तन आयो?
उपदेशक १२:१३ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले हाम्रो लागि थुप्रै कुरा गर्नुभएकोले हामीले पूरा गर्नुपर्ने कर्तव्य के हो?
कसै-कसैले सोध्लान्: “जीवनको उद्देश्य के हो?”
तपाईँ कस्तो जवाफ दिनुहुन्छ?
सारांश
हामी यसै पृथ्वीमा कुनै दुःखकष्टविना सधैँभरि बाँचेको यहोवा चाहनुहुन्छ। आफ्नो सारा हृदयले उहाँको उपासना गर्दा हाम्रो जीवन अहिले पनि अर्थपूर्ण हुन्छ।
तपाईँले के सिक्नुभयो?
यहोवाले आदम र हव्वाको लागि सुरुमा राख्नुभएको उद्देश्य के थियो?
मानिसजातिको लागि परमेश्वरको उद्देश्य परिवर्तन भएको छैन भनेर हामी कसरी थाह पाउन सक्छौँ?
तपाईँ आफ्नो जीवन कसरी अर्थपूर्ण बनाउन सक्नुहुन्छ?
अझ धेरै जान्नुहोस्
अदनको बगैँचा साँच्चै अस्तित्वमा थियो भन्ने कुराको प्रमाण केलाउनुहोस्।
“अदनको बगैँचा —मिथ्या कि तथ्य?” (प्रहरीधरहरा, जनवरी १, २०११)
पृथ्वी सधैँभरि रहनेछ भनेर हामी किन पक्का हुन सक्छौँ, बुझ्नुहोस्।
तपाईँको जीवनको उद्देश्य के हो भन्ने विषयमा बाइबलले बताउने कुरा केलाउनुहोस्।
एक जना मानिसलाई जीवनमा कुनै कुराको कमी छैन जस्तो लाग्थ्यो। तर आफ्नो जीवनमा कुन कुराको कमी थियो भनेर तिनले कसरी थाह पाए, हेर्नुहोस्।
a अहिले परमेश्वरको उद्देश्य किन पूरा भएको छैन भनेर यसपछिको पाठमा छलफल गरिनेछ।
-
-
परमेश्वरको राज्य के हो?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. येसुसँगै क-कसले शासन गर्छन्?
येसुले एक्लै शासन गर्नुहुन्न। ‘हरेक कुल, भाषा, जाति र राष्ट्रका मानिसहरूले राजाको रूपमा पृथ्वीमाथि शासन गर्नेछन्।’ (प्रकाश ५:९, १०) ख्रिष्टसँगै कति जनाले शासन गर्नेछन्? येसु पृथ्वीमा आउनुभएदेखि यता लाखौँ मानिस उहाँका चेला बनेका छन्। तर उहाँसँगै शासन गर्न तिनीहरूमध्ये १ लाख ४४ हजार मात्र स्वर्ग जान्छन्। (प्रकाश १४:१-४ पढ्नुहोस्।) बाँकीचाहिँ पृथ्वीमा परमेश्वरको राज्यको प्रजा हुनेछन्।—भजन ३७:२९.
-
-
परमेश्वरको राज्यले के गर्नेछ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
परमेश्वरको राज्यले के गर्नेछ?
परमेश्वरको राज्यले शासन गर्न थालिसकेको छ। चाँडै यसले पृथ्वीमा ठूलठूला परिवर्तनहरू गर्नेछ। आउनुहोस्, परमेश्वरको राज्यले पृथ्वीमा शासन गर्न थाल्दा तपाईँले अनुभव गर्न सक्ने केही राम्रा कुराहरूबारे छलफल गरौँ।
१. परमेश्वरको राज्यले पृथ्वीमा शान्ति र न्याय कसरी ल्याउनेछ?
परमेश्वरको राज्यको राजा येसुले आरमागेडोनको युद्धमा दुष्ट मानिसहरू र सरकारहरूलाई नाश गर्नुहुनेछ। (प्रकाश १६:१४, १६) त्यतिबेला बाइबलको यो प्रतिज्ञा पूरा हुनेछ: “अब केही बेरपछि नै दुष्टहरूको नामोनिसान मेटिनेछ।” (भजन ३७:१०) येसुले त्यस राज्यमार्फत पूरै पृथ्वीमा शान्ति र न्याय ल्याउनुहुनेछ।—यसैया ११:४ पढ्नुहोस्।
२. परमेश्वरको इच्छा पृथ्वीमा पूरा हुँदा हाम्रो जीवन कस्तो हुनेछ?
परमेश्वरको राज्यको शासनमा “धर्मीहरूले पृथ्वी अधिकार गर्नेछन् र तिनीहरू त्यहाँ सधैँभरि रहनेछन्।” (भजन ३७:२९) धर्मी मानिसहरू मात्र हुने र सबैले एकअर्कालाई प्रेम गर्ने संसारमा जीवन कस्तो होला, कल्पना गर्नुहोस् त! कोही पनि बिरामी हुनेछैन र सबै जना सधैँभरि बाँच्नेछन्।
३. दुष्टहरू नाश भएपछि परमेश्वरको राज्यले के गर्नेछ?
दुष्टहरू नाश भएपछि येसुले राजाको रूपमा एक हजार वर्ष शासन गर्नुहुनेछ। त्यस दौडान उहाँ र उहाँका १ लाख ४४ हजार सहशासकले पृथ्वीका मानिसहरूलाई त्रुटिरहित र पापरहित हुन मदत गर्नुहुनेछ। हजार वर्षको अन्तमा पूरै पृथ्वी सुन्दर बगैँचा बनाइसकिएको हुनेछ। साथै सबै मानिसले नियमकानुन पालन गर्ने भएकोले तिनीहरू खुसी हुनेछन्। त्यसपछि येसुले त्यो राज्य आफ्नो बुबा यहोवालाई सुम्पनुहुनेछ। त्यतिबेला पहिला कहिल्यै नभएको तरिकामा यहोवाको “नाम पवित्र [पारिनेछ]।” (मत्ति ६:९, १०) साथै यहोवा आफ्नो प्रजाको ख्याल राख्नुहुने असल शासक हुनुहुन्छ भनेर प्रमाणित भइसकेको हुनेछ। त्यसपछि यहोवाले सैतान, प्रेतहरू र उहाँको शासनविरुद्ध खडा हुन छनौट गर्नेजति सबैलाई नाश गर्नुहुनेछ। (प्रकाश २०:७-१०) परमेश्वरको राज्यले गर्ने यी सबै असल काम सधैँभरि रहनेछन्।
अझ खोतल्नुहोस्
भविष्यको लागि बाइबलमा गरिएका सबै प्रतिज्ञा परमेश्वरले आफ्नो राज्यमार्फत पूरा गर्नुहुनेछ भनेर हामी किन विश्वास गर्न सक्छौँ, विचार गर्नुहोस्।
४. परमेश्वरको राज्यले मानव सरकारहरूलाई हटाउनेछ
“एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्याइरहेको” छ। (उपदेशक ८:९) यस्तो अन्यायले गर्दा भएको हानिलाई यहोवाले आफ्नो राज्यमार्फत सच्याउनुहुनेछ।
दानिएल २:४४ र २ थिस्सलोनिकी १:६-८ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यहोवा र उहाँको छोरा येसुले मानव सरकारहरू र तिनीहरूका समर्थकहरूलाई के गर्नुहुनेछ?
तपाईँले यहोवा र येसुबारे सिकेको कुराबाट उहाँहरूका कामहरू न्यायी र निष्पक्ष हुनेछन् भनेर किन पक्का हुन सक्नुहुन्छ?
५. येसु सबैभन्दा उत्कृष्ट राजा हुनुहुन्छ
परमेश्वरको राज्यको राजाको रूपमा येसुले पृथ्वीका मानिसहरूलाई थुप्रै तरिकामा मदत गर्नुहुनेछ। येसुसित मानिसहरूलाई मदत गर्ने इच्छा र परमेश्वरबाट पाएको शक्ति छ भनेर उहाँले कसरी देखाइसक्नुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्।
परमेश्वरको राज्यले के गर्नेछ भन्ने कुराको नमुना येसुले पृथ्वीमा हुनुहुँदा देखाउनुभयो। यहाँ दिइएका प्रतिज्ञाहरूमध्ये तपाईँ कुनचाहिँ पूरा भएको हेर्न तीव्र इच्छा गर्दै हुनुहुन्छ? यी प्रतिज्ञाहरूबारे बताउने बाइबल पदहरू पढ्नुहोस्:
येसुले पृथ्वीमा हुनुहुँदा . . .
येसुले स्वर्गबाट . . .
मौसमलाई नियन्त्रणमा राख्नुभयो।—मर्कुस ४:३६-४१.
पृथ्वीको वातावरणसम्बन्धी समस्याहरू समाधान गर्नुहुनेछ।—यसैया ३५:१, २.
चमत्कार गरेर हजारौँलाई खुवाउनुभयो।—मत्ति १४:१७-२१.
पृथ्वीबाट भोकमरी हटाउनुहुनेछ।—भजन ७२:१६.
थुप्रै बिरामीलाई निको पार्नुभयो।—लुका १८:३५-४३.
सबैलाई सुस्वास्थ्य दिनुहुनेछ।—यसैया ३३:२४.
मरेका मानिसहरूलाई जीवित पार्नुभयो। —लुका ८:४९-५५.
मरेका मानिसहरूलाई ब्युँताउनुहुनेछ र मृत्युलाई नामेट पार्नुहुनेछ। —प्रकाश २१:३, ४.
६. परमेश्वरको राज्यले सुन्दर भविष्य दिनेछ
यहोवाले मानिसहरूको लागि राख्नुभएको सुरुको उद्देश्य उहाँको राज्यले पूरा गर्नेछ। पूरै पृथ्वी सुन्दर बगैँचा बनाइनेछ र मानिसहरू त्यहाँ सधैँभरि बाँच्नेछन्। यहोवाले आफ्नो छोरा येसुमार्फत कसरी आफ्नो उद्देश्य पूरा गरिरहनुभएको छ? यसको जवाफ पाउन भिडियो हेर्नुहोस्।
भजन १४५:१६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यहोवाले “सबै जीवको इच्छा पूरा गरिदिनुहुन्छ” भनेर थाह पाउँदा तपाईँलाई कस्तो लाग्यो?
कोही-कोही भन्छन्: “हामी एकजुट भयौँ भने संसारका समस्याहरू समाधान गर्न सक्छौँ।”
मानव सरकारहरूले समाधान गर्न नसकेका कस्ता समस्याहरू परमेश्वरको राज्यले समाधान गर्नेछ?
सारांश
यहोवाको राज्यले उहाँको उद्देश्य पूरा गर्नेछ। यसले पूरै पृथ्वीलाई सुन्दर बगैँचा बनाउनेछ। त्यहाँ असल मानिसहरू बस्नेछन्, जसले सधैँभरि यहोवाको उपासना गर्नेछन्।
तपाईँले के सिक्नुभयो?
परमेश्वरको राज्यले कसरी यहोवाको नामलाई पवित्र पार्नेछ?
बाइबलमा गरिएका प्रतिज्ञाहरू परमेश्वरको राज्यले पूरा गर्नेछ भनेर हामी किन विश्वास गर्न सक्छौँ?
परमेश्वरको राज्यले कुनचाहिँ प्रतिज्ञा पूरा गरेको हेर्न तपाईँ तीव्र इच्छा गर्दै हुनुहुन्छ?
अझ धेरै जान्नुहोस्
आरमागेडोन के हो, थाह पाउनुहोस्।
येसुले बताउनुभएको “महासङ्कष्ट”-को दौडान र त्यसको अन्तमा के-के हुनेछ, बुझ्नुहोस्।—मत्ति २४:२१
परमेश्वरको राज्यले भविष्यमा ल्याउने आशिष्हरूबाट तपाईँको पूरै परिवारले लाभ उठाएको कल्पना गर्नुहोस्।
आफ्नो देशको सरकारको विद्रोह गर्ने एक जना व्यक्तिले कसरी मनमा उब्जिएका प्रश्नहरूको जवाफ पाए भनेर थाह पाउन “मेरो मनमा थुप्रै प्रश्न खेलिरहेका थिए” लेख पढ्नुहोस्।
“बाइबलले जीवनलाई नयाँ मोड दिन्छ” (प्रहरीधरहरा, जनवरी १, २०१२)
-