प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • bh p. २१३-p. २१५ par. २
  • न्यायको दिन के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • न्यायको दिन के हो?
  • बाइबलले वास्तवमा के सिकाउँछ?
  • मिल्दोजुल्दो सामग्री
  • न्यायको दिन र त्यस पछि
    पार्थिव प्रमोदवनमा तपाईं सधैंभरि बाँच्न सक्नु हुन्छ
  • परमेश्‍वरको न्यायको दिन—त्यसको आनन्दमय परिणाम!
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
  • न्यायको दिनमा के हुनेछ?
    प्रहरीधरहरा: के ईश्‍वर महिलाहरूलाई अनमोल ठान्‍नुहुन्छ?
  • बाइबल प्रश्‍नहरूको जवाफ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
बाइबलले वास्तवमा के सिकाउँछ?
bh p. २१३-p. २१५ par. २

अतिरिक्‍त लेख

न्यायको दिन के हो?

न्यायको दिन भन्‍नेबित्तिकै तपाईंको मनमा कस्तो चित्र आउँछ? थुप्रैको विचारमा भगवान्‌को अगाडि अरबौं मानिस उभिरहेको र प्रत्येकलाई तिनीहरूको कामअनुसार फैसला सुनाएको चित्र आउँछ होला। राम्रो काम गर्नेहरू स्वर्ग जानेछन्‌ भने नराम्रो काम गर्नेहरू नरकमा तड्‌पिनेछन्‌। तर न्यायको दिनबारे बाइबलको धारणा भने एकदमै फरक छ। परमेश्‍वरको वचनले यो डराउनुपर्ने समय नभई मानिसजातिलाई सुरुको त्रुटिरहित अवस्थामा पुऱ्‍याउने र आशाको समय हो भनी बताउँछ।

प्रकाश २०:११, १२ मा न्यायको दिनबारे प्रेषित यूहन्‍नाले यस्तो वर्णन गरेको पाउँछौं: “मैले ठूलो सेतो सिंहासन र त्यसमा बस्नुहुनेलाई देखें। पृथ्वी अनि आकाश उहाँको नजरबाट भागे र तिनीहरू कतै भेटिएनन्‌। अनि के साना, के ठूला, मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेको मैले देखें र पुस्तकहरू खोलिएको पनि मैले देखें। तब अर्को एउटा पुस्तक पनि खोलियो; त्यो जीवनको पुस्तक थियो। अनि ती पुस्तकहरूमा लेखिएबमोजिम ती मानिसहरूको कामअनुसार तिनीहरूको न्याय भयो।” यहाँ वर्णन गरिएको न्यायकर्ता को हुनुहुन्छ?

यहोवा परमेश्‍वर सर्वोच्च न्यायकर्ता हुनुहुन्छ। तर न्याय गर्ने काम उहाँले अरू कसैलाई सुम्पनुभएको छ। प्रेषित पावलले यसो भने: ‘परमेश्‍वरले एक दिन तोक्नुभएको छ र आफूले नियुक्‍त गरेको एक जना मानिसद्वारा उहाँले त्यो दिन न्याय गर्नुहुनेछ।’ (प्रेषित १७:३१) न्याय गर्न यहोवाले नियुक्‍त गर्नुभएको मानिस पुनर्जीवित भएका येशू ख्रीष्ट हुनुहुन्छ। (यूहन्‍ना ५:२२) तर न्यायको दिन कहिले सुरु हुन्छ? अनि कति लामो हुनेछ?

प्रकाशको किताबले बताएअनुसार न्यायको दिन आरमागेडोनको लडाइँपछि सुरु हुन्छ।a आरमागेडोनको लडाइँमा सैतानको संसारलाई नाश गरिनेछ। (प्रकाश १६:१४, १६; १९:१९–२०:३) त्यस लडाइँपछि सैतान अनि त्यसका दुष्ट स्वर्गदूतहरूलाई हजार वर्षसम्म अगाध खाडलमा थुनिनेछ। त्यस दौडान स्वर्गमा येशूसँगै शासन गर्ने १,४४,००० सहशासकले “ख्रीष्टसित एक हजार वर्षसम्म राजाको रूपमा शासन” गर्नेछन्‌ र न्याय गर्नेछन्‌। (प्रकाश १४:१-३; २०:१-४; रोमी ८:१७) न्यायको दिन २४ घण्टे दिन होइन, यो हजार वर्ष लामो हुनेछ।

त्यस हजार वर्षको दौडान येशू ख्रीष्टले “जीवित र मृत दुवैको न्याय” गर्नुहुनेछ। (२ तिमोथी ४:१) “जीवित” भन्‍नाले आरमागेडोन पार गर्ने “ठूलो भीड”-लाई बुझाउँछ। (प्रकाश ७:९-१७) प्रेषित यूहन्‍नाले “मरिसकेका मानिसहरू सिंहासनको अगाडि उभिरहेको” पनि देखे। येशूले प्रतिज्ञा गर्नुभएझैं “चिहानमा हुनेहरू सबैले [ख्रीष्टको] सोर सुन्‍नेछन्‌ र बाहिर निस्किआउनेछन्‌।” यसको मतलब तिनीहरू पुनर्जीवित हुनेछन्‌। (यूहन्‍ना ५:२८, २९; प्रेषित २४:१५) तर कुन आधारमा न्याय गरिनेछ?

प्रेषित यूहन्‍नाले दर्शनमा “पुस्तकहरू खोलिएको” अनि “ती पुस्तकहरूमा लेखिएबमोजिम” ती मरिसकेका मानिसहरूको ‘कामअनुसार न्याय भएको’ देखे। के ती पुस्तकहरू तिनीहरूले विगतमा गरेका कामहरूको रेकर्ड हो? होइन, मर्नुअघि गरेका कामको आधारमा तिनीहरूको न्याय गरिनेछैन। हामी किन यसो भन्‍न सक्छौं? बाइबल यसो भन्छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्‍त हुन्छ।” (रोमी ६:७) भनौं भने पुनर्जीवित भएकाहरूले विगतमा गरेका सबै पापको क्षमा पाइसकेका हुनेछन्‌। त्यसैले ती पुस्तकहरूले परमेश्‍वरले दिनुहुने थप निर्देशनलाई बुझाउँछ। आरमागेडोन पार गर्ने र पुनर्जीवित हुने सबैले सधैंभरि बाँच्न परमेश्‍वरका आज्ञाहरू पालन गर्नुपर्नेछ। साथै यहोवाले हजार वर्षको दौडान दिनुहुने नयाँ निर्देशनहरू पनि पालन गर्नुपर्नेछ। त्यसकारण मानिसहरूले न्यायको दिनको दौडान जे गर्छन्‌, त्यसको आधारमा न्याय गरिनेछ।

न्यायको दिनमा अरबौं मानिसले पहिलो चोटि परमेश्‍वरको इच्छाबारे सिक्ने र त्यसअनुसार हिंड्‌ने मौका पाउनेछन्‌। यसको मतलब एउटा व्यापक शैक्षिककार्य हुनेछ। हो, “संसारका बासिन्दाहरूले धार्मिकता सिक्नेछन्‌।” (यशैया २६:९) तर सबै जना परमेश्‍वरको इच्छाअनुसार हिंड्‌न इच्छुक हुनेछैनन्‌। यशैया २६:१० यसो भन्छ: “दुष्टमाथि निगाह रहे तापनि तिनीहरूले धार्मिकता सिक्नेछैनन्‌। धार्मिकताको राज्यमा त्यसले खराबीसित व्यवहार गर्नेछ, र परमप्रभुको वैभवलाई देख्नेछैन।” ती दुष्टहरूलाई न्यायको दिनमा सदाको लागि नाश गरिनेछ।—यशैया ६५:२०.

न्यायको दिनको अन्तसम्ममा मानिसहरू त्रुटिरहित अवस्थामा पुग्नेछन्‌ र साँचो अर्थमा “जीवित” हुनेछन्‌। (प्रकाश २०:५) यसरी न्यायको दिनमा मानिसहरू सुरुको त्रुटिरहित अवस्थामा पुग्नेछ। (१ कोरिन्थी १५:२४-२८) त्यसपछि अन्तिम जाँच हुनेछ। सैतानलाई कैदबाट मुक्‍त गरिनेछ र त्यसले मानिसहरूलाई बहकाउने अन्तिम मौका पाउनेछ। (प्रकाश २०:३, ७-१०) त्यसको प्रतिरोध गर्नेहरूले बाइबलको यो प्रतिज्ञा पूरा भएको देख्नेछन्‌: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” (भजन ३७:२९) हो, न्यायको दिन सबै वफादार मानिसको लागि आशिष्‌ साबित हुनेछ!

a आरमागेडोनको विषयमा यहोवाका साक्षीहरूद्वारा प्रकाशित जागा रहो! पुस्तिकाको पृष्ठ १२-१९ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने