प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा—१९९४ | मार्च १
    • १५ अय्यूबभन्दा झन्डै छ शताब्दीपछि र येशू यस पृथ्वीमा आउनुभन्दा लगभग हजार वर्षअघि दाऊदले नयाँ संसारबारे आफ्नो भरोसा व्यक्‍त गरे। भजनहरूमा तिनले भने: “परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन। . . . तर नम्रहरूले देश अधिकार गर्नेछन्‌। र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्‌। धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहन्छन्‌।” तिनीसित अटल आशा भएको कारण दाऊदले आग्रह गरे: “परमप्रभुमा भरोसा राख, . . . तँ आफै परमप्रभुमा मग्न हो। र उहाँले सो पुर्‌याइदिनुहुनेछ।”—भजनसंग्रह ३७:३, ४, ९-११, २९.

  • यहोवाले आफ्ना उद्देश्‍यहरू पूरा गर्नुहुन्छ भनी भरोसा गर्नुहोस्‌
    प्रहरीधरहरा—१९९४ | मार्च १
    • २२ नयाँ संसारमा विश्‍वासी मानवजातिले रोमी ८:२१ को पूर्ति देख्नेछन्‌: “परमेश्‍वरको सन्तानको महिमाको स्वतन्त्रतामा सृष्टि आफैले पनि विनाशको बन्धनबाट छुटकारा पाउनेछ।” येशूले आफ्ना अनुयायीहरूलाई सिकाउनुभएको यस प्रार्थना पूर्ति भएको पनि तिनीहरूले देख्नेछन्‌। “तपाईंको राज्य आओस्‌। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्‌।” (मत्ती ६:१०) त्यसकारण तपाईंको पूर्ण भरोसा यहोवामा राख्नुहोस्‌ किनभने उहाँको अचूक प्रतिज्ञाले यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्‌, र त्यसैमा सधैंभरि रहनेछन्‌।”—भजनसंग्रह ३७:२९. (w94 3/15)

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने