प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा—२००५ | अगस्त १
    • “मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्‌”

      १२. आफ्ना जनहरूले भोगिरहेका दुःखकष्टबारे यहोवालाई राम्ररी थाह छ भनेर हामी कसरी भन्‍न सक्छौं?

      १२ यहोवाले आफ्ना प्रत्येक सेवकलाई चिन्‍नुहुन्छ। तर त्यति मात्र होइन, आफ्ना प्रत्येक सेवकले भोगिरहेको दुःखकष्टबारे पनि उहाँलाई राम्ररी थाह छ। उदाहरणका लागि, दासको रूपमा जीवन बिताइरहेका इस्राएलीहरूलाई थिचोमिचो गरिंदा यहोवाले मोशालाई यसो भन्‍नुभयो: “मिश्रमा भएका मेरा प्रजाको दुःख मैले देखेको छु, र कामदारीहरूका अत्याचारमा तिनीहरूले पुकारा गरेको मैले सुनेको छु, किनकि तिनीहरूको दुःख मलाई थाह छ।” (प्रस्थान ३:७) हामीले कठिनाइ भोगेको बेला हामीलाई के भइरहेको छ भनेर यहोवाले हेर्नुहुन्छ र हाम्रा चित्कारहरू सुन्‍नुहुन्छ भनेर थाह पाउनु कस्तो सान्त्वनादायी कुरा हो! हामीले भोगिरहेको दुःखकष्टको उहाँले अवश्‍य वास्ता गर्नुहुन्छ।

      १३. यहोवाले आफ्ना सेवकहरूको दुःख साँच्चै महसुस गर्नुहुन्छ भनेर कुन कुराले देखाउँछ?

      १३ उहाँसित सम्बन्ध गाँसिसकेका व्यक्‍तिहरूको यहोवाले चासो राख्नुहुन्छ भन्‍ने कुरा उहाँले इस्राएलीहरूलाई व्यक्‍त गर्नुभएको भावनाबाट अझ स्पष्ट हुन्छ। प्रायजसो अवस्थामा तिनीहरूको आफ्नै अट्टेरीपनले गर्दा दुःखकष्ट भोग्नुपरे तापनि यहोवाबारे यशैयाले यस्तो लेखे: “तिनीहरूका सारा दुःखमा उहाँ दुःखित हुनुभयो।” (यशैया ६३:९) यसकारण, यहोवाका विश्‍वासी सेवकको हैसियतमा तपाईंलाई दुःख हुँदा यहोवालाई पनि दुःख लाग्छ भनेर तपाईं पक्का हुन सक्नुहुन्छ। के यसले तपाईंलाई साहसी भई कठिनाइको सामना गर्न अनि उहाँको सेवा गर्न यथाशक्य प्रयास गरिरहन उत्प्रेरित गर्दैन र?—१ पत्रुस ५:६, ७.

      १४. भजन ५६ कस्तो अवस्थामा लेखिएको थियो?

      १४ यहोवाले चासो राख्नुहुन्छ र आफूले दुःख भोग्दा परमेश्‍वर पनि दुःखी महसुस गर्नुहुन्छ भन्‍ने राजा दाऊदको विश्‍वस्तता भजन ५६ मा प्रस्ट देखिन्छ अनि यो भजन दाऊदले हत्यारा राजा शाऊलबाट भागिरहेको अवस्थामा लेखेका थिए। दाऊद भागेर गात पुगे तर पलिश्‍तीहरूले चिनेपछि फेरि समातिने हो कि भनेर तिनी डराए। तिनले यस्तो लेखे: “मेरा शत्रुहरूले दिनभरिनै मलाई निल्नखोज्छन्‌, किनकि घमण्डसाथ मसित लडाइँ गर्नेहरू धेरै छन्‌।” एकदमै खतरनाक अवस्थामा भएको हुँदा दाऊदले यहोवालाई पुकारे। तिनले यसो भने: “दिनभरि तिनीहरूले मेरा कुराहरूको उल्टो अर्थ लाउँछन्‌, तिनीहरूका सारा युक्‍ति मेरो हानि गर्नमा हुन्छन्‌।”—भजन ५६:२, ५.

      १५. (क) आफ्नो आँसु भाँडामा राख्नुहोस्‌ वा पुस्तकमा लेख्नुहोस्‌ भनी दाऊदले यहोवालाई बिन्ती गर्नुको अर्थ के हो? (ख) हाम्रो विश्‍वासको जाँच हुने अवस्था सहनुपर्दा हामी कुन कुराबारे पक्का हुन सक्छौं?

      १५ भजन ५६:८ मा रेकर्ड गरिएझैं दाऊद यस्तो रोचक अभिव्यक्‍ति व्यक्‍त गर्छन्‌: “म भागी भागी हिंडेको वृतान्त तपाईंले लेख्नुभएको छ। मेरो आँसु तपाईंको भाँडामा हालिराख्नुहोस्‌, ती सबै तपाईंको पुस्तकमा छन्‌।” यहोवाको कोमल हेरचाहको कस्तो हृदयस्पर्शी वर्णन! तनावपूर्ण अवस्थामा हुँदा हामी आँसु बगाई-बगाई यहोवालाई पुकारौंला। सिद्ध मानिस येशूले पनि आँसु बगाउनुभएको थियो। (हिब्रू ५:७) यहोवाले तिनलाई हेर्नुहुन्छ र तिनको पीडा बिर्सनुहुनेछैन भनी दाऊद विश्‍वस्त थिए। तिनको आँसु भाँडामा राखेझैं वा किताबमा लेखेझैं हुनेछ भनेर तिनलाई थाह थियो। तपाईंका आँसुले भाँडा टन्‍नै भरिनेछ वा किताबका थुप्रै पानाहरू कोरिनेछन्‌ जस्तो तपाईंलाई लाग्न सक्छ। यदि यसो हो भने तपाईंले सान्त्वना पाउन सक्नुहुन्छ। बाइबल हामीलाई यस्तो आश्‍वासन दिन्छ: “टुटेका हृदय भएकाहरू सबैको नजीक परमप्रभु हुनुहुन्छ, र पश्‍चातापी मन हुनेहरूलाई उहाँले बचाउनुहुन्छ।”—भजन ३४:१८.

  • यहोवाले तपाईंको “शिरका केशहरू समेत” गन्‍नुभएको छ
    प्रहरीधरहरा—२००५ | अगस्त १
    • के तपाईंलाई याद छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने