प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ५/१५ p. ३२
  • ‘म परमेश्‍वरमै भरोसा राख्नेछु’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘म परमेश्‍वरमै भरोसा राख्नेछु’
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ५/१५ p. ३२

‘म परमेश्‍वरमै भरोसा राख्नेछु’

यस्तो “डरलाग्दो समय[मा]” लोभ र दबाबहरू बढ्‌दो छन्‌। जस्तै, काम गर्ने ठाउँमा हाम्रो इमानदारीको जाँच हुनसक्छ। हाम्रा स्कूलका सहपाठीहरूले अनैतिकतामा फसाउन सक्छन्‌। अनि यो नैतिक तवरमा भ्रष्ट संसारले हाम्रो निष्ठालाई प्रायजसो परीक्षामा पारिरहेको हुन्छ।—२ तिमोथी ३:१-५.

बाइबलका एक लेखक, आसापको समयमा पनि दुष्टताको फलिफाप भइरहेको थियो। उनको छरछिमेकमा बस्ने कोही कोही त आफूले गरिरहेको अभक्‍त क्रियाकलापमा घमण्डसमेत गर्थे। आसापले यसरी लेखे: “अहंकार तिनीहरूका गलामा सिक्रीझैं रहन्छ। अत्याचारले तिनीहरूलाई लुगालेझैं ढाक्छ। तिनीहरू गिल्ला गर्छन्‌ र दुष्टतामा अत्याचारको उच्चारण गर्छन्‌। तिनीहरू धाक लाउँछन्‌।” (भजन ७३:६, ८) के तपाईंलाई अहिले त्यस्तो व्यवहार नौलो लाग्छ र?

जे ठीक छ, त्यही गर्ने इच्छा भएका मानिसहरूलाई त्यस्तो चालाले विचलित पार्छ, अझ भनौं भने निराश पार्छ। आसापले यसरी विलौना गरे, “दिनभरि म विपत्तिमा परेको छु . . . त्यो मेरो दृष्टिमा साह्रै कठिन भयो।” (भजन ७३:१४, १६) तपाईंलाई पनि त्यस्तै लाग्ला, तर हरेस नखानुहोस्‌! आसापले आफ्नो समयको अधर्म सहन सके, तपाईं पनि सहन सक्नुहुन्छ। तर कसरी?

असिद्ध मानिसहरूको सरकारबाट निष्पक्ष न्याय पाउनु असम्भव रहेछ भन्‍ने कुरा आसापले बुझे। (भजन १४६:३, ४; हितोपदेश १७:२३) त्यसकारण, दुष्टता हटाउन आफ्नो अमूल्य समय, शक्‍ति र साधनहरू खर्च गर्नुको सट्टा तिनले परमेश्‍वरसितको सम्बन्धमा ध्यानकेन्द्रित गरे। तिनै आसापले पछि यसो भने; “परमेश्‍वरको नजीक जान मेरो निम्ति असल छ। . . . मैले परमप्रभु परमेश्‍वरलाई मेरो शरणस्थान बनाएको छु।”—भजन ७३:२८.

आज पनि, भ्रष्ट कामकुरा गर्ने मानिसहरू झन्‌ बढी भौतिक सुविधा उपभोग गर्छन्‌। कतिपय मानिसहरू त परमेश्‍वरका नैतिक नियमहरूको बेवास्ता गर्नुमा नै गर्व गर्छन्‌। तर तिनीहरू सधैंभरि रहिरहने छैनन्‌। आसाप यस्तो टिप्पणी गर्छन्‌, “निश्‍चय तपाईंले तिनीहरूलाई चिप्ला ठाउँहरूमा राख्नुहुन्छ, तपाईंले तिनीहरूलाई सर्वनाशमा फाल्नुहुन्छ।”—भजन ७३:१८.

हो, परमेश्‍वरले आफ्नो तोकिएको समयमा छल, अत्याचार र दुराचारका साथसाथै साँचो मसीहीहरू अलग हुनुपर्ने सम्पूर्ण ईश्‍वरहीन चालचलनहरूलाई निमिट्यान्‍नै पारिदिनुहुनेछ। बाइबल प्रतिज्ञा गर्छ; “कुकर्मीहरू नष्ट हुनेछन्‌। तर परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्‌।” (भजन ३७:९) त्यतिञ्जेल हामी भने भजनरचयिताका यी शब्दहरूमा ताल मिलाइरहेका हुनसक्नेछौं; “परमप्रभु मेरो चटान, मेरो गढ़ी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरा परमेश्‍वर, मेरो बलियो चटान, उहाँमै म भरोमा राख्नेछु।”—भजन १८:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने