प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँ कसरी बाइबल पढाइबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • पाठ ११. एउटी महिला घरायसी काम गरिरहेको बेला समय निकालेर बाइबल पढ्‌दै छिन्‌।

      पाठ ११

      तपाईँ कसरी बाइबल पढाइबाट धेरै फाइदा उठाउन सक्नुहुन्छ?

      कुनै ठूलो काम सुरु गर्नुअघि त्यसबारे सोच्दा मात्र पनि के तपाईँलाई अत्यास लागेको थियो? तपाईँले हरेस नखाई त्यो काम अलिअलि गर्दै सिद्ध्याउँदै जानुभयो होला। यही कुरा बाइबल पढ्‌ने सन्दर्भमा पनि लागू हुन्छ। तपाईँलाई लाग्ला, ‘यत्ति ठूलो काम कसरी सुरु गर्ने होला?’ यस पाठमा हामी बाइबल पढाइ र अध्ययनलाई रमाइलो बनाउन तपाईँले गर्न सक्ने ससाना कुराहरूबारे छलफल गर्नेछौँ।

      १. हामीले किन नियमित रूपमा बाइबल पढ्‌नुपर्छ?

      बाइबल अर्थात्‌ “यहोवाको व्यवस्था” नियमित रूपमा पढ्‌ने व्यक्‍ति आनन्दित र सफल हुन्छ। (भजन १:१-३ पढ्‌नुहोस्‌।) बाइबल पढ्‌ने बानी बसाल्न दिनदिनै केही मिनेट मात्र भए पनि बाइबल पढ्‌नुहोस्‌। परमेश्‍वरको वचनमा भएका कुराहरूबारे थाह पाउँदै जाँदा तपाईँलाई बाइबल पढाइ अझ रमाइलो लाग्नेछ।

      २. तपाईँ बाइबल पढाइबाट फाइदा उठाउन के गर्न सक्नुहुन्छ?

      बाइबल पढाइबाट धेरै फाइदा उठाउन आफूले पढिरहेको कुराबारे एकछिन रोकिएर सोच्नुपर्छ। हामीले पढ्‌नुका साथै “यसमा . . . मनन” पनि गर्नुपर्छ। (यहोसु १:८) पढ्‌दै जाँदा आफैलाई यस्ता प्रश्‍नहरू सोध्नुहोस्‌: ‘यसबाट म यहोवा परमेश्‍वरबारे के सिक्न सक्छु? यो कुरा म आफ्नो जीवनमा कसरी लागू गर्न सक्छु? अरूलाई मदत गर्न यी पदहरू कसरी प्रयोग गर्न सक्छु?’

      ३. तपाईँ कसरी बाइबल पढ्‌ने समय निकाल्न सक्नुहुन्छ?

      के तपाईँलाई बाइबल पढ्‌ने समय निकाल्न गाह्रो लाग्छ? हामीमध्ये धेरैलाई त्यस्तै लाग्छ। ‘समयको पूर्ण सदुपयोग गर्न’ कोसिस गर्नुहोस्‌। (एफिसी ५:१६) यसो गर्नको लागि दिनदिनै बाइबल पढ्‌न निश्‍चित समय छुट्ट्याउनुहोस्‌। कसै-कसैले बिहान सबेरै बाइबल पढ्‌ने समय निकाल्छन्‌। अरू कतिपयले दिउँसोतिर समय निकाल्छन्‌, जस्तै: खाना खाने बेलामा। अरूचाहिँ राती सुत्नुअघि बाइबल पढ्‌छन्‌। तपाईँको लागि सबैभन्दा मिल्ने समय कुन हो?

      अझ खोतल्नुहोस्‌

      बाइबल पढाइलाई अझ रमाइलो बनाउन के गर्न सक्नुहुन्छ, बुझ्नुहोस्‌। बाइबल अध्ययनबाट धेरै फाइदा उठाउन कसरी राम्ररी तयारी गर्न सक्नुहुन्छ, थाह पाउनुहोस्‌।

      चित्रहरूको सँगालो: एक जना केटोले एक किसिमको खानेकुरा समयको दौडान मन पराउन थाल्छ। १. केटोलाई त्यो खानेकुरा मन नपरेकोले खेलाउँदै छ। २. अलि ठूलो भएपछि केटोले त्यो खानेकुरा खान्छ। ३. अझै ठूलो भएपछि केटोलाई त्यो खानेकुरा मीठो लाग्न थाल्छ।

      पहिला कहिल्यै नखाएको खानेकुराको स्वाद मन पराउन थालेजस्तै हामी बाइबल पढाइबाट अझ धेरै आनन्द उठाउन सिक्न सक्छौँ

      ४. बाइबल पढाइबाट आनन्द उठाउन सिक्नुहोस्‌

      सुरुसुरुमा बाइबल पढ्‌न त्यत्ति रमाइलो नलाग्न सक्छ। तर पहिला कहिल्यै नखाएको खानेकुराको स्वाद मन पराउन थालेजस्तै हामी परमेश्‍वरको वचनको “तिर्सना” गर्न सिक्न सक्छौँ। पहिलो पत्रुस २:२ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • के तपाईँको विचारमा बाइबल दिनदिनै पढ्‌दा तपाईँलाई पढ्‌न रमाइलो अनि अझ पढूँ-पढूँ जस्तो लाग्छ होला?

      कसै-कसैले बाइबल पढाइबाट कसरी आनन्द उठाउन थाले भनेर थाह पाउन भिडियो हेर्नुहोस्‌। त्यसपछि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: परमेश्‍वरको वचनलाई प्रेम गर्ने युवाहरू (५:३३)

      • यस भिडियोमा देखाइएका युवाहरूले कस्ता अवरोधहरू पार गरे?

      • तिनीहरूलाई नियमित रूपमा बाइबल पढ्‌न केले मदत गऱ्‍यो?

      • तिनीहरूले बाइबल पढाइलाई अझ रमाइलो बनाउन के गरे?

      बाइबल पढाइ थाल्न मदत गर्ने केही सुझाव:

      • आधुनिक भाषाको भरपर्दो अनुवाद रोज्नुहोस्‌। तपाईँको भाषामा नयाँ संसार अनुवाद उपलब्ध छ भने त्यसबाट पढ्‌न थाल्नुहोस्‌।

      • सुरुमा तपाईँलाई सबैभन्दा रोचक लाग्ने भाग पढ्‌नुहोस्‌। कुन भागमा के छ भनेर थाह पाउन “बाइबल पढ्‌न थाल्नुहोस्‌” चार्ट हेर्नुहोस्‌।

      • तपाईँले पढिसकेको भागमा चिन्ह लगाउनुहोस्‌। यस प्रकाशनमा भएको “बाइबल पढाइको तालिकामा चिन्ह लगाउनुहोस्‌” चार्ट प्रयोग गर्नुहोस्‌।

      • JW लाइब्रेरी एप प्रयोग गर्नुहोस्‌। यो एप प्रयोग गरेर तपाईँ जहाँ भए पनि आफ्नो स्मार्ट फोन वा यस्तै कुनै साधनबाट बाइबल पढ्‌न र बाइबल पढाइको अडियो सुन्‍न सक्नुहुन्छ।

      • नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेखहरू प्रयोग गर्नुहोस्‌। यी लेखहरूमा भएका नक्साहरू, चार्टहरू र शब्दावलीले तपाईँको बाइबल पढाइलाई अझ रमाइलो बनाउन सक्छ।

      ५. बाइबल अध्ययनको लागि तयारी गर्नुहोस्‌

      भजन ११९:३४ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • बाइबल पढ्‌नुअघि अथवा बाइबल अध्ययनको लागि तयारी गर्नुअघि प्रार्थना गर्नु किन राम्रो हो?

      हरेक पटकको अध्ययनबाट धेरै फाइदा उठाउन तपाईँ के गर्न सक्नुहुन्छ? यस किताबको हरेक पाठको तयारी गर्न निम्न तरिका अपनाउनुहोस्‌:

      1. क. पाठको सुरुका अनुच्छेदहरू पढ्‌नुहोस्‌।

      2. ख. बाइबल पदहरू खोल्नुहोस्‌ र पढ्‌नुहोस्‌ अनि विषयवस्तुसित ती कसरी सम्बन्धित छन्‌, बुझ्ने प्रयास गर्नुहोस्‌।

      3. ग. हरेक प्रश्‍नको जवाफ दिने मुख्य शब्दहरू वा वाक्यांशहरूमा चिन्ह लगाउनुहोस्‌; यसो गर्दा तपाईँलाई अध्ययन सञ्चालकसित पाठ छलफल गर्न सजिलो हुनेछ।

      चित्रहरूको सँगालो: एउटी महिला बाइबल अध्ययनको लागि तयारी गर्दै छिन्‌। क. तिनी पाठको पहिलो पृष्ठ पढ्‌छिन्‌। ख. तिनी उल्लिखित पदहरू बाइबलबाट पढ्‌छिन्‌। ग. तिनी पाठका मुख्य शब्दहरू र वाक्यांशहरूमा चिन्ह लगाउँछिन्‌।

      के तपाईँलाई थाह थियो?

      यहोवाका साक्षीहरूले विभिन्‍न बाइबल अनुवाद प्रयोग गरेका छन्‌। तर हामीलाई सबैभन्दा मन पर्ने चाहिँ पवित्र बाइबल—नयाँ संसार अनुवाद हो किनभने यो सही र बुझ्न सजिलो छ अनि यसमा परमेश्‍वरको नाम प्रयोग गरिएको छ।—jw.org को लेख “के यहोवाका साक्षीहरूको आफ्नो छुट्टै बाइबल छ?” हेर्नुहोस्‌।

      कोही-कोही भन्छन्‌: “बाइबल पढ्‌नु र अध्ययन गर्नु भनेको साह्रै गाह्रो काम हो। यसको लागि मसित फुर्सद पनि छैन, जाँगर पनि छैन।”

      • तपाईँलाई कस्तो लाग्छ?

      सारांश

      बाइबल पढाइबाट धेरै फाइदा उठाउन पढ्‌ने समय तोक्नुपर्छ, आफूले पढेको कुरा बुझ्न प्रार्थना गर्नुपर्छ अनि बाइबल अध्ययनको लागि हरेक पटक तयारी गर्नुपर्छ।

      तपाईँले के सिक्नुभयो?

      • तपाईँ बाइबल पढाइबाट अझ धेरै फाइदा उठाउन के गर्न सक्नुहुन्छ?

      • तपाईँ व्यक्‍तिगत रूपमा बाइबल पढ्‌न र अध्ययन गर्न कहिले समय निकाल्न सक्नुहुन्छ?

      • बाइबल अध्ययनको लागि हरेक पटक तयारी गर्नु किन महत्त्वपूर्ण छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      बाइबल पढाइबाट अझ धेरै लाभ उठाउन मदत गर्ने थप केही सुझाव विचार गर्नुहोस्‌।

      “पवित्र शास्त्रबाट कसरी अझ धेरै लाभ उठाउन सकिन्छ?” (प्रहरीधरहरा सङ्‌ख्या १ २०१७)

      बाइबल पढ्‌ने तीन वटा तरिका सिक्नुहोस्‌।

      “बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग १: बाइबलसित परिचित हुनुहोस्‌” (jw.org को लेख)

      बाइबल पढाइलाई कसरी रमाइलो बनाउन सकिन्छ, पत्ता लगाउनुहोस्‌।

      “बाइबलले मलाई कसरी मदत गर्न सक्छ?—भाग २: बाइबल पढाइलाई रमाइलो बनाउनुहोस्‌” (jw.org को लेख)

      लामो समयदेखि बाइबल पढिरहेकाहरूबाट केही सुझाव पाउनुहोस्‌।

      प्रभावकारी तरिकामा व्यक्‍तिगत अध्ययन (२:०६)

  • प्रगति गरिरहनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ४. तपाईँको मिल्ने साथी यहोवासित कुराकानी गरिरहनुहोस्‌

      प्रार्थना र बाइबल अध्ययनले तपाईँलाई यहोवाको साथी बन्‍न मदत गरेको छ। यी कुराहरूले तपाईँलाई उहाँसित अझ नजिक हुन कसरी मदत गर्छ?

      भजन ६२:८ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ कसरी आफ्नो प्रार्थनाको गुणस्तर बढाउन सक्नुहुन्छ?

      भजन १:२ र फुटनोट पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • यहोवासितको मित्रता बलियो बनाउन तपाईँ आफ्नो बाइबल पढाइलाई कसरी अझ प्रभावकारी बनाउन सक्नुहुन्छ?

      तपाईँ कसरी अझ अर्थपूर्ण तरिकामा व्यक्‍तिगत अध्ययन गर्न सक्नुहुन्छ? केही तरिका थाह पाउन भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: व्यक्‍तिगत अध्ययनलाई अझ प्रभावकारी बनाउनुहोस्‌ (५:२२)

      • भिडियोमा बताइएका कुन-कुन सुझाव तपाईँ लागू गर्न सक्नुहुन्छ?

      • तपाईँ कस्ता विषय अध्ययन गर्न चाहनुहुन्छ?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने