-
यहोवा, आश्चर्यकामहरूका कर्त्ताप्रहरीधरहरा—१९९२ | डिसेम्बर १
-
-
यहोवाको भलाइ
८. यहोवासित हामीले कुन प्रकारको घनिष्ठ सम्बन्ध राख्न सक्छौं र उहाँले आफ्नो भलाइ कसरी प्रदर्सित गरी दिनु भएको छ?
८ यसपछि दाऊदले एउटा अर्को हार्दिक बिन्ती गर्दछन्: “किनकि हे परमप्रभु, तपाईं भलो र क्षमा गर्नु हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरू माथि तपाईं अति कृपालु हुनुहुन्छ। हे परमप्रभु [यहोवा, न्यु व०] मेरो प्रार्थनातिर आफ्नो कान थाप्नुहोस्, र मेरो अन्तरबिन्तीको सोरलाई सुन्नुहोस्। मेरो दुःखको दिनमा म तपाईंको पुकारा गर्नेछु। किनकि तपाईंले जवाफ दिनुहुनेछ।” (भजनसंग्रह ८६:५-७) “हे यहोवा”—यो आत्मीयतापूर्ण अभिव्यक्ति सुनेर बारम्बार हाम्रो हृदय आनन्दले गद्गद् हुन्छ! यो एउटा यस्तो आत्मीयता हो जसलाई निरन्तर प्रार्थनाद्वारा विकास गर्न सकिन्छ। दाऊदले एउटा अर्को अवसरमा पनि यसप्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्। हे परमप्रभु [यहोवा, न्यु व०] तपाईंको भलाइको खातिर, आफ्नो करुणाअनुसार मलाई सम्झनुहोस्।” (भजनसंग्रह २५:७) यहोवा भलाइको साक्षात रूप हुनुहुन्छ। उहाँले येशूद्वारा हाम्रा छुटकाराका लागि बलिदान उपलब्ध गराइ दिनुभयो, पश्चाताप गर्ने पापीहरूका निम्ति दया दर्साउनु भयो र आफ्ना वफादार र मूल्याङ्कनको भाव व्यक्त गर्ने साक्षीहरूका लागि प्रेमपूर्ण करुणा प्रकट गर्नुभयो।—भजनसंग्रह १००:३-५; मलाकी ३:१०.
-
-
यहोवा, आश्चर्यकामहरूका कर्त्ताप्रहरीधरहरा—१९९२ | डिसेम्बर १
-
-
१०. यहोवाको करुणालाई भजनसंग्रहको पुस्तकले कस्तो महत्त्व दिन्छ?
१० भजनसंग्रहको पुस्तकले सय पटक भन्दा बढी यहोवाको “करुणा”-को चर्चा गर्दछ। यस प्रकारको करुणा निश्चय नै प्रशस्त मात्रामा पाइन्छ! भजनसंग्रह ११८-का प्रथम चारवटा पद्यहरूले यहोवालाई धन्यवाद चढाउन परमेश्वरका सेवकहरूलाई आग्रह गर्दछ र “उहाँको करुणा सदा सर्वदा रहिरहन्छ” भन्ने अभिव्यक्ति चार पटक दोहोऱ्याउँद छ। भजनसंग्रहको १३६-ले “उहाँको करुणा”-को वाञ्छनीयतालाई २६ पटक महत्त्व दिन्छ। याकूब ३:२ भन्दछ: “धेरै कुरामा हामी चुक्तछौं।” यसकारण, हामीबाट जस्तो सुकै गल्ती भएको भए तापनि, यहोवाको दया र करुणाबारे विश्वस्त भएर हामी सधैं उहाँको क्षमा माँग्न तयार रहौं। उहाँले हाम्रालागि व्यक्त गर्नु हुने वफादार प्रेमको एउटा अभिव्यक्ति उहाँको करुणा हो। हामीले वफादारीका साथ परमेश्वरको इच्छा गरिरह्यौं भने हामीलाई प्रत्येक कठिनाइ झेल्ने बल दिनका लागि उहाँले पनि हाम्रा निम्ति आफ्नो वफादार प्रेम प्रकट गर्नुहुनेछ।—१ कोरिन्थी १०:१३.
-