प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोवा, आश्‍चर्यकामहरूका कर्त्ता
    प्रहरीधरहरा—१९९२ | डिसेम्बर १
    • ८. यहोवासित हामीले कुन प्रकारको घनिष्ठ सम्बन्ध राख्न सक्छौं र उहाँले आफ्नो भलाइ कसरी प्रदर्सित गरी दिनु भएको छ?

      ८ यसपछि दाऊदले एउटा अर्को हार्दिक बिन्ती गर्दछन्‌: “किनकि हे परमप्रभु, तपाईं भलो र क्षमा गर्नु हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरू माथि तपाईं अति कृपालु हुनुहुन्छ। हे परमप्रभु [यहोवा, न्यु व०] मेरो प्रार्थनातिर आफ्नो कान थाप्नुहोस्‌, र मेरो अन्तरबिन्तीको सोरलाई सुन्‍नुहोस्‌। मेरो दुःखको दिनमा म तपाईंको पुकारा गर्नेछु। किनकि तपाईंले जवाफ दिनुहुनेछ।” (भजनसंग्रह ८६:५-७) “हे यहोवा”—यो आत्मीयतापूर्ण अभिव्यक्‍ति सुनेर बारम्बार हाम्रो हृदय आनन्दले गद्‌गद्‌ हुन्छ! यो एउटा यस्तो आत्मीयता हो जसलाई निरन्तर प्रार्थनाद्वारा विकास गर्न सकिन्छ। दाऊदले एउटा अर्को अवसरमा पनि यसप्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्‌। हे परमप्रभु [यहोवा, न्यु व०] तपाईंको भलाइको खातिर, आफ्नो करुणाअनुसार मलाई सम्झनुहोस्‌।” (भजनसंग्रह २५:७) यहोवा भलाइको साक्षात रूप हुनुहुन्छ। उहाँले येशूद्वारा हाम्रा छुटकाराका लागि बलिदान उपलब्ध गराइ दिनुभयो, पश्‍चाताप गर्ने पापीहरूका निम्ति दया दर्साउनु भयो र आफ्ना वफादार र मूल्याङ्‌कनको भाव व्यक्‍त गर्ने साक्षीहरूका लागि प्रेमपूर्ण करुणा प्रकट गर्नुभयो।—भजनसंग्रह १००:३-५; मलाकी ३:१०.

      ९. कुन आश्‍वासनलाई पश्‍चाताप गर्ने पापीहरूले गम्भीरतापूर्वक ध्यान दिनु पर्दछ?

      ९ के हामीले बितेका समयमा गरेका गल्तीहरू सम्झेर खिन्‍न मान्‍नु उचित हो? पश्‍चातापको भाव व्यक्‍त गर्ने मानिसहरूलाई “प्रभु [यहोवा, न्यु व०] बाट आराम” पाउन सकिन्छ भनेर प्रेरित पत्रुसले आश्‍वासन दिएका थिए। हामीले आफ्ना मार्गहरूमा सुधार ल्याउँदै छौं भने ती शब्दहरू हाम्रालागि पनि उत्साहवर्धक हुन सक्छन्‌। (प्रेरित ३:१९) हाम्रा मुक्‍तिदाता येशूद्वारा प्रार्थना गर्दै, हामी यहोवासित आत्मीयता कायम राखौं किनकि स्वयं येशूले प्रेमसहित यसो भन्‍नु भएको थियो: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम पाउनेछौ।” अतः यहोवासित येशूको बहुमूल्य नाउँमा प्रार्थना गर्दा आज वफादार साक्षीहरूले साँच्चै नै आराम अनुभव गरिरहेका छन्‌।—मत्ती ११:२८, २९; यूहन्‍ना १५:१६.

  • यहोवा, आश्‍चर्यकामहरूका कर्त्ता
    प्रहरीधरहरा—१९९२ | डिसेम्बर १
    • १३. यहोवाको भलाइबाट आमा-बाबुहरू र तिनीहरूका छोरा-छोरीहरूले कसरी लाभ उठाउन सक्छन्‌?

      १३ यहोवाको भलाइमाथि भरोसा राख्ने आवश्‍यकता निःसन्देह दाऊदले आफ्नो छोरा सुलेमानको हृदयमा बसाएका थिए। जसले गर्दा, सुलेमानले पनि आफ्नो छोरालाई यस प्रकार सल्लाह दिन सके: “तेरा सारा भरोसा परमेश्‍वरमा राख, र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको भय मान, र दुष्कर्मबाट अलग बस।” (हितोपदेश ३:५-७) यस्तै गरी आज आमा-बाबुहरूले पनि आफ्ना छोरा-छोरीहरूलाई यहोवामाथि भरोसा राखेर प्रार्थना गर्न सिकाउनु पर्दछ। साथै मायादया नभएको संसारका आक्रमणहरू अर्थात्‌ स्कूलमा साथीसङ्‌गीहरूको दबाउ र अनैतिक कामकुरा गर्ने परीक्षा जस्ता कुराहरूको सामना कसरी गर्न सकिन्छ, सो तिनीहरूलाई बुझाउनु आवश्‍यक छ। दिन दिनै आफ्ना छोरा-छोरीहरू सित बाइबलका सिद्धान्तहरू अनुसार जीवन बिताउने गर्नुहोस्‌। यस प्रकार, यहोवाका लागि साँचो प्रेम र उहाँमाथि प्रार्थनापूर्वक भरोसा राख्ने आवश्‍यकताले तिनीहरूका कलिलो हृदयमा गहिरो छाप पार्न सक्छ।—व्यवस्थाविवरण ६:४-९; ११:१८, १९.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने