-
यहोवा, आश्चर्यकामहरूका कर्त्ताप्रहरीधरहरा—१९९२ | डिसेम्बर १
-
-
८. यहोवासित हामीले कुन प्रकारको घनिष्ठ सम्बन्ध राख्न सक्छौं र उहाँले आफ्नो भलाइ कसरी प्रदर्सित गरी दिनु भएको छ?
८ यसपछि दाऊदले एउटा अर्को हार्दिक बिन्ती गर्दछन्: “किनकि हे परमप्रभु, तपाईं भलो र क्षमा गर्नु हुनुहुन्छ, र तपाईंमा पुकारा गर्नेहरू माथि तपाईं अति कृपालु हुनुहुन्छ। हे परमप्रभु [यहोवा, न्यु व०] मेरो प्रार्थनातिर आफ्नो कान थाप्नुहोस्, र मेरो अन्तरबिन्तीको सोरलाई सुन्नुहोस्। मेरो दुःखको दिनमा म तपाईंको पुकारा गर्नेछु। किनकि तपाईंले जवाफ दिनुहुनेछ।” (भजनसंग्रह ८६:५-७) “हे यहोवा”—यो आत्मीयतापूर्ण अभिव्यक्ति सुनेर बारम्बार हाम्रो हृदय आनन्दले गद्गद् हुन्छ! यो एउटा यस्तो आत्मीयता हो जसलाई निरन्तर प्रार्थनाद्वारा विकास गर्न सकिन्छ। दाऊदले एउटा अर्को अवसरमा पनि यसप्रकार प्रार्थना गरे: “मेरो जवानी अवस्थाका पापहरू र मेरा अपराधहरू नसम्झनुहोस्। हे परमप्रभु [यहोवा, न्यु व०] तपाईंको भलाइको खातिर, आफ्नो करुणाअनुसार मलाई सम्झनुहोस्।” (भजनसंग्रह २५:७) यहोवा भलाइको साक्षात रूप हुनुहुन्छ। उहाँले येशूद्वारा हाम्रा छुटकाराका लागि बलिदान उपलब्ध गराइ दिनुभयो, पश्चाताप गर्ने पापीहरूका निम्ति दया दर्साउनु भयो र आफ्ना वफादार र मूल्याङ्कनको भाव व्यक्त गर्ने साक्षीहरूका लागि प्रेमपूर्ण करुणा प्रकट गर्नुभयो।—भजनसंग्रह १००:३-५; मलाकी ३:१०.
-
-
यहोवा, आश्चर्यकामहरूका कर्त्ताप्रहरीधरहरा—१९९२ | डिसेम्बर १
-
-
११. आफूलाई दोषी ठहराउने किसिमका भावनाहरू हटाउनका लागि प्राचीनहरूले के मद्दत दिन सक्छन्?
११ कुनै कुनै बेला हामीले अरूहरूको कारण ठोकर खान सक्छौं। केटा-केटी छँदा अनुभव गरिएका कुनै मानसिक अथवा शारीरिक चोटको कारण कसै कसैले आफूलाई दोषी अथवा अयोग्य ठान्न सक्छन्। यस प्रकारका भावनाहरूको शिकार भएको व्यक्तिले यहोवालाई पुकार्नु सक्छ र उहाँले सुनी दिनु हुने छ भनी ऊ विश्वस्त रहन सक्छ। (भजनसंग्रह ५५:१६, १७) साथै, बितेका समयमा भएका ती कुराहरूका लागि ऊ दोषी होइन भनेर बुझ्ने मद्दत कुनै दयावन्त प्राचीनले त्यस पीडित व्यक्तिलाई सम्भवतः दिन सक्छन्। त्यस व्यक्तिले आफ्नो ‘भार उठाउन’ नसकुञ्जेलसम्म, समय समयमा ती प्राचीनले मित्रताको भाव दर्साउदै उसलाई फोन गरिरहनु उचित हुने छ।—गलाती ६:२, ५.
१२. विपत्तीहरू कसरी बढदै गएका छन् र हामीले तिनीहरूको सफलतापूर्वक सामना कसरी गर्न सक्ने छौं?
१२ यहोवाका जनहरूले आज सामना गर्नु पर्ने अन्य अरू धेरै कष्टदायक परिस्थितिहरू छन्। १९१४-मा प्रथम विश्व युद्ध पश्चात् यस पृथ्वीमाथि ठूला ठूला विपत्तीहरू आइ पर्न थाले। येशूले गर्नु भएका अग्रिमवाणीअनुसार, ती “सब ता कष्टका शुरु” थिए। जसै हामी “जगतको अन्त” तिर अघि बढदै गएका छौं, कष्टहरू पनि झन-झन बढदै गएका छन्। (मत्ती २४:३, ८) दियाबलको “अल्प समय” त्यसको अन्तको चरम-सीमातिर गर्ल्यामगुर्लुम ओरालो लागी रहेको छ। (प्रकाश १२:१२) शिकारको खोजीमा हिंड्ने एउटा “गर्जने सिंह”-ले झैं, त्यो ठूलो विरोधीले हामीलाई परमेश्वरको बगालबाट अलग्ग्याएर नष्ट पार्न हर निहुँको प्रयोग गरिरहेको छ। (१ पत्रुस ५:८) तर त्यो सफल हुने छैन! किनभने दाऊदले झैं, हामीले हाम्रा एक मात्र परमेश्वर यहोवामाथि आफ्नो सम्पूर्ण भरोसा राखेका छौं।
१३. यहोवाको भलाइबाट आमा-बाबुहरू र तिनीहरूका छोरा-छोरीहरूले कसरी लाभ उठाउन सक्छन्?
१३ यहोवाको भलाइमाथि भरोसा राख्ने आवश्यकता निःसन्देह दाऊदले आफ्नो छोरा सुलेमानको हृदयमा बसाएका थिए। जसले गर्दा, सुलेमानले पनि आफ्नो छोरालाई यस प्रकार सल्लाह दिन सके: “तेरा सारा भरोसा परमेश्वरमा राख, र तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ। आफैलाई बुद्धिमान नसम्झी, तर परमप्रभुको भय मान, र दुष्कर्मबाट अलग बस।” (हितोपदेश ३:५-७) यस्तै गरी आज आमा-बाबुहरूले पनि आफ्ना छोरा-छोरीहरूलाई यहोवामाथि भरोसा राखेर प्रार्थना गर्न सिकाउनु पर्दछ। साथै मायादया नभएको संसारका आक्रमणहरू अर्थात् स्कूलमा साथीसङ्गीहरूको दबाउ र अनैतिक कामकुरा गर्ने परीक्षा जस्ता कुराहरूको सामना कसरी गर्न सकिन्छ, सो तिनीहरूलाई बुझाउनु आवश्यक छ। दिन दिनै आफ्ना छोरा-छोरीहरू सित बाइबलका सिद्धान्तहरू अनुसार जीवन बिताउने गर्नुहोस्। यस प्रकार, यहोवाका लागि साँचो प्रेम र उहाँमाथि प्रार्थनापूर्वक भरोसा राख्ने आवश्यकताले तिनीहरूका कलिलो हृदयमा गहिरो छाप पार्न सक्छ।—व्यवस्थाविवरण ६:४-९; ११:१८, १९.
-