-
हामी कसरी परमेश्वरको नजरमा स्वच्छ रहन सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
२. स्वच्छ रहन हामीले कस्ता अशुद्ध आनीबानी हटाउनुपर्छ?
बाइबलले हामीलाई ‘तन र मनलाई अशुद्ध पार्ने हरकिसिमका कुराबाट अलग रहेर आफूलाई शुद्ध पार्न’ आग्रह गर्छ। (२ कोरिन्थी ७:१) त्यसैले हाम्रो शरीर वा दिमागलाई हानि पुऱ्याउने कुराहरूबाट अलग्गै बस्नुपर्छ। हाम्रा विचारहरू पनि यहोवालाई प्रसन्न तुल्याउने किसिमको हुनुपर्छ। (भजन १०४:३४) त्यसैले हामी खराब सोचाइलाई तिरस्कार गर्न हरप्रयास गर्छौँ। साथै हाम्रो बोलीवचन राम्रो हुनुपर्छ।—कलस्सी ३:८ पढ्नुहोस्।
हामीलाई शारीरिक वा नैतिक रूपमा अशुद्ध बनाउने अरू कुरा के-के हुन्? सुर्ती, सुपारी, कोकाको पात र लागूपदार्थको सेवनले हाम्रो शरीरलाई अशुद्ध बनाउँछ। त्यसैले हामी यी कुराहरूबाट अलग रहन्छौँ। यसो गऱ्यौँ भने हाम्रो स्वास्थ्य राम्रो हुन्छ अनि उपहारस्वरूप पाएको जीवनप्रति आदर देखाइरहेका हुन्छौँ। साथै हस्तमैथुन गर्ने र अश्लील सामग्री हेर्ने अशुद्ध बानीहरूविरुद्ध सङ्घर्ष गरेर हामी नैतिक रूपमा स्वच्छ रहन हरप्रयास गर्छौँ। (भजन ११९:३७; एफिसी ५:५) यस्ता बानीहरू त्याग्न गाह्रो हुन सक्छ तर यहोवाले हामीलाई मदत गर्नुहुन्छ।—यसैया ४१:१३ पढ्नुहोस्।
-
-
हामी कसरी परमेश्वरको नजरमा स्वच्छ रहन सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. अशुद्ध विचार र आनीबानी त्याग्न सङ्घर्ष गर्नुहोस्
कलस्सी ३:५ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
अश्लील सामग्री हेर्नु, सेक्सटिङ गर्नु (कम्प्युटर, मोबाइल वा यस्तै कुनै साधनमार्फत अश्लील मेसेज, फोटो वा भिडियो पठाउनु) अनि हस्तमैथुन गर्नु यहोवाको नजरमा अशुद्ध छ भनेर हामी किन भन्न सक्छौँ?
के तपाईँको विचारमा यहोवाले हामी नैतिक रूपमा स्वच्छ भएको चाहनु व्यावहारिक छ? किन?
अशुद्ध विचार त्याग्न कसरी सङ्घर्ष गर्न सकिन्छ भनेर बुझ्नुहोस्। भिडियो हेर्नुहोस्।
नैतिक रूपमा स्वच्छ रहनको लागि हामीले ठोस कदम चाल्नुपर्छ भनेर बुझाउन येसुले एउटा उदाहरण बताउनुभयो। मत्ति ५:२९, ३० पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
हुनत येसुले आफ्नो शरीरलाई हानि पुऱ्याउनुपर्छ भन्न खोजिरहनुभएको थिएन तर हामीले ठोस कदम चाल्नुपर्छ भनेर सङ्केत गर्दै हुनुहुन्थ्यो। अशुद्ध विचार त्याग्न कस्तो ठोस कदम चाल्नुपर्छ?b
तपाईँ अशुद्ध विचारहरू त्याग्न सङ्घर्ष गर्दै हुनुहुन्छ भने यहोवा तपाईँको प्रयासको कदर गर्नुहुन्छ। भजन १०३:१३, १४ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
यदि तपाईँ कुनै अशुद्ध बानी त्याग्न सङ्घर्ष गर्दै हुनुहुन्छ भने हरेस नखान यस बाइबल पदबाट कस्तो प्रोत्साहन पाउनुभयो?
हार नमान्नुहोस्!
हाम्रो मनमा सजिलै यस्तो सोचाइ आउन सक्छ, ‘म चुकेँ, त्यसैले अब प्रयास गर्नु बेकार छ।’ तर यो कुरा विचार गर्नुहोस्: एक जना धावक दौडँदै गर्दा लड्यो भने त्यसको अर्थ उसले दौड हाऱ्यो भन्ने होइन। ऊ फेरि सुरुदेखि दौडन थाल्नु पनि पर्दैन। त्यसैगरि तपाईँ चुक्नुको अर्थ कुलत त्याग्न गरिरहनुभएको लडाइँ हार्नुभयो भन्ने होइन। साथै तपाईँले अहिलेसम्म गर्नुभएको उन्नति खेर गयो भन्ठान्नु पनि पर्दैन। प्रयास गर्दागर्दै पनि चुक्नु सामान्य कुरा हो। त्यसैले हार नमान्नुहोस्! तपाईँ यहोवाको मदतले कुलत त्याग्न सक्नुहुन्छ।
-