-
“हाम्रा परमेश्वर यहोवा जस्तो को छ?”प्रहरीधरहरा—१९९३ | फेब्रुअरी १
-
-
१५. भजन ११५ कुन ढङ्गमा गाइन्थ्यो होला?
१५ भजनसंग्रह ११५-ले हामीलाई यहोवाको प्रशंसा गर्ने र उहाँमाथि भरोसा राख्ने प्रोत्साहन दिन्छ। यसले उहाँलाई नै आशिष र सहायताको श्रोत मान्दै मूर्तिहरू व्यर्थका हुन् भन्ने प्रमाण प्रस्तुत गर्दछ। यो भजन सम्भवतः जुवारीको रूपमा गाउने गर्थे होलान्। अर्थात्, एक जनाले “हे परमप्रभुसँग डराउने हो, परमप्रभुमा भरोसा राख” भनेर गाए पछि, मण्डलीले यसरी सामूहिक रूपमा जवाफ दिने गर्थे होलान्: “तिनीहरूका सहायक र ढाल उहाँनै हुनुहुन्छ।”—भजनसंग्रह ११५:११.
-
-
“हाम्रा परमेश्वर यहोवा जस्तो को छ?”प्रहरीधरहरा—१९९३ | फेब्रुअरी १
-
-
१७. मरेकाहरूले यहोवाको प्रशंसा गर्न नसकेको हुनाकारण हामीले के गर्नु पर्दछ र यसो गरेमा हामीले कुन कुराको आशा गर्न सक्ने छौं?
१७ यस पछि, इस्राएलको, पूजाहारी सेवा गर्ने हारुनको घरानाको र परमेश्वरको भय मान्ने सबैको सुरक्षाका ढाल र सहायक यहोवामाथि नै भरोसा राख्ने प्रोत्साहन दिएको पाउँछौं। (भजनसंग्रह ११५:९-११) हामी यहोवाको भय मान्नेहरूले परमेश्वरको गहिरो श्रद्धा गर्दछौं र उहाँलाई कुनै हालतमा पनि अप्रसन्न तुल्याउन चाहन्दैनौं। साथै, “स्वर्ग र पृथ्वी बनाउनु”-हुनेले उहाँका वफादार उपासकहरूलाई आशिष दिनु हुन्छ भनेर पनि हामी विश्वास गर्दछौं। (१२-१५ पद्यहरू) उहाँका सिंहासन स्वर्गमा छ तर परमेश्वरले पृथ्वीलाई वफादार र आज्ञाकारी मानिसहरूको लागि अनन्तकालीन घर होस् भनेर सृजनु भयो। अचेत र चुप भइसकेका मृत जनहरूले यहोवाको प्रशंसा गर्न सक्तैनन्। यसकारण, हामी जिउँदाहरूले चाहिं सो कार्य पूर्ण भक्ति र वफादारीका साथ गर्नु पर्दछ। (उपदेशक ९:५) यहोवाको प्रशंसा गर्नेहरूले मात्र अनन्त जीवनको आनन्द उठाउने छन् र सदाका लागि “याहको प्रशंसा” गर्दै “अहिले देखि लिएर सधैंभरि” उहाँलाई धन्यको भन्न सक्नेछन्। अतः, “परमप्रभुको प्रशंसा गर” भन्ने आग्रह अनुसार गर्नेहरूलाई हामी सबैले वफादारीका साथ समर्थन गरौं।—भजनसंग्रह ११५:१६-१८.
-