प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • अनुशासनको उद्देश्‍यलाई बुझ्ने
    प्रहरीधरहरा—२००३ | अक्टोबर १
    • तथापि, बाइबलले अनुशासनलाई बेग्लै दृष्टिकोणबाट प्रस्तुत गर्छ। “हे मेरो छोरो, परमप्रभुको [यहोवाको] अनुशासनलाई अवहेलना नगर्‌” भनी राजा सुलेमानले लेखे। (हितोपदेश ३:११) यी शब्दहरूले साधारण अनुशासनलाई होइन तर “यहोवाको अनुशासन” अर्थात्‌ परमेश्‍वरको उच्च सिद्धान्तहरूमा आधारित अनुशासनलाई बुझाउँछ। यस किसिमको अनुशासन मात्र आध्यात्मिक तवरमा फलदायी र लाभदायी—अझ भनौं भने, मनमोहकसमेत हुन्छ। यसको ठीक विपरीत, मानव सोचाइमा आधारित र यहोवाको उच्च सिद्धान्तहरूसित मेल नखाने अनुशासन अक्सर दुर्व्यवहारपूर्ण र पीडादायी हुन्छ। यसबाट हामी थुप्रैले अनुशासनप्रति नकारात्मक मनोवृत्ति राख्नुको कारण बुझ्न सक्छौं।

      हामीलाई किन यहोवाको अनुशासन स्वीकार्न आग्रह गरिएको छ? धर्मशास्त्रमा, ईश्‍वरीय अनुशासनलाई मानव प्राणीहरूप्रति परमेश्‍वरको प्रेमको अभिव्यक्‍तिको रूपमा वर्णन गरिएको छ। तसर्थ, सुलेमानले अझ यसो भने: “जसलाई परमप्रभु प्रेम गर्नुहुन्छ तिनीहरूलाईनै उहाँले हप्काउनुहुन्छ, र आफ्ना प्यारो छोरालाई उहाँले दण्ड दिनुहुन्छ।”—हितोपदेश ३:१२.

      अनुशासन वा सजाय—कुन?

      बाइबलमा उल्लेख गरिएको अनुशासनका थुप्रै पक्षहरू छन्‌, जस्तै—डोऱ्‍याइ, निर्देशन, प्रशिक्षण, ताडना, सुधार र सजायसमेत। तथापि, हरेक अवसरमा यहोवाले दिनुहुने अनुशासन प्रेमद्वारा उत्प्रेरित भएको हुन्छ र यसको उद्देश्‍य अनुशासन पाउने व्यक्‍तिलाई फाइदा पुऱ्‍याउनु हो। सुधारको निम्ति यहोवाले दिनुहुने अनुशासन मुख्यतः सजाय दिने हिसाबले मात्र कहिल्यै दिइँदैन।

  • अनुशासनको उद्देश्‍यलाई बुझ्ने
    प्रहरीधरहरा—२००३ | अक्टोबर १
    • कुन अर्थमा यी सजायहरू “अभक्‍तहरूलाई उदाहरण बनाएर विनाशको दण्ड” थियो? पावलले थिस्सलोनिकीहरूलाई लेखेको पत्रमा, तिनले हामी बाँचिरहेको समयलाई आफ्नो पुत्र, येशू ख्रीष्टमार्फत “परमेश्‍वरलाई नचिन्‍नेहरूलाई, हाम्रा प्रभु येशूको सुसमाचार नमान्‍नेहरूलाई बदला” लिने समय भनी संकेत गर्छन्‌। पावल अझै यसो भन्छन्‌: “यिनीहरूले . . . अनन्त विनाशको सजाय भोग्नेछन्‌।” (२ थिस्सलोनिकी १:८, ९) स्पष्टतया, यस किसिमको सजाय, सजाय पाउने व्यक्‍तिलाई सिकाउन वा निखार्नको लागि हुँदैन। तथापि, यहोवाले आफ्ना उपासकहरूलाई उहाँले दिनुहुने अनुशासन स्वीकार्न आह्वान गर्नुहुँदा, उहाँले अपश्‍चात्तापी पापीहरूलाई दिइने सजायलाई संकेत गरिरहनुभएको होइन।

      बाइबलले यहोवालाई मुख्यतः सजाय दिनुहुने व्यक्‍तिको रूपमा वर्णन नगर्नु निकै उल्लेखनीय कुरा हो। बरु, उहाँलाई अक्सर एक जना मायालु शिक्षक र धीरजी प्रशिक्षकको रूपमा वर्णन गरिएको छ। (अय्यूब ३६:२२; भजन ७१:१७; यशैया ५४:१३) हो, सुधारको निम्ति दिइने ईश्‍वरीय अनुशासन सधैं प्रेम र धीरजसाथ दिइन्छ। अनुशासनको उद्देश्‍य बुझेर मसीहीहरूले सही मनोभावसहित अनुशासन स्वीकार्नुका साथै अनुशासन दिन्छन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने