गुप्त धनराशि खोजे झैं खोजीरहनुहोस्
परमेश्वरको वचन, बाइबलमा पाइने बुद्धिको रत्नहरू कति अनमोल छन्! यी जुहारातहरूले ईश्वरीय उद्देश्य प्रकाश गर्छन् र हाम्रा सामने रोमाञ्चकारी मौकाहरू खोलिदिन्छन्। यिनीहरूले हामीलाई सान्त्वना दिन्छन् र परमेश्वरलाई प्रसन्न पार्न सिकाउछन्। (रोमी १५:४) यी रत्नहरूले हामीलाई अरू सँग बुद्धिमानि साथ व्यवहार गर्न पनि सिकाउँछन्। हो, परमेश्वर बाट आएको बुद्धिले हामीलाई “जीवनको बाटोमा” सन्तोष र आनन्द साथ हिड़न सहायता दिनेछ।—भजन १६:११; ११९:१०५.
बुद्धिबाट आउने लाभ धेरै भएको हुनाकारण हामीले त्यसको मोल गर्नु पर्छ। “म जो भन्दछु, सबै ठीकै छ, एउटै शब्द पनि बाङ्गो-टिङ्गो हुँदैन,” भनेर बुद्धि भन्छे। “जसले बुझ्न सक्छ त्यसकालागि सबै सरल छन्। ज्ञान हुने मानिसको निम्ति सबै स्पष्टै छन्। अर्ती लेउ, चाँदी होइन। मूगा-मोती भन्दा बरू ज्ञान लेऊ। किनभने बुद्धि मूगा-मोती भन्दा उत्तम हो, कुनै पनि रत्न त्यसको दाँजामा आउन सक्तैत।”—हितोपदेश ८:८-११.
किन खोजी रहनु?
अकसर, गाड़िएको गहना, सुन अथवा चाँदीको खोजी व्यर्थ भएर जान्छ। तर ईश्वरीय बुद्धिको खोजी कहिले पनि व्यर्थ हुन सक्दैन। तर हामी यो खोजीमा कसरी सफल हुन सक्छौं? यो धनको निम्ति हामीमा कतिको चाहना छ र यसलाई प्राप्त गर्न हामी कतिको मेहनत् गर्ने छौं, यी दुई कुरामा हाम्रो सफलता भर पर्दछ। हामीले यसको साँचो मोल बुझ्न सक्यौं भने, हामीले यसलाई अरू सबै बहुमूल्य वस्तुहरू भन्दा अनमोल ठान्ने छौं। किनभने, “बुद्धि प्राप्त गर्नु सुन भन्दा पनि असल हो, औ विचार शक्ति छान्नु निखुर चाँदीभन्दा असल हो।”—हितोपदेश १६:१६.
हितोपदेश २:१-६ मा यो प्रोत्साहन दिइएकोछ: “हे मेरो छोरो, यदि तैंले मेरो वचन हृदयमा लिइस र मेरा आज्ञा तेरो मनमा राखिस भने, बुद्धिमा तेरो ध्यान र तेरो मन समझ-शक्तिमा लगाईस भने, तैंले त्यसलाई गाड़-धनझैं त्यो खनिस भने, तैंले परमप्रभुको [न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार: यहोवाको] भय बुझनेछस् र परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। किन भने बुद्धि दिने परमप्रभुनै [न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार: यहोवानै] हुनुहुन्छ र ज्ञान र समझ-शक्ति उहाँबाटनै आँउछन्।”
गुप्त धनराशि लुकेको ठाँउमा भएको हुनाकारण, तिनीहरूको खोजी गर्न आवश्यक हुन्छ। खन्दा, कतिले आफ्नो मनोरञ्जनको समय, खाने बेला र निद्रा पनि त्यागने गर्छन्। तर पछि धन प्राप्त हुँदा, यी सबै प्रयत्नहरू सार्थक ठानिन्छ। हामी पनि परमेश्वरको बुद्धिको खोजी गर्न चाहन्छौं भने, यस प्रकारका धेरै कुराहरू त्यागनु आवश्यक हुनेछ। जसरी गाड़-धन खोज्दा बल लगाएर खन्नु आवश्यक पर्छ, त्यसरीनै बुद्धिको खोजी गर्दा पनि धैर्यको खाँचो हुनेछ। बाइबल र अन्य मसीही प्रकाशनहरू माथि माथि बाट पढ़ेर मात्र पुग्दैन। आत्मिक रत्नहरू पाउनकालागि समय, अनुसन्धान र मनन चाहिन्छ। तर यी सबै गरेर, पछि शास्त्र बुझ्ने अन्तरदृष्टि प्राप्त हुँदा, कति आनन्द अनुभव गर्ने छौं।—नहेम्याह ८:१३.
धनराशिको सफल खोजी
हो, परमेश्वरको वचनमा खनेर बुद्धिको रत्नहरू प्राप्त हुँदा आनन्द अनुभव हुनेछ। (हितोपदेश ३:१३-१८) यसकारण, एउटा राम्रो व्यक्तिगत् अथवा पारिवारिक पुस्तकालय बनायौं भने त्यो बुद्धिमानीको कुरा हुनेछ। तर त्यो पुस्तकालयमा के-के हुनु पऱ्यो? एउटा राम्रो शब्दकोष बाहेक, यहोवाका साक्षीहरूले, बाइबलका विभिन्न अनुवादहरू र प्रत्यक सालका प्रहरीधररा र अवेक! पत्रिकाहरूका साथै, अन्य मसीही प्रकाशनहरू राख्न लाभदायक ठान्छन्। तर धनराशि खोज्नेहरूले पुस्तकालय बाट मदद पाउने हो भने, पुस्तकालयको राम्रो सँग प्रयोग गर्नु आवश्यक छ।
हामीले बुद्धिको खोजी गर्दा, चटावर पबलीकेशन्स इन्डेक्स अथवा वाचटावर सोसाइटीका ठूला पुस्तकहरू अथवा अरू ग्रन्थको पछाड़ि भएका इन्डेक्समा हेरेर आफूलाई चाहिएको कुरा थाह गर्न सक्दछौं। ईश्वरीय बुद्धिको खोजीमा प्रयोग गर्नु पर्ने यी प्राथमिक हतियारहरू हुन्। यिनीहरू बाटो देखाउने एउटा चित्र जस्ता हुन् जसले हामीलाई ईश्वरीय बुद्धिको “गाड़-धन” तिर लैजान सक्नेछन्। (हितोपदेश २:४) अनुसन्धानका निम्ति हामी सँग कुनै प्रकाशन छैन भने, तिनीहरू यहोवाका साक्षीहरूको राज्य सभागृहमा पाउन सकिन्छ।
अब, एउटा सफल धनराशी खोजीको उदाहरण प्रस्तुत गरौं। बाइबल पढ़दा हाम्रो मनमा यो प्रश्न उठन सक्छ: येशू ख्रीष्टलाई उहाँको शत्रुहरूको हातमा बेची दिएर, यहूदा इस्केरियतको मृत्यु कुन ढङ्गमा भयो? मत्ती २७:५ अनुसार, यहूदा “झुण्डी मर्यो।” तर प्रेरित् १:१८ अनुसार, “उँधोमण्टो भई खसेर त्यो माझमा फुट्यो, औ त्यसका सबै आन्द्रा-भुड़ीहरू निस्के।” यसकारण, यहूदा वास्तवमा कसरी मऱ्यो? यी दुइ पद बारे, इनसाइट अन दी स्क्रीपचर्स भन्ने प्रकाशनको “स्क्रीपचर इन्डेक्समा” दिइएका तालिका हेर्नु भयो भने, यो प्रश्नको उत्तर पाउन सक्नु हुनेछ। त्यहाँ एसो भनिएको छ: “मत्तीको उल्लेखमा, यहूदाले गरेको आत्माहत्याको ढङ्ग बताएको पाउँदछौं। तर प्रेरित्को विवरणमा चाहिं, आत्माहत्याको नतिजा बताइएको छ। यी दुवै विवरणहरू मिलाएर पढ़दा, यो बुझिन्छ: यहूदाले कुनै भिरालो चट्टान बाट आफूलाई झुण्डाउनु खोजेछ तर उसको डोरी अथवा रूखको हाँगा बीचमा अचानक टुक्रा परेको हुनाकारण, यहूदा तल भिरालो चट्टानमा, आफ्नो शरीर फुटने गरि फालियो। यरूशलेम वरीपरीको जग्गाको प्राकृतिक आकार हेर्दा यो घटना सम्भव देखिन्छ।” (वल्युम २, पाना १३०)
कनकर्डन्सको प्रयोग द्वारा तपाईंले बाइबलका विभिन्न पदहरू ठम्याउन सक्नु हुनेछ। तर कुनै पनि पद बारे छलफल गर्नु हुँदा, त्यो पदको सन्दर्भ बिर्सनु भएन। उदाहरणकालागि, भजन संग्रह १४४:१२-१४ विचार गरौं। ती पदहरू अनुसार कुनै-कुनै मानिसहरू एसो भन्दै बस्छन्: ‘हाम्रा छोराहरू . . . रूखहरू बढ़ेझैं हुन्छन् र हाम्री छोरीहरू महलको निम्ति कुँदेका कुने-ढुङ्गाझैं हुन्छन्। . . . हाम्रा भँडारहरू सबै किसिमका अन्न हालेर भरिएको हुन्छन्। र हाम्रा भेड़ा-बाख्राहरूले हाम्रा खेतहरूमा हजारौं हजार ब्याउँछन्। हाम्रा साँढ़हरू खूब लादिएका हुन्छन्।’ शायद हाम्रो सोचाई अनुसार यी शब्दहरू परमेश्वरका मानिसहरूकालागि भएको हो। तर सन्दर्भ हेर्नु भयो भने, यो सोचाई गलत साबित हुनेछ। ११ वाँ पदमा, दाऊदले असत्य बोल्नेहरूको हात बाट बाँच्न बिन्ती गरेको छ। यी असत्य बोल्नेहरूले आफ्ना छोरा-छोरी, भेड़ा-बाख्रा, गाइ-वस्तु बारे घमण्ड गर्ने गर्थे। १५ वाँ पद अनुसार, ती असत्य बोल्नेहरूले एसो भनेको पाउँछौं: “यस्तो अवस्थामा हुने मानिसहरू कति सुखी हुन्छन्।” तर त्यसको खण्डन गर्दै, दाऊदले एसो भन्दछ: “ती मानिसहरू सुखी हुन्छन्, जसका परमेश्वर परमप्रभु [न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार, यहोवा] हुनुहुन्छ।”
आत्मिक रत्नहरू प्रशस्त छन्!
बुद्धिको सफल खोजी द्वारा निश्चय आनन्द प्राप्त हुन्छ। बाइबल सम्बन्धी प्रश्नहरूको चित्त बुझ्दो उत्तर, अनुसन्धान बाट पाएको आत्मिक रत्नहरू जस्तै हुन्। र वास्तवमा, हामी खोजी रह्यौं भने, साँच्चै नै के कस्ता उत्तर हरू पाउँन सक्नेछौं! उदाहरणका लागि, कैनले पत्नी कहाँ बाट पायो? यसकालागि, अक्टुबर १, १९८१ को प्रहरीधररामा एसो भनिएको थियो: “बाइबलको उल्लेख अनुसार, आदम र हव्वाका धेरै छोरा-छोरीहरू थिये। दुइ जना, [कैन र हाबिल] मात्र होइन। ‘सेतको जन्म भए पछि आदम आठ सय वर्षसम्म बाँचे, र तिनका अरू छोरा-छोरीहरू जन्मे।’ (उत्पत्ति ५:४) यो कुरा थाह लगाउनु भए पछि, अब भन्नु होस, कैनले आफ्नो पत्नी कहाँ बाट पायो होला? हो, आफ्नै बहिनीहरू मध्य एउटीलाई कैनले विवाह गरेको हुनुपर्छ। यसरी नजीकको साइनो लाग्ने व्यक्तिहरूले आज विवाह गरेमा, तिनीहरू बाट जन्मेका छोरा-छोरीको स्वास्थ्य खतरामा पर्न सक्छ। तर मानव इतिहासको शुरूआतमा यो कुनै ठूलो समस्या थिएन किनभने मानिस जाति सिद्धताबाट धेरै टाढ़ा गएका थिएन्।”
मानी लिनु होस्, हामी बाइबलमा हितोपदेशको पुस्तक पढ़दै छौं। हितोपदेशको १:७ पढ़े पछि, ‘“परमेश्वरको भयको” अर्थ के होला’ भनेर हामी सोच्न सक्छौं। अनुसन्धान गर्दै गयौं भने, हामी मई १५, १९८७ को प्रहरीधररा खोल्न पुग्नेछौं। त्यहाँ एसो भनेको पाउनेछौं: “परमेश्वरको डरको अर्थ भक्ति सहित्को भय, गहिरो श्रद्धा हो। उहाँका प्रेमपूर्ण दया र भलाइको मुल्याङ्कन गरेको हुनाकारण, हामी सँग उहाँ अप्रसन्न हुनु होला भन्ने भय हामीमा हुनु हो। ‘यहोवाको भयको’ अर्थ उहाँ नै सर्वशक्तिमान, सर्वोच्च न्यायाधीश हुनुहुन्छ र उहाँको आज्ञा भङ्ग गर्नेहरूलाई उहाँ सजाय अथवा मृत्यु दिन सक्नु हुन्छ भन्ने तथ्यलाई मान्यता दिनु हो। साथै, परमेश्वरको भयको अर्थ, विश्वासी भएर उहाँको सेवा गर्नु, पूर्णतया उहाँमा भरोसा राख्नु र जे जति कुराहरू उहाँको नजरमा खराब छन्, ती जम्मैको घृणा गर्नु हो।”
खोजी रहनुहोस्!
उत्साह साथ बुद्धिको खोजी गर्नेहरूलाई अनमोल आत्मिक रत्नहरू फेला पार्ने मदद दिनका निम्ति प्रहरीधररा प्रकाशित् हुन्छ। हामी सबैले नै परमेश्वरको वचनबाट बुद्धि र समझ-शक्ति प्राप्त गर्नु परेकोछ। हितोपदेश ४:७, ८ मा एसो भनिएकोछ: “सर्वप्रथम कुरा बुद्धि प्राप्त गर्नु हो। बुद्धि प्राप्त गर। तसँग भएका सबै कुरा त्यागनु परेतापनि, समझ-शक्ति प्राप्त गर। त्यसलाई कदर गर र त्यसले तँलाई आदर दिनेछ, त्यसलाई अङ्गालो हाल्दा, त्यसले तँलाई सम्मानमा पुर्याउनेछ।”
शास्त्रमा आधारित् अन्तरदृष्टि र बुद्धिको सुप्रयोग द्वारा मात्र हामीले साँचो आनन्द प्राप्त गर्न सक्नेछौं। हो, र ईश्वरीय बुद्धि प्रयोग गरेर मात्र हामीले यहोवालाई प्रसन्न पार्न सक्छौं। यसकारण, गुप्त धनराशि खोजे झैं, बुद्धिको खोजी गर्न देखिन् तपाईंलाई कुनै कुराले पनि नरोकोस्। (w89 3/15)
[चित्र]
जसरी गाड़-धन निकालनलाई बल लगाएर खन्नु अवश्यक छ। त के हामी इश्वरीय बुद्धि पाउनलाई पनि त्यसरी नगर्नु