प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ३. यहोवा आफ्ना साथीहरूले के गरेको चाहनुहुन्छ?

      यहोवा सबैलाई प्रेम गर्नुहुन्छ “तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।” (हितोपदेश ३:३२) यहोवा आफ्ना साथीहरूले उहाँको नजरमा जे असल छ, त्यो गर्न र जे खराब छ, त्यसबाट टाढै रहन कोसिस गरेको चाहनुहुन्छ। कसै-कसैलाई यहोवाले भन्‍नुभएको सबै असल काम गर्न र उहाँले गलत ठहराउनुभएको सबै कामबाट अलग रहन सकिँदैन जस्तो लाग्ला। तर यहोवा ठूलो मनको हुनुहुन्छ। उहाँलाई साँच्चै प्रेम गर्ने र उहाँलाई खुसी बनाउन सक्दो प्रयास गर्ने सबैलाई उहाँ स्विकार्नुहुन्छ।—भजन १४७:११; प्रेषित १०:३४, ३५.

  • सबै कुरामा इमानदार हुनुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • सबै कुरामा इमानदार हुनुहोस्‌

      हामी इमानदार व्यक्‍तिहरूलाई साथी बनाउन चाहन्छौँ। यहोवा पनि आफ्ना साथीहरू इमानदार भएको चाहनुहुन्छ। तर बेइमान मानिसहरूले भरिएको यस संसारमा इमानदार हुन सजिलो छैन। सबै कुरामा इमानदार हुँदा के फाइदा हुन्छ?

      १. इमानदार हुनुपर्ने मुख्य कारण के हो?

      अरूप्रति इमानदार हुँदा हामी यहोवालाई प्रेम गरेको र उहाँको आदर गरेको देखाइरहेका हुन्छौँ। हामीले सोच्ने र गर्ने सबै कुरा यहोवालाई थाह छ भनेर याद गर्नुहोस्‌। (हिब्रू ४:१३) हामी इमानदार भएको उहाँले याद गर्नुहुन्छ र त्यसको कदर गर्नुहुन्छ। उहाँको वचनले भन्छ: “धूर्त मानिसलाई यहोवा घृणा गर्नुहुन्छ तर सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।”—हितोपदेश ३:३२.

      २. हामी दैनिक जीवनमा इमानदार भएको कुन-कुन तरिकामा देखाउन सक्छौँ?

      यहोवा हामीले ‘एकअर्कासित साँचो बोलेको’ चाहनुहुन्छ। (जकरिया ८:१६, १७) यसको मतलब के हो? हामी आफ्नो परिवार, सहकर्मी, ख्रिष्टियन दाजुभाइ दिदीबहिनी अनि सरकारी अख्तियारवालाहरूसित झूट बोल्दैनौँ वा तिनीहरूलाई गलत जानकारी दिँदैनौँ। इमानदार मानिसहरू चोरी वा ठगी गर्दैनन्‌। (हितोपदेश २४:२८ र एफिसी ४:२८ पढ्‌नुहोस्‌।) तिनीहरू तिर्नुपर्ने सबै कर तिर्छन्‌। (रोमी १३:५-७) हामी यी र अन्य ‘सबै कुरामा इमानदार भई चल्छौँ।’—हिब्रू १३:१८.

      ३. इमानदार हुँदा के फाइदा हुन्छ?

      हामी इमानदार मानिस भनेर चिनिएका छौँ भने अरूले हामीमाथि भरोसा गर्छन्‌। हामी मण्डलीका सबैलाई परिवारमा जस्तै सुरक्षित महसुस गराउन सक्छौँ। हाम्रो अन्तस्करण सफा हुन्छ। साथै हाम्रो इमानदारीले “परमेश्‍वरको शिक्षाको शोभा” बढाउँछ अनि मण्डलीबाहिरका मानिसहरू साँचो उपासनातर्फ आकर्षित हुन्छन्‌।—तितस २:१०.

      अझ खोतल्नुहोस्‌

      तपाईँ इमानदार हुँदा यहोवालाई कस्तो लाग्छ र तपाईँलाई के फाइदा हुन्छ, थाह पाउनुहोस्‌। साथै विभिन्‍न परिस्थितिमा कसरी इमानदार हुन सकिन्छ, विचार गर्नुहोस्‌।

      ४. हामी इमानदार हुँदा यहोवालाई खुसी लाग्छ

      भजन ४४:२१ र मलाकि ३:१६ पढ्‌नुहोस्‌ अनि यी प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      • तपाईँको विचारमा हामी सत्य लुकाउन सक्छौँ भनेर सोच्नु किन बुद्धिमानी होइन?

      • तपाईँको विचारमा हामीले गाह्रो परिस्थितिमा पनि साँचो बोल्ने छनौट गर्दा यहोवालाई कस्तो लाग्छ?

      एक जना बुबा घुँडा टेकेर छोरीतिर हेर्दै उसको कुरा सुनिरहेका छन्‌। टेबुलको छेउमा भएको गिलासबाट जुस पोखिएको छ।

      छोराछोरीले साँचो बोल्दा आमाबुबालाई खुसी लाग्छ। हामीले साँचो बोल्दा यहोवालाई खुसी लाग्छ

      ५. सधैँ इमानदार हुनुहोस्‌

      धेरैजसो मानिसलाई सधैँ इमानदार हुन सकिँदैन जस्तो लाग्छ। तर हामी किन सधैँ इमानदार हुनुपर्छ, विचार गर्नुहोस्‌। भिडियो हेर्नुहोस्‌।

      भिडियो: आनन्दित हुन केले मदत गर्छ?—सफा अन्तस्करण (२:३२)

      ‘आनन्दित हुन केले मदत गर्छ?—सफा अन्तस्करण’ भिडियोको एक दृश्‍य। बेनले हाकिमलाई आफूबाट ठूलो गल्ती भएको कुरा बताएपछि तिनीहरू हात मिलाउँछन्‌।

      हिब्रू १३:१८ पढ्‌नुहोस्‌ अनि हामी यी क्षेत्रहरूमा कसरी इमानदार हुन सक्छौँ, छलफल गर्नुहोस्‌:

      • परिवारमा।

      • काम गर्ने ठाउँ वा स्कुलमा।

      • अन्य परिस्थितिमा।

      ६. इमानदार हुँदा हाम्रै फाइदा हुन्छ

      इमानदार हुँदा केही समस्या झेल्नुपर्ने हुन सक्छ। तर पछिसम्मको कुरा विचार गर्ने हो भने इमानदार हुँदा हाम्रै फाइदा हुन्छ। भजन ३४:१२-१६ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • इमानदार हुँदा तपाईँको जीवन कसरी अझ राम्रो हुन्छ?

      क. पति र पत्नी कफी पिउँदै कुराकानी गर्दै छन्‌। ख. एक जना मिस्त्रीलाई तिनको हाकिमले प्रशंसा गर्छन्‌। ग. गाडीमा बसिरहेका मानिसले एक जना प्रहरीलाई आफ्नो परिचयपत्र देखाउँछन्‌।
      1. क. पति र पत्नी इमानदार हुँदा वैवाहिक सम्बन्ध बलियो हुन्छ

      2. ख. इमानदार कर्मचारीहरूले हाकिमको भरोसा जित्छन्‌

      3. ग. इमानदार नागरिकहरूले सरकारी अख्तियारवालाहरूसामु राम्रो नाम कमाउँछन्‌

      कोही-कोही भन्छन्‌: “सानोतिनो झूट बोल्दा केही फरक पर्दैन।”

      • यहोवा सबै किसिमका झूटलाई घृणा गर्नुहुन्छ भनेर तपाईँ किन विश्‍वास गर्नुहुन्छ?

      सारांश

      यहोवा आफ्ना साथीहरू बोली र काममा इमानदार भएको चाहनुहुन्छ।

      तपाईँले के सिक्नुभयो?

      • हामी कुन-कुन तरिकामा इमानदार भएको देखाउन सक्छौँ?

      • हामी सत्य लुकाउन सक्छौँ भनेर सोच्नु किन बुद्धिमानी होइन?

      • तपाईँ किन सधैँ इमानदार हुन चाहनुहुन्छ?

      लक्ष्य

      अझ धेरै जान्‍नुहोस्‌

      आमाबुबाले छोराछोरीलाई कसरी इमानदार हुन सिकाउन सक्छन्‌?

      झूटो बोल्नु हुन्‍न (१:४४)

      हामीले आफ्नो वचन पूरा गर्दा के-के फाइदा हुन्छ?

      आफ्नो वचन पूरा गर्नुहोस्‌ र आशिष्‌ पाउनुहोस्‌ (९:०९)

      हामीले तिरेको करको दुरुपयोग हुन्छ भने पनि कर तिर्नुपर्छ कि पर्दैन, थाह पाउनुहोस्‌।

      “के तपाईँले कर तिर्नै पर्छ?” (प्रहरीधरहरा, सेप्टेम्बर १, २०११)

      एक जना बेइमान मानिस पछि कसरी इमानदार भए?

      “यहोवा दयालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ भनेर मैले सिकें” (प्रहरीधरहरा, मे १, २०१५)

  • बुद्धिमानीपूर्वक साथीहरू छान्‍नुहोस्‌
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • २. के साथीहरू छान्‍ने सन्दर्भमा तपाईँको निर्णयले यहोवालाई कुनै फरक पार्छ?

      यहोवा जोकोहीलाई आफ्नो साथी बनाउनुहुन्‍न। “सोझो मानिसलाई उहाँ आफ्नो मित्र बनाउनुहुन्छ।” (हितोपदेश ३:३२) यहोवालाई प्रेम नगर्ने मानिसहरूलाई हामीले साथी बनायौँ भने उहाँलाई कस्तो लाग्नेछ? उहाँलाई असाध्यै दुःख लाग्नेछ। (याकुब ४:४ पढ्‌नुहोस्‌।) तर हामीले नराम्रो सङ्‌गतलाई तिरस्कार गऱ्‍यौँ अनि यहोवासित र उहाँलाई प्रेम गर्ने मानिसहरूसित नजिक भयौँ भने उहाँलाई खुसी लाग्नेछ र उहाँले हामीलाई आफ्नो साथी बनाउने छनौट गर्नुहुनेछ।—भजन १५:१-४.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने