प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w97 ९/१ p. ३२
  • जीवनको बाटो देखाउने बत्ती

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको बाटो देखाउने बत्ती
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९७
w97 ९/१ p. ३२

जीवनको बाटो देखाउने बत्ती

“हे परमप्रभु मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिंड़ाउने शक्‍ति मानिसमा छैन।” (यर्मिया १०:२३) मदतबिना मानिसहरू जीवनको बाटो सफलतासाथ पार गर्नसक्दैनन्‌ भनेर यी शब्दहरू मार्फत यर्मिया अगमवक्‍ताले व्यक्‍त गरे। त्यसो भए, यस्तो मदत कहाँबाट पाउन सकिएला? यसको जवाफ भजनरचयिताले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्दा दिए: “तपाईंको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटोको निम्ति उज्यालो छ।”—भजन ११९:१०५.

परमेश्‍वरको वचन पवित्र बाइबललाई गम्भीरतासाथ अध्ययन गर्ने र त्यसमा भनेका कुराहरू व्यवहारमा उतार्नेहरू बिहान सबेरै यात्रामा निस्केका मानिसजस्तै हुनेछन्‌। झिसमिसे उज्यालो भएकोले सुरुमा त उसले के हो, कसो हो, त्यति राम्ररी ठम्याउन सक्दैन। तर घाम झुल्केपछि सबथोक बिस्तारै बिस्तारै छ्‌यांगिन थाल्छ। अन्तमा टाउकोमास्तिरै घाम पर्दा त उसले एक एक कुरा प्रस्ट देख्छ। यो उदाहरण पढ्‌दा बाइबलको एउटा हितोपदेश झट्ट मनमा आउँछ: “धर्मीको चाल बिहानको उज्यालोजस्तै हो, त्यो मध्य-दिन नहोउञ्जेल झन्‌ झन्‌ चहकिलो हुँदैजान्छ।”—हितोपदेश ४:१८.

तर परमेश्‍वरको निर्देशन तिरस्कार गर्नेहरूलाई नि? बाइबल यसो भन्छ: “दुष्टको चाल रातको अन्धकारजस्तै हो, आफ्नो पतन केमा हुँदैछ सो तिनीहरू जान्दैनन्‌।” (हितोपदेश ४:१९) हो, दुष्टहरू अन्धकारमा ठोक्कर खाने मानिसजस्तै हुन्‌। तिनीहरूले ठूलठूला सफलता पाउलान्‌ तर ती क्षणिक मात्र हुन्छन्‌। किनकि “परमप्रभुको सामने बुद्धि, समझ-शक्‍ति र युक्‍ति केही सीप लाग्दैन।”—हितोपदेश २१:३०.

त्यसैकारण, परमेश्‍वरको वचन बाइबलको निर्देशन पालन गर्नुहोस्‌। त्यसो गर्नुभयो भने, हितोपदेश ३:५, ६ का यी शब्दहरू सत्य साबित भएको पाउनुहुनेछ: “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌। र तेरो आफ्नै समझ-शक्‍तिमा भरोसा नगर्‌। आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने