प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w00 १०/१ pp. ३०-३१
  • “राम्री घोरल”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “राम्री घोरल”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
w00 १०/१ pp. ३०-३१

“राम्री घोरल”

हामीमध्ये प्रायजसोले च्यांग्रा अर्थात्‌ घोरलको व्याख्या गर्न राम्री भन्‍ने विशेषण प्रयोग गर्दैनौं। हाम्रो विचारमा च्यांग्रा भनेको जे पनि खाने अनि स्वादिलो मासु तथा पोसिलो दूध दिने जनावर होला तर हामी त्यसलाई राम्री त पटक्कै भन्दैनौं।

तैपनि, बाइबलले पत्नीलाई “मायालु मृग, राम्री हरिणी” भनेर वर्णन गरेको छ। (हितोपदेश ५:१८, १९) हितोपदेशको पुस्तकका लेखक, सुलेमानले इस्राएलका वन्यजन्तुहरूलाई ध्यान दिएर केलाउने हुँदा तिनले यस्तो तुलना गर्नुको ठोस कारण छ। (१ राजा ४:३०-३३) सायद, आफ्नो बुबा दाऊदले जस्तै तिनले पनि मृत सागरको किनारा, एन-गदी वरपर आउने घोरलहरू देखेको हुनुपर्छ।

यहूदी मरुभूमि नजिकै बस्ने घोरलहरूको सानो बथान एन-गदीको मुहानमा बराबर आउने गर्छन्‌। उजाडस्थानमा पानीको एक मात्र स्रोत यही भएको हुँदा यी घोरलहरू शताब्दीयौंदेखि एन-गदी जाने गरिरहेका छन्‌। भनौं भने, एन-गदी नाउँको अर्थ पनि “पाठाको फोहरा” हो र यसले सायद यो इलाकामा आउने घोरलका पाठाहरूलाई संकेत गरेको हुनुपर्छ। राजा शाऊलको सतावटबाट बच्न राजा दाऊदले “घोरल-पहरा[मा]” भगुवा जीवन बिताउन परे तापनि यही ठाउँमा शरण पाएको हुनुपर्छ।—१ शमूएल २४:१, २.

एन-गदीमा तपाईं अहिले पनि पोथी घोरल देख्न सक्नुहुन्छ र त्यो चट्टाने भीरमा आफ्नो भालेको पछि लागेर पानीको मुहानतिर जान्छ। अब भने तपाईंले पोथी घोरललाई वफादार पत्नीसित तुलना गर्नुको कारण बुझ्न सक्नुहुन्छ होला। त्यसको शान्त स्वभाव तथा भलादमीपनले पनि नारीमा हुने गुणहरू झल्काउँछ। “राम्री” भन्‍ने शब्दले घोरलको शालीनता र भलादमीपनलाई बुझाउँछ।a

पोथी घोरल जब्बर हुनुका साथै शालीन हुनुपर्छ। यहोवाले अय्यूबलाई बताउनुभएझैं घोरलले पहाडको कन्दरा, चट्टाने भीर अनि साधारणतया पुग्नै नसकिने ठाउँहरूमा ब्याउँछ जहाँ खाना पर्याप्त हुँदैन र तापक्रम पनि असह्‍य हुन्छ। (अय्यूब ३९:१) यस्ता अप्ठ्याराहरूको बावजूद त्यसले आफ्ना पाठाहरूको हेरचाह गर्छ, आफूजस्तै चट्‌टानहरूमा चढ्‌न अनि उफ्रन सिकाउँछ। घोरलले सिकारीहरूबाट आफ्ना पाठापाठीलाई जोगाउँछ। एक जना अवलोकनकर्ताले एउटा घोरलले आधा घण्टासम्म संघर्ष गरेर चीललाई धपाएको र पाठापाठी माउको जीउमुनि लुकिरहेको दृश्‍य देखे।

मसीही पत्नी तथा आमाहरूले पनि कठिन परिस्थितिमा छोराछोरी हुर्काउनुपर्छ। घोरलले जस्तै तिनीहरू यो ईश्‍वरप्रदत्त जिम्मेवारी पूरा गर्न त्याग र निःस्वार्थ भाव देखाउँछन्‌। अनि आफ्ना छोराछोरीहरूलाई आध्यात्मिक खतराहरूबाट जोगाउन निकै साहसी हुन्छन्‌। त्यसकारण, यस्तो तुलनाले स्त्रीहरूको महत्त्व घटाउँदैन। बरु, स्त्रीको शालीनता र सौन्दर्य अर्थात्‌ कठिन अवस्थामा पनि चम्किरहने आध्यात्मिक गुणहरूतर्फ सुलेमानले ध्यानाकर्षण गरे।

[फुटनोट]

a द न्यु ब्राउन-ड्राइभर-ब्रिग्स-जेसेनियस हिब्रू एण्ड इंग्लिश लेक्सिकन-अनुसार यस सन्दर्भमा हिब्रू शब्द चेन-को अनुवाद “राम्री” हो र त्यसको अर्थ ‘शालीन र भलादमी रूप’ हो।

[पृष्ठ ३०, ३१-मा भएका चित्रहरू]

मसीही पत्नी तथा आमाले आफ्नो ईश्‍वरप्रदत्त जिम्मेवारी पूरा गर्दै राम्रा राम्रा आध्यात्मिक गुण झल्काउँछिन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने