-
“मेरो आज्ञा पालन गर्, र तैंले जीवन पाउनेछस्”प्रहरीधरहरा—२००० | नोभेम्बर १५
-
-
“आऊ! हामी विलासमा मन बहलाऔं, औ हामी रातभरि प्रेममा डुबौं।” यो निम्तो केवल दुई जनाको प्रीतिभोज नभएर अझ विशेष थियो। उसले यौन आनन्द दिने वचन दिइरहेकी थिई। जवान मानिसको लागि यो नयाँ अनुभव अनि रोमाञ्चकारी तथा उत्तेजक आह्वान हो! अझै बढ्ता प्रलोभन देखाउँदै उसले यसो भन्छे: “मेरा पति घरमा हुनुहुन्न, उहाँ त टाढा यात्रामा जानुभएको छ। उहाँले आफूसित रूपियाँको थैली लानुभएको छ। पूर्णिमासम्म उहाँ घरमा आउनुहुन्न।” (हितोपदेश ७:१८-२०) आफ्नो पति व्यापारको लागि लामो यात्रामा गएको र केही समयपछि मात्र फर्कने हुँदा पीर लिनुपर्ने कुरै छैन भनी उसले ढुक्क गराउँछे। जवान मानिसलाई फुस्ल्याउन कस्तो खप्पीस स्त्री! “फकाई-फुस्लाईकन त्यसले उसलाई डोराएर लगी, लोभ्याउने कुराहरू गरेर त्यसले उसलाई फँसाई।” (हितोपदेश ७:२१) यस्तो प्रलोभनको इन्कार यूसुफजस्तो मानसिक तथा नैतिक क्षमता भएको व्यक्तिले मात्र गर्नसक्छ। (उत्पत्ति ३९:९, १२) तर के यो जवान मानिसले यस्तो प्रलोभनलाई तिरस्कार गर्नसक्छ?
-
-
“मेरो आज्ञा पालन गर्, र तैंले जीवन पाउनेछस्”प्रहरीधरहरा—२००० | नोभेम्बर १५
-
-
राजाले देखेको त्यो “अपरिचित स्त्रीले” त्यस जवान मानिसलाई “विलासमा मन बहलाऔं” भनी निम्तो दिएकी थिई। के आज धेरै जवानहरू अझ विशेष गरेर केटीहरू यसरी नै बहकाउमा परेका छैनन् र? कसैले तपाईंलाई यौन दुराचार गर्न फकाउँछ भने, यो कुरा विचार गर्नुहोस्, के यो साँचो प्रेम हो या केवल स्वार्थी कामवासना? स्त्रीलाई साँचो माया गर्ने पुरुषले उनको मसीही प्रशिक्षण अनि अन्तस्करण नै भताभुंग हुने काम गर्न दबाउ दिन्छ होला र? सुलेमान यसरी सल्लाह दिन्छन्, “तेरो मन त्यसको चालतिर फँस्न नदे।”
-