प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा—२००१ | मार्च १५
    • “बुद्धि चर्को सोरले कराउँछ”

      हितोपदेश अध्याय ८ यस्तो अलंकारयुक्‍त प्रश्‍नसहित सुरु हुन्छ: “के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र? के समझ शक्‍तिले आफ्नो आवाज उच्च पार्दैन र?”a हो, बुद्धि र समझशक्‍ति चर्को सोरले कराउँछन्‌ तर रातको अँध्यारोमा ढुकेर बस्ने र एक्लो अनि अपरिपक्व केटाको कानमा खासखुस कामुक कुरा गर्ने वेश्‍याले जस्तो होइन। (हितोपदेश ७:१२) “बाटोका उच्च ठाउँहरूमा, दोबाटोमा त्यो खड़ा हुन्छ, शहरतिर जाने मूल ढोकाको छेउमा, प्रवेश-द्वारमा, यो चर्को स्वरले यसरी कराउँछ।” (हितोपदेश ८:१-३, नयाँ संशोधित संस्करण) बुद्धिको चर्को अनि निडर सोर सार्वजनिक स्थलहरूमा अर्थात्‌ मूल ढोकामा, दोबाटोमा, शहरको प्रवेश-द्वारमा स्पष्ट सुनिन्छ। मानिसहरूले सजिलै यो सोर सुन्‍न अनि त्यसको जवाफ दिनसक्छन्‌।

      परमेश्‍वरको प्रेरित वचन बाइबलमा लिपिबद्ध ईश्‍वरीय बुद्धि प्राप्त गर्न चाहने पृथ्वीका सबै मानिसहरूका लागि यो उपलब्ध छ भन्‍ने कुरा कसले पो इन्कार गर्न सक्ला र? द वर्ल्ड बूक इनसाइक्लोपीडिया यसो भन्छ, “इतिहासमा अहिलेसम्म सबैभन्दा धेरै पढिएको किताब बाइबल हो। . . . बाइबल जति वितरण भएको किताब अरू कुनै छैन। यसबाहेक, सबैभन्दा धेरै पटक अनि धेरै भाषामा अनुवाद भएको किताब पनि बाइबल नै हो।” बाइबल पूर्ण वा आंशिक रूपमा २,१०० भन्दा धेरै भाषाहरूमा अनुवादित भइसकेकोले लगभग ९० प्रतिशतभन्दा बढी मानिसहरूले बाइबलको एउटा भाग मात्र भए पनि आफ्नै भाषामा पढ्‌ने सुविधा पाएका छन्‌।

      यहोवाका साक्षीहरूले जनसमक्ष जताततै बाइबलको सन्देश घोषणा गरिरहेका छन्‌। तिनीहरूले २३५ मुलुकहरूमा सक्रियतासाथ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्नुका साथै परमेश्‍वरको वचनमा पाइने सच्चाइ मानिसहरूलाई सिकाइरहेका छन्‌। तिनीहरूका बाइबल आधारित पत्रिकाहरू, प्रहरीधरहरा १४० भाषाहरूमा प्रकाशित हुन्छन्‌ भने ब्यूँझनुहोस्‌! ८३ भाषाहरूमा छापिन्छन्‌ र यी दुवै पत्रिकाका प्रत्येक अंक दुई करोडभन्दा बढी प्रति वितरण हुन्छन्‌। बुद्धि साँच्चै सार्वजनिक स्थलहरूमा चर्को सोरले कराइरहेको छ!

  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा—२००१ | मार्च १५
    • a “बुद्धि[का]” लागि प्रयोग गरिएको हिब्रू शब्द स्त्रीलिंगी शब्द हो। त्यसकारण, केही अनुवादहरूमा बुद्धिलाई संकेत गर्दा स्त्रीवाचक सर्वनाम प्रयोग गरिएको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने