प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईंको काम आगोबाट बच्नेछ?
    प्रहरीधरहरा—१९९८ | नोभेम्बर १
    • ४. (क) मसीही निर्माणकार्यमा पावलको कस्तो भूमिका थियो? (ख) येशू र उहाँका श्रोताहरूलाई राम्रो जगको महत्त्व थाह थियो भनेर किन भन्‍न सकिन्छ?

      ४ मजबुत र टिकाउ घर बनाउन जग पनि बलियो बनाउनुपर्छ। तसर्थ, पावलले यसो लेखे: “मलाई दिएको परमेश्‍वरको अनुग्रहअनुसार एउटा बुद्धिमान घर बनाउने नाइकेले जस्तै मैले जग बसालें।” (१ कोरिन्थी ३:१०) यस्तै दृष्टान्त चलाउनुहुँदै येशू ख्रीष्टले पनि एउटा घरबारे बताउनुभयो। त्यो घरको जग बलियो हुनाले त्यसलाई भलले बगाउन सकेन। (लूका ६:४७-४९) येशूलाई जगको महत्त्व थाह थियो। यहोवाले पृथ्वीको जग बसाल्नुहुँदा उहाँ यहोवासँगै हुनुहुन्थ्यो।a (हितोपदेश ८:२९-३१) येशूका श्रोताहरूलाई पनि बलियो जगको महत्त्व थाह थियो। प्यालेस्टाइनमा कहिलेकाहीं आउने भल अनि भूइँचालोमा बलियो जग भएका घरहरू मात्र टिक्नसक्थे। तथापि, पावलले कुन जगबारे भनिरहेका थिए?

  • के तपाईंको काम आगोबाट बच्नेछ?
    प्रहरीधरहरा—१९९८ | नोभेम्बर १
    • a ‘पृथ्वीको जग’ भन्‍नाले पृथ्वी थाम्ने प्राकृतिक शक्‍ति अनि स्थिर रहने आकाशीय पिण्डहरू हुनसक्छन्‌। यसबाहेक, पृथ्वी कहिल्यै पनि ‘नडग्मगाउने’ अथवा नाश नहुनेगरि बनाइएको छ।—भजन १०४:५.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने