प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w06 ८/१ p. ३१
  • पाठकहरूको प्रश्‍न

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पाठकहरूको प्रश्‍न
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
  • मिल्दोजुल्दो सामग्री
  • “धन्य हो त्यो मानिस जसले बुद्धि प्राप्त गर्छ”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • ‘परमेश्‍वरको बुद्धिको गहिराइ कत्ति अथाह छ!’
    यहोवासित नजिक हुनुहोस्‌
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • के तपाईँको जीवनमा “माथिबाट आउने बुद्धि”-ले काम गर्दै छ?
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००६
w06 ८/१ p. ३१

पाठकहरूको प्रश्‍न

हितोपदेश ८:२२-३१ ( NRV) मा वर्णन गरिएको बुद्धिले मानिस भएर जन्मनुभन्दा पहिलेको येशू ख्रीष्टलाई बुझाउँछ भनेर हामी किन भन्‍न सक्छौं?

हितोपदेशको किताबमा पाइने बुद्धिसम्बन्धी ईश्‍वरप्रेरित विवरण यसो भन्छ: “परमप्रभुले सृष्टिको प्रारम्भमा नै मलाई सृजनुभयो, उहाँका आदिका सबै कामहरूभन्दा पहिले नै। . . . पर्वतहरू आ-आफ्नो स्थानमा स्थापित हुनुभन्दा पहिले नै, पहाडहरूभन्दा अघि नै मेरो जन्म भएको थियो। . . . उहाँले आकाशलाई त्यसको ठाउँमा बसाल्नुहुँदा . . . म त्यहाँ थिएँ। . . . म एक कारीगरझैं उहाँको छेउमा थिएँ। म दिनहुँ हर्षले विभोर हुन्थें, उहाँको उपस्थितिमा निरन्तर आनन्दित भइरहन्थें। . . . म मानव-जातिमा प्रसन्‍न रहन्थें।”

बाइबलका यी पदहरूमा परमेश्‍वरको बुद्धि वा बौद्धिकताबारे चर्चा गरिएको हुन सक्दैन। किन? किनभने यहाँ वर्णन गरिएको बुद्धिलाई यहोवाले सृष्टिको प्रारम्भमा नै ‘सृजनुभएको’ वा सृष्टि गर्नुभएको थियो भनिएको छ। तर जहाँसम्म यहोवा परमेश्‍वरको बुद्धिको कुरा छ त्यो त उहाँसित छँदै छ किनभने उहाँको अस्तित्व अनादिदेखि नै छ। (भजन ९०:१, २) त्यसको मतलब, यहोवाको बुद्धिको सुरुवात छैन; उहाँको बुद्धि सृष्टि गरिएको होइन। उहाँको बुद्धि प्रसव वेदनामा “उत्पन्‍न” भएको थिएन। फेरि, ती पदहरूमा वर्णन गरिएको बुद्धि त मानिसजस्तै बोल्छ र काम पनि गर्छ भनिएको छ।—हितोपदेश ८:१.

हितोपदेशको किताब भन्छ, धेरै समयअघि बुद्धि एक निपुण “कारीगरझैं” सृष्टिकर्ता यहोवाको छेउमा थियो। त्यसकारण यो कारीगर पक्कै पनि येशू हुनुहन्छ। पृथ्वीमा आउनुभन्दा धेरै समयअघि येशूले यहोवासित अत्यन्त नजिक भएर काम गर्नुभएको थियो। उहाँबारे बाइबल यसो भन्छ: “सबै कुराभन्दा अघाडि उहाँनै हुनुहुन्छ, र उहाँमानै सबै कुरा जम्मा भएर रहेका छन्‌।”—कलस्सी १:१७; प्रकाश ३:१४.

परमेश्‍वरको पुत्रलाई बुद्धि भन्‍नु एकदमै सुहाउँछ किनभने यहोवाको बुद्धिमान्‌ उद्देश्‍य र उहाँका आदेश प्रकट गर्ने व्यक्‍ति येशू नै हुनुहुन्थ्यो। मानिस भएर जन्मनुभन्दा पहिला येशू परमेश्‍वरको वचन अथवा प्रवक्‍ता हुनुहुन्थ्यो। (यूहन्‍ना १:१) उहाँलाई “परमेश्‍वरको शक्‍ति र बुद्धि” पनि भनिएको छ। (१ कोरिन्थी १:२४, ३०, NRV) यो, परमेश्‍वरको पुत्र येशूबारे गरिएको खूबै सुन्दर वर्णन हो। येशू मानिसजातिलाई असाध्यै प्रेम गर्नुहुन्थ्यो। त्यही कारण मानिसजातिलाई पापबाट मुक्‍त गर्न उहाँले आफ्नो ज्यानै अर्पण गर्नुभयो!—यूहन्‍ना ३:१६. (w 06 8/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने