-
‘धर्मीहरूका लागि आशिष्’प्रहरीधरहरा—२००१ | जुलाई १५
-
-
धर्मी व्यक्तिले दुष्ट व्यक्तिले अनुभव नगरेको सुरक्षा पनि अनुभव गर्छ। “निर्दोष जीवन बिताउने सुरक्षित हुन्छ, कुचाल चल्ने मानिसको पतन हुन्छ। दोषप्रति आँखा चिम्लनाले विपद् ल्याउँछ, साँचो हप्काइले शान्ति ल्याउँछ।”—हितोपदेश १०:९, १०.
-
-
‘धर्मीहरूका लागि आशिष्’प्रहरीधरहरा—२००१ | जुलाई १५
-
-
तर स्वार्थी इच्छा पूरा गर्न बेइमान हुनेको अवस्था योभन्दा फरक हुन्छ। ठगाहा व्यक्तिले कुटिल कुरा गरेर वा शारीरिक हावभावद्वारा आफ्नो झूटलाई ढाकछोप गर्न खोज्छ। (हितोपदेश ६:१२-१४) अरूको बिगार गर्न वा अरूलाई छल्न उसले आँखा झिम्क्याउँदा त्यसको सिकार हुने व्यक्तिले निकै मानसिक क्लेश भोग्नुपर्ने हुन सक्छ। तर ढिलो होस् वा चाँडो, यस्तो व्यक्तिको त्यस्तो कुटिल बोली सबैले थाह पाइहाल्छन्। प्रेरित पावलले लेखे: “कुनै कुनै मानिसका पाप प्रत्यक्ष छ, अदालतसम्म पुग्ने, औ कुनै कुनै मानिसको ता पछि मात्र थाह हुन्छ। सोहीबमोजिम प्रत्यक्ष भएका असल कामहरू पनि छन्, र प्रत्यक्ष नभएकाहरू पनि लुक्नसक्तैनन्।” (१ तिमोथी ५:२४, २५) बेइमानी काममा आमा होस् वा बुबा, साथी होस् वा लोग्ने वा स्वास्नी अथवा परिचित व्यक्ति, जोसुकै बिथोलित भएको होस्, आखिरमा त्यसको बेइमानी काम प्रकट भइहाल्छ। बेइमान भनेर चिनिएको व्यक्तिलाई कसले पो भरोसा गर्न सक्ला र?
-