अन्तरदृष्टिकालागि यहोवा तर्फ हेर्नुहोस्
“म तलाईं शिक्षा [अन्तरदृष्टि, न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार] र तैंले कुन मार्गमा चल्नु पर्ने हो सो तँलाई सिकाउनेछु।”—भजन संग्रह ३२:८
१. हाम्रा फैसलाहरू ठीक साबित् हुनकालागि, कुन कुराहरूमा भर पर्दछ? (व्यवस्थाविवरण ३२:७, २९ सँग तुलना गर्नुहोस्।)
प्रत्यक दिन हाम्रो सामने गर्नु पर्ने फैसलाहरू आइपर्छन्—कुनै फैसलाहरू हेर्नमा सानो होलान् र कुनै अति नै महत्वपूर्ण। तर के हामीले गरेका फैसलाहरू बुद्धिमत्तापूर्ण हुनेछन्? यो हाम्रो स्वभावमा भर पर्नेछ। के हामी बोल्नु अथवा कुनै काम गर्नु अघि राम्रो सँग सोचदछौं, कि के हामी सबै कुरा हतार हतारमा गर्छौं? तर धेरै यस्ता कुराहरू पनि छन्, जहाँ अन्तरदृष्टिको खाँचो पर्दछ। उदाहरणका लागि, वर्तमान विश्व घटनाहरूको नतिजा अथवा अदृश्य आत्मिक संसारमा के भइरहेछ, थाह गर्नु आवश्यक पर्ला। तर के हामी यस प्रकारका कुरा थाह गर्न सक्छौं? के कुनै मानिसले, निश्चित् रूपमा यी कुराहरू थाह लगाउन सम्भव छ र?
२. सफल जीवन बिताउनका लागि, हामीलाई के को खाँचो छ र किन? (हितोपदेश २०:२४)
२ हो, मानिसहरूलाई एउटा अद्भूत मानसिक क्षमता दिइएकोछ। तापनि, परमेश्वर बाट नम्रतापूर्वक सहायता स्वीकार नगरिकन, सफलतापूर्वक आफ्नो जीवनलाई निर्देशन दिने क्षमता सहित् तिनीहरू सृजिएका होइनन्। प्रेरित् अगमवक्ता यर्मियाले भन्नु भए झैं: “हे परमप्रभु [यहोवा, दी न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार] मलाई थाह छ, कि मानिसहरूको मार्ग त्यो आफैमा छैन। आफ्नो पाइलालाई ठीक मार्गमा हिड़ाउने शक्ति मानिसमा छैन।”—यर्मिया १०:२३.
३. यहोवा बाट निर्देशन् स्वीकारेनौं भने, नतिजा के हुनेछ? (उत्पत्ति ३:४-६, १६-२४ सँग तुलना गर्नुहोस्।)
३ तर हामीले यो वास्तविकताको वास्तै नगरेर, असल र खराब अथवा ठीक र बेठीक छुट्याउन हामीले आफूमा अथवा अरू मानिसहरूमा भरोसा गर्यौं भने, नतिजा के हुन्छ? आफ्नै शारीरिक सोच विचार अनुसार हिड़ेको हुनाकारण, परमेश्वरको नजरमा जे खराब र बेठीक हुन्, त्यही कुरोहरूलाई हामी कुनै बेला असल र ठीक पनि ठान्नसक्छौं। (यशैया ५:२०) हामीले यो अनजानमा गरे तापनि, यो देखेर अरूहरूले ठोकर खान सक्छन्। (१ कोरिन्थी ८:९ सँग तुलना गर्नुहोस्) र यहोवा बाट निर्देशन निरन्तर नलिने व्यक्तिहरूले भोग्नु पर्ने परिणाम बारे, परमेश्वरको वचनले एसो भन्दछ: “कुनै बाटो मानिसलाई सीधा देखिएला तापनि, आखिरमा त्यसले मृत्यमानै पुर्याउने हुन्छ।”—हितोपदेश १४:१२.
४. यहोवाले आफ्ना सेवकहरूलाई के कस्तो मदद उदारचित्त साथ दिने प्रतिज्ञा गर्नु भएकोछ? (यर्मिया १०:२१ सँग तुलना गर्नुहोस्।)
४ यो कुरोलाई ध्यानमा राख्दै, हामीलाई के को आवश्यकता छ? हामीलाई यहोवाले दिनु हुने मददको खाँचो छ। हामीलाई प्रोत्साहन दिनु हुँदै, उहाँले एसो भन्नु हुन्छ: “म तँलाई शिक्षा दिनेछु, र तैंले कुन मार्गमा चल्नुपर्ने हो सो तँलाई सिकाउनेछु। तँमाथि नजर राखेर म तँलाई सल्लाह [अन्तरदृष्टि, दी न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार] दिनेछु।”—भजन संग्रह ३२:८.
अन्तरदृष्टिमा कुन कुन कुरा समावेश छन्
५. “अन्तरदृष्टि” के हो?
५ शास्त्रमा उल्लेखित् गरिएको यो अन्तरदृष्टि के हो? कुनै परिस्थितिलाई भित्र सम्म हेर्ने अथवा साधारणतया बाहिर नदेखिने कुरा पनि बुझने क्षमता हो। थियोलोजीकल वर्डबुक अफ दी ओल्ड टेस्टामेन्ट अनुसार, हिब्रू भाषामा, अन्तरदृष्टिको अर्थ, “कारणहरूका निपुण ज्ञान” हो। यस प्रकारको ज्ञानले मानिसलाई बुद्धिमानी साथ काम गर्ने र सफलता प्राप्त गर्ने मदद दिन्छ। यही मौलिक अर्थ ध्यानमा राख्दै र यही अर्थ बुझाउनका निम्ति, यु वर्ल्ड ट्रान्सलेशनले ‘अन्तरदृष्टि’ बाहेक, ‘विवेकशीलतापूर्वक काम गर्न,’ ‘सावधानी साथ हिड़न,’ र ‘सफलता प्राप्त गर्न’ जस्ता शब्दहरू प्रयोग गरेकोछ।—भजन संग्रह १४:२.
६. “चूप” बस्न सक्ने मानिसलाई किन अन्तरदृष्टि अथवा बुद्धि भएको मानिस भन्न सकिन्छ?
६ उदाहरणकालागि, “चूप बस्ने मानिस” “बुद्धिमान” कहलिएकोछ। (हितोपदेश १०:१९) यस प्रकारको मानिस पहिला सोचेर मात्र बोल्दछ। उसले बोलेका वचन अरूहरूले कुन ढङ्गमा बुझने छन् र उसले अर्को मानिसको विषयमा बोलेका कुरा कहाँ सम्म ठीक, मायालु अथवा आवश्यक हुनेछ भनेर पहिलानै सोचदछ। (हितोपदेश १२:१८; याकूब १:१९) उसको हृदयमा यहोवाका मार्गहरूका निम्ति प्रेम र आफ्नो छिमेकीलाई मदद गर्ने साँचो इच्छा भएको हुनाकारण, उसले बोलेकाकुराहरू अरूहरूका निम्ति लाभदायक हुन्छ।—हितोपदेश १६:२३
७. दाऊद के कारण, बुद्धिमानी साथ काम गर्ने मानिस कहलाइये?
७ यिशैको छोरा दाऊदको विषयमा यस प्रकार लेखिएकोछ: “शाउलले पठाएको जुन सुकै काममा पनि, दाऊद सफल भए” [न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार निपुण] अथवा अन्तरदृष्टि साथ काम गर्थे। आफ्नो काम मानव योद्धाहरू सँग लड़ने मात्र होइन भनेर उनले बुझेका थिये। उनी र उनका मानिसहरू मिलेर यहोवाका युद्धहरू लड़ी रहेका छन् भन्ने कुरा उनले बुझेका थिये। यसैकारण, दाऊदले सधैं यहोवा बाट निर्देशन र आशिषको खोजी गर्थे। (१ शमुएल १७:४५; १८:५; २ शमुएल ५:१९) फलस्वरूप, दाऊदका जम्मै अभियानहरू सफल हुन् थिये।
८. मसीही युनानी शास्त्रमा, ‘अन्तरदृष्टि हुनु’ भनेर अनुवाद गरिएको क्रिया बाट अरू के पनि बोध हुँदछ?
८ मसीही युनानी शास्त्र अनुसार, ‘अन्तर दृष्टि’ लाई ‘बुझने’ र ‘जाँच-बुझ गर्न सक्ने’ क्षमता भनेर पनि अनुवाद गरिएको छ। (रोमी ३:११; मत्ती १३:१३-१५; एफिसी ५:१७) र परमेश्वरले आफ्ना दासहरूलाई यस प्रकारका क्षमताहरू दिनु हुने प्रतिज्ञा गर्नु भएकोछ। तर उहाँले तिनीहरूलाई अन्तरदृष्टि कसरी दिनु हुन्छ?
यहोशूले अन्तरदृष्टि कसरी पाउनु भयो?
९. प्राचीन इस्राएलमा यहोवाले मानिसहरूलाई अन्तरदृष्टि कसरी दिनु हुन्थियो?
९ प्राचीन इस्राएलमा, राष्ट्रलाई व्यवस्था बारे शिक्षा दिने कामका लागि यहोवाले लेवीहरूलाई नियुक्त गर्नु भएको थियो। (लेवी १०:११; व्यवस्था ३३:८, १०) व्यवस्था परमेश्वर बाट प्रेरित् भएको थियो र त्यसबारे शिक्षा दिने सङ्गठनात्मक प्रबन्ध माथि परमेश्वरको आत्मा थियो। (मलाकी २:७) यस प्रकार, यहोवाले इस्रएलीहरूलाई, न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार, नेहम्याह ९:२०मा उल्लेखित् गरेझैं, अन्तरदृष्टि दिनु भयो अथवा तिनीहरूलाई ‘बुद्धिमान’ बनाइ दिनु भयो।
१०, ११. (क) यहोशू १:७, ८ मा उल्लेख गरिएको अनुसार, यहोशूलाई अन्तरदृष्टि साथ काम गर्न के ले मदद दिने थियो? (ख) शिक्षाको कुन माध्यमलाई यहोशूले मोल गर्न महत्वपूर्ण थियो? (ग) यहोशूले के व्यक्तिगत् प्रयास पनि गर्नु परेको थियो?
१० तर के त्यो जाति भित्रका व्यक्तिहरू अन्तरदृष्टि अनुसार काम गर्न राजी थिये? अन्तरदृष्टि अनुसार काम गर्नका लागि, तिनीहरूले केहि गर्नु परेको थियो। इस्राएलीहरूका अगुवाइ गर्दै तिनीहरूलाई प्रतिज्ञा गरिएको देशमा लैजाने जिम्मेवारी यहोशूलाई सुम्पिएको बेलामा, यहोवाले यहोशूलाई एसो भन्नु भयो: “केवल बलियो र अति साहसी भएर मेरो दास मोशाले तँलाई आज्ञा गरे अनुसार सबै व्यवस्था पालन गर। त्यसबाट दाहिनेतिर देब्रेतिर नफर्की। तँ जहाँगए पनि, सफलता [निपुणता साथ काम गर्नेछस्, न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार] पाउनेछस्। व्यवस्थाको यो पुस्तक तेरो ओठ बाट नहटोस्, तर त्यसमाथि तैंले दिन-रात ध्यान गर्नू अनि त्यसमा लेखिएका सबै कुरो होशियारीसाथ पालन गर्नू, र मात्र तेरा सबै मार्गहरूमा उन्नती गर्नेछस् र सफलता पाउनेछस् [निपुणता साथ काम पाउनेछस्, न्यु वर्ल्ड ट्रान्सलेशन अनुसार]।” यहाँ निपुणता साथ काम गर्नू भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ “अन्तरदृष्टि साथ काम गर्नू” पनि हो।—यहोशू १:७,८.
११ यहोवाले यहोशूलाई यस प्रकारको अन्तरदृष्टि कसरी दिनु हुने थियो? कुनै चमत्कार द्वारा होइन तर परमेश्वरको लिखित् वचनको प्रयोग द्वारा। यहोशूले परमेश्वरको वचन नियमित् रूपमा पढ़नु परेको थियो र त्यसमा भएका कुराहरूले आफ्नो मन र हृदय भरेर, त्यही कुराहरू बारे निरन्तर मनन् गर्नू परेको थियो। परमेश्वरको वचन अनुसार, व्यवस्थाको शिक्षा लेवीहरूले दिनेछन् भनेर यहोशूलाई थाहा थियो। यहोशूले यो कुराको मुल्याङ्कन गर्नु परेको थियो। सारा जातिमा उसले एउटा ठूलो जिम्मेवारी पाएको हुनाकारण, सबै कुरा उ आफैले बुझनु सक्ने जस्तो गरि, उसले आफूलाई सबै भन्दा बेग्लै ठान्नु ठीक हुने थिएन। (हितोपदेश १८:१) यहोशूले परमेश्वरको लिखित् वचन परिश्रमी भएर पढ़नु परेको थियो। उसले यसरी परमेश्वरको वचनको कुनै भागको पनि हेल-चक्राई नगरिकन पढ़ेमा र त्यसमा भएका कुराहरूको पालन गरेमा, उसले अन्तरदृष्टि सहित् काम गर्न सक्ने थियो।—१ राजा २:३ सँग तुलना गर्नुहोस्।
यहोवाले आज अन्तरदृष्टि कसरी दिनु हुन्छ
१२. यहोवाले दिनु हुने अन्तरदृष्टि बाट लाभ उठाउने हो भने, हामीले कुन तीन आवश्यकताहरू पुरा गर्नु पर्छ?
१२ आफ्नो सेवकहरू बुद्धिमानीसाथ हिड़ने गरून् भनेर यहोवाले हाम्रा समय सम्म चाहिन्दो आवश्यक निर्देशन दिंदै आँउनु भएकोछ। त्यो निर्देशन बाट लाभ उठाउनका निम्ति, हामीहरूले व्यक्तिगत् रूपमा पुरा गर्नु पर्ने केहि आवश्यकताहरू छन्: (१) यहोशूले गरे झैं, हामीले पनि यहोवाको सङ्गठनको मुल्याङ्कन गर्नु पर्छ। हाम्रा समयमा यो आवश्यकता पूरा गर्नका निम्ति, हामीले “विश्वासी र बुद्धिमान दास” र त्यसका सञ्चालक समिति अथवा अभिषिक्त जनहरूको मसीही मण्डली सँग सहयोग गर्नु पर्दछ। (मत्ती २४:४५-४७; प्रेरित् १६:४ सँग तुलना गर्नुहोस्) र यस प्रकारको मुल्याङ्कन हामी नियमित् रूपमा सभाहरूमा आएर प्रकट गर्नेछौं। (हिब्रू १०:२४, २५) (२) परमेश्वरको वचन र यसलाई बुझने मदद दिनको निम्ति “विश्वासी र बुद्धिमान दासले” तैयार पारेका प्रकाशनहरू अध्ययन गर्नमा हामी लगनशील हुनु पदर्छ। (३) हामीले सिकेका कुराहरू कसरी आफ्नै जीवनमा प्रयोग गर्न सकिन्छ र अरूहरूलाई पनि त्यस बाट कसरी मदद दिन सकिन्छ भन्ने कुराहरूमा मनन गर्नु महत्वपूर्ण छ।
१३. यर्मिया ३:१५मा उल्लेखित् प्रतिज्ञाको अर्थ के हो?
१३ हाम्रा समयमा गर्नु हुने निरिक्षण र दिनु हुने अध्यात्मिक आहारको विषयमा, यहोवाले यर्मिया ३:१५मा एसो भन्नु भएकोछ: “मेरो मनले रूचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित चराउनेछन्।” यस प्रकारको अध्यात्मिक आहारा खुवाउने कार्यक्रम बाट हामीलाई अवश्य पनि विभिन्न परिस्थितिहरू बुझ्ने र सफलता प्राप्त गर्नको निम्ति ठीक कदम चाल्ने अद्भूत योग्यता दिइनेछ। यस प्रकारको अन्तरदृष्टिको स्रोत को हुनुहुन्छ? यहोवा परमेश्वर।
१४. ‘विश्वासी दास’ सँग अन्तरदृष्टि किन छ?
१४ ‘विश्वासी दास’ सँग यस प्रकारको अन्तरदृष्टि किन छ? किनभने तिनीहरूले परमेश्वरको वचनलाई आफ्नो चासोको मुख्य केन्द्र बनाएकाछन् र त्यसमा दिएका निर्देशन अनुसार हिड़ने गर्छन्। साथै, तिनीहरूले यहोवाको निर्देशन अपनाएको हुनाकारण, उहाँले तिनीहरू माथि आफ्नो आत्मा राखिदिनु भएकोछ र तिनीहरूलाई उहाँको उद्देश्य अनुसार प्रयोग गर्नु हुन्छ। (लूका १२:४३, ४४; प्रेरित् ५:३२) भजन संग्रहको प्रेरित् लेखकले धेरै समय अघि यसो भनेर लेख्नु भए झैं: “मेरो सबै गुरू भन्दा मेरो समझ ज्यादा छ। किनकि मेरो ध्यान तपाईंका साक्षीवचनमा छ।”—भजन संग्रह ११९:९९.
१५. (क) “विश्वासी र बुद्धिमान दासले” हामीलाई निरन्तर दिएको सल्लाहको सारांश के हो? (ख) धरै वर्ष अघि, रक्त सञ्चार प्रति मसीही दृष्टिकोण बारे यो “दासमा” “अन्तरदृष्टि र ज्ञान” हुन कसरी सम्भव भयो?
१५ गर्नु पर्ने ठीक कुरा के हो भनेर सोधनीहरू आइपर्दा, “विश्वासी र बुद्धिमान दासले” सधैं यो सल्लाह दिने गरेकाछन्: ‘बाइबलमा जे लेखिएको छ, त्यही प्रयोग गर्नु होस्। यहोवामा भरोसा गर्नु होस्।’ (भजन संग्रह ११९:१०५; हितोपदेश ३:५, ६) जब धेरै जसो चिकित्सकहरूले रक्त सञ्चारलाई मान्यता दिये, तब यहोवाका साक्षीहरूको सामने एउटा विवाद खड़ा भयो। यो विवादको सामना गर्दै, जुलाई १, १९४५ को प्रहरीदुर्गमा रक्तको पवित्रता बारे मसीही दृष्टिकोण स्पष्ट पारिएको थियो। त्यो पत्रिकाको लेखमा, ईश्वरीय कानूनको प्रतिषेध दुवै जानवर र मानिसहरूका रक्तमा प्रयोग हुँदछ भनेर देखाइयो। (उत्पत्ति ९:३, ४; प्रेरित् १५:२८, २९) त्यो लेखमा, रक्त सञ्चारको अरू कु-असरहरू बारे छलफल गरिएन; यस बारे त्यति बेला मानिसहरूलाई धेरै ज्ञान पनि थिएन। सामने राख्नु पर्ने मुख्य विवाद परमेश्वरको आज्ञाको पालना थियो र आज पनि विवाद त्यही हो। आज आएर बढ़दो मानिसहरूको सङ्ख्याले रक्त सञ्चार न लिनु नै बुद्धिमानी हो भनेर मानि लिन थालेकाछन्। तर यहोवाका साक्षीहरू पहिले देखिन् नै अन्तरदृष्टि अनुसार काम गर्दै आएकाछन् किनभने तिनीहरूले सृष्टिकर्ता माथि भरोसा राखेकाछन् र रक्त बारे सृष्टिकर्तालाई जत्ति कुनै मानिसलाई थाह छैन।
१६. प्रहरीदुर्गमा योन सम्बन्धी नैतिकता, एकलो पति वा पत्नी मात्र भएका परिवारहरू र उदासिनता जस्ता मानसिक् रोग बारे दिएका सल्लाह किन अति आवश्यक साबित् भए?
१६ योन सम्बन्धी नैतिक सिद्धान्तहरू बारे मानिसहरूको विचार विशिष्टरूपमा भ्रष्ट हुँदैगएतापनि, प्रहरीदुर्गले यो लोक-प्रिय धारणालाई समर्थन गर्नुको सट्टा, शास्त्रमा आधारित् ठोस निर्देशनको घोषणा गर्दै आएकोछ। यसले गर्दा, धेरैले यहोवा सँगको आफ्नो सम्बन्धलाई सुरक्षित् राख्न र क्षणिक मोज भन्दा स्थायी आनन्द माथि आफ्नो ध्यान केन्द्रित् गर्ने मदद पाएकाछन्। साथै, एकलो पति अथवा पत्नी मात्र भएका परिवारहरूका निम्ति र उदासिनता जस्ता मानसिक व्यथा सँग सङ्घर्ष गर्नु परेका व्यक्तिहरूका लागि, विशेषरूपमा तयार गरिएका लेखहरूले, त्यो अन्तरदृष्टि प्रतिबिम्बित् गरेकाछन् जुन अन्तरदृष्टि यहोवाका विचारहरूलाई बहुमूल्य ठान्ने व्यक्तिहरूले मात्र अनुभव गर्न सम्भव छ र जसले हृदय भित्र बाट, यस प्रकार प्रार्थना गर्छन्: “तपाईंको इच्छा बमोजिम गर्न मलाई सिकाउनुहोस्, किनकि तपाईं मेरा परमेश्वर हुनुहुन्छ।”—भजन संग्रह १४३:१०; १३९:१७a
१७. (क) शताब्दीयौं अघि, यहोवाका सेवकहरूलाई सन् १९१४ साल बारे के जानकारी थियो? (ख) सन् १९१४ साल पश्चात् परमेश्वरका मानिसहरूका मनमा केहि प्रश्नहरू भएतापनि, तिनीहरूलाई थाह भएका कुन कुराहरूले तिनीहरूलाई जीवनमा ठोस निर्देशन दियो?
१७ “विश्वासी र बुद्धिमान दास” द्वारा यहोवाले आफ्ना सेवकहरूलाई, दशाब्दीयौं अघि ई. स. १९१४ मा अन्यजातिहरूका समय समाप्त हुनेछ भनेर बुझ्ने मदद दिनु भयो। (लूका २१:२४, किङ्ग जेम्स भर्जन्) प्रथम विश्व युद्ध पश्चात् तिनीहरूलाई विचलित् पार्ने केहि प्रश्नहरू उठ्न ता उठेका थिये। तापनि, बुद्धिमानी साथ हिड़नका लागि, त्यस बेला तिनीहरूलाई जे जति थाह थियो, त्यति नै तिनीहरूका निम्ति यथेष्ट भयो। यो पुरानो रीतिरिवाजलाई परमेश्वरले नाश गर्ने बेला नजीकै आइ पुगेकोछ भनेर तिनीहरूलाई थाहा थियो; यसकारण, यो रितिरिवाज माथि भरोसा गर्नु अथवा यसको भौतिक सिद्धान्तहरू अनुसार जीवन व्यतित् गर्नु मूर्खता हुने थियो। यस बाहेक, मानिस जातिलाई पिड़ित् पार्ने सबै समस्याहरूको एक मात्र उपाय परमेश्वरको राज्य हो भन्ने तथ्य पनि तिनिहरूलाई थाह थियो। (दानियल २:४४; मत्ती ६:३३) सबै सत्य मसीहीहरूले यहोवाको अभिषिक्त राजा येशू ख्रीष्ट र उहाँको राज्यको प्रचार गर्ने जिम्मेवारी उठाउनु पर्छ भन्ने कुरा पनि तिनीहरूले स्पष्ट सँग देखे। (यशैया ६१:१, २; मत्ती २४:१४) सन् १९२५ मा, प्रहरीदुर्गमा प्रकाशित् “एउटा जातिको जन्म” भन्ने लेख द्वारा, तिनीहरूले प्रकाश १२ अध्याय अझ स्पष्ट सँग बुझ्ने मदद पाए; यसै बाट, मानिसको आँखाले न देख्ने गरि स्वर्गमा घटि रहेका घटनाहरू तिनीहरूले थाह गर्न सके। यस प्रकारका अन्तरदृष्टि द्वारा तिनीहरूले जीवनमा ठोस निर्देशन् पाए।
१८. आज हाम्रो सामने के गर्ने जिम्मेवारी र सौभाग्य छ र हामीले स्वयंलाई के प्रश्न सोधनु पर्ने?
१८ त्यस बेला यहोवाका केहि हजार साक्षीहरू मात्र थिये तर तिनीहरू विश्वास साथ काम गर्दै, परमेश्वरको स्थापित् राज्यको सुसमाचार संसारको सबै भागहरूमा प्रचार गर्न अघि सरे। फलस्वरूप, आज लाखौं मानिसहरूले यहोवालाई चिन्न र प्रेम गर्न सकेकाछन् र तिनीहरूको सामने अनन्त जीवनको आशा पनि छ। तिनीहरूका प्रेमपूर्ण परिश्रम द्वारा हामी मध्य धेरैले सच्चाई सिकेका छौं र अब, यहोवाले काम बन्द गर्ने आदेश न दिए सम्म, हाम्रो सामने पनि, सके सम्म सबैलाई साक्षी दिने जिम्मेवारी र सौभाग्य छ। (प्रकाश २२:१७; प्रेरित् २०:२६, २७ सँग तुलना गर्नु होस्) के तपाईंको जीवनमा यहोवाले आफ्नो सङ्गठन द्वारा दिनु भएको अन्तरदृष्टिका लागि मुल्याङ्कनको प्रमाण व्यक्त गर्नु हुँदैछ?
१९. (क) यहोवाले आफ्नो सङ्गठन द्वारा दिनु हुने अन्तरदृष्टिको मोल गर्ने एक जना व्यक्तिको उदाहरण दिनुहोस्। (ख) यो उदाहरण बाट हामी के सिक्न सक्छौं?
१९ पृथ्वीका हर भागमा पाईने एउटा ठूलो भीड़का व्यक्तिहरूको जीवन शैलीमा यसको प्रमाण देख्न सक्छौं। उदाहरणका लागि, जोन कटफर्थलाई हेर्नुहोस्। केहि ४९ वर्ष अघि, ‘विश्वासी र बुद्धिमान’ दासले आज झैं, त्यस बेला पनि, यो शास्त्रीय उपदेश तिर सबैको ध्यानलाई आकर्षित् गरिरहेका थिये, अर्थात्: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्।” (मत्ती ६:३३, ३४) भाइ कटफर्थले यो सल्लाह स्वीकारनु भयो र यहोवाको सेवामा वषौं बिताउनु भए पछि, आज उहाँ एसो भन्नु हुन्छ: ‘मेरो मनमा एउटा कुराले ठूलो प्रभाव पारेकोछ र त्यो यो हो: यहोवाको पृथ्वीमा एउटा सङ्गठन छ, जसको निर्देशन उहाँ स्वयं गर्न हुँदैछ। र व्यक्तिगत रूपमा, म त्यो सङ्गठन सँग काम गर्नु सक्दछु र त्यसको अगुवाई र निर्देशन अनुसार हिड़े भने, मैले शान्ति, सन्तोष, धेरै मित्रहरू र अरू अन्य आशिषहरू पाउने छु।’ र अमेरीका, केनाडा, अस्ट्रेलिया र पापुवा न्यु-गिनीमा उहाँले अनुभव गर्नु भएका अनगिन्ती अध्यात्मिक आशिषहरू द्वारा उहाँको यो विश्वासलाई अझ दृढ़ भएकोछ।b हो, यहोवाले आफ्ना मानिसहरूलाई अन्तरदृष्टि दिनु हुने माध्यमको मोल गर्ने जीवन शैली अपनाउनु नै, हाम्रालागि पनि बुद्धिमानीको कुरा हुनेछ।—मत्ती ६:१९-२१
अन्तरदृष्ट गुमाउनु देखिन् होशियार हुनुहोस्
२०, २१. (क) कुनै कुनै व्यक्तिहरूले आफूमा पहिला भएको इश्वरीय अन्तरदृष्टि कसरी गुमाएकाछन्? (ख) यस प्रकारको हानिकारक मार्ग बाट हामीलाई के ले बचाउनु सक्छ?
२० यहोवाले दिनु हुने अन्तरदृष्टि एउटा बहुमूल्य पुरस्कार हो। तर जुन बाटोले हामीलाई यो ईश्वरीय अन्तरदृष्टि प्राप्त गर्ने मदद दियो, त्यही बाटोमा हामी लागि रहेनौं भने, यो इश्वरीय अन्तरदृष्टि हामी गुमाउन सक्नेछौं। र अफसोस, कतिले यही अनुभव गरेकाछन्। (हितोपदेश २१:१६; दानियल ११:३५) तिनीहरू माथि व्यक्तिगतरूपमा प्रयोग हुने अनुशासनको वास्ता नगर्दै, आफूले गरिरहेको कामलाई नै ठीक ठाने। घमण्ड तिनीहरूकालागि एउटा पासो भयो। परमेश्वरको वचनले जुन कुरालाई खराब भन्छ, त्यही कुरोलाई तिनीहरूले असल माने र यसरी तिनीहरू यहोवाको सङ्गठन बाट टाढ़ा हटे। कति दुखको कुरा!
२१ यस प्रकारका व्यक्तिको अवस्थालाई, भजन संग्रह ३६:१-३ मा यसरी वर्णन गरिएकोछ: “दुष्टको अपराधले त्यसको हृदय भित्र बोल्छ।” अर्थात्, आफ्नै स्वार्थी सोच-विचार र अभिलाषाहरूले त्यसलाई अपराध गर्न लैजानेछ। भजन संग्रहको लेखकले अझ एसो पनि भन्छ: “परमेश्वरको डर त्यसको आँखाको सामने छैन। किनकि त्यसको अधर्म फेला नपरोस र घृणित नठहरियोस् भनेर त्यसले आफ्नो मनमा खुशामदका कुरा विचार गर्छ। त्यसको मुखका कुराहरू अधर्म र छलका छन्।” र यसले गर्दा, उसले के नतिजा भोग्नु पर्छ? ‘बुद्धिमानी [अन्तरदृष्टि] र भलाइको काम गर्न त्यसले छाड़ेको’ हुनेछ। त्यसले वास्तवमा आफूले गरेको काम नै ठीक हो भनेर स्वयंलाई विश्वास दिलाँउदछ र उसले अरूहरूलाई पनि आफ्नो पछि लैजान्छ। यसकारण, आफू सँग अन्तरदृष्टि भएर मात्र पुग्दैन। तर आफूसँग भएको अन्तरदृष्टिलाई सुरक्षित् राख्नका लागि, यहोवाले हामीलाई अन्तरदृष्टि प्राप्त गर्ने मदद दिनु हुने माध्यमको मोल पनि गर्नु अति आवश्यक छ! (w89 3/15)
[फुटनोटहरू]
a वाचटावर पबलीकेशन्स इनडेक्स १९३०-१९८५ मा, “विवाह,” “परिवार,” “नैतिक भ्रष्टाचार,” र “मानसिक उदासिनता” मनि हेर्नुहोस्।
b जुन १, १९५८ को प्रहरीदुर्गमा, पाना ३३३-६ सम्म हेर्नुहोस्।
तपाईंलाई के कति याद छ?
◻ ठीक फैसला गर्न हामीलाई के ले मदद दिनेछ?
◻ अन्तरदृष्टिमा कुन कुन कुरा समावेश हुन्छ?
◻ यहोवाले हाम्रा समयमा आफ्ना सेवकहरूलाई कसरी अन्तरदृष्टि दिनु हुन्छ?
◻ यहोवाले दिनु हुने अन्तरदृष्टि बाट लाभ उठाउने हो भने हामीले कुन आवश्यकताहरू पुरा गर्नु पर्छ?
[चित्र]
यहोवाले दिनु हुने अन्तरदृष्टि बाट लाभ उठाउनकालागि, हामीले उहाँको सङ्गठनको मोल गर्नु पर्छ, व्यक्तिगत अध्ययनमा लगनशील हुनु पर्छ र सिकेका कुराहरू प्रयोगमा ल्याउन मनन गर्नु पर्छ।