प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w93 ८/१ p. ३२
  • गाड धनलाई खोज्नु

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • गाड धनलाई खोज्नु
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
w93 ८/१ p. ३२

गाड धनलाई खोज्नु

सन्‌ १८४८-मा संयुक्‍त राज्य अमेरिकाको क्यालिर्फोनीयामा सटर भन्‍ने व्यक्‍तिको मिलमा सुन भेट्टियो। सन्‌ १८४९ सम्ममा त हजारौं मानिसहरू चाँडै धनी हुने आशामा त्यहाँ ओइरिरहेका थिए। यसप्रकार संयुक्‍त राज्यको इतिहासमा नै यो सबैभन्दा व्यापक तवरमा सुनको खोजीको सुरु थियो। एक वर्षभित्र नै, त्यस ठाउँ नजिकको बन्दरगाह, सान्‌ फ्रान्सीस्को एउटा सानो गाउँबाट २५,००० बासिन्दा भएको शहरमा परिवर्तन भयो। छिट्टै धन कमाउन सकिने सम्भावना एउटा प्रभावकारी प्रलोभन साबित भयो।

मानिसहरू गाड धन प्राप्त गर्न कस्तो कडा परिश्रम गरेर खन्छन्‌ भन्‍ने कुरा पुरातन इस्राएलका राजा सुलेमानलाई थाहा थियो। यसलाई सङ्‌केत गर्दै उनले यसरी लेखे: “तैंले विवेक माग्छस्‌ भने समझशक्‍तिलाई पुकार्‌। यदि तैंले त्यसलाई चाँदीझैं खोजिस्‌ र गाड धनझैं त्यो खनिस्‌ भने, तैंले परमप्रभुको भय बुझ्नेछस्‌, र परमेश्‍वरको ज्ञान प्राप्त गर्नेछस्‌।”—हितोपदेश २:३-५.

सुन र चाँदीले तपाईं धेरै कुराहरू गर्न सक्नुहुन्छ तर विवेक र समझशक्‍तिले त्यो भन्दा बढी गर्न सक्नुहुन्छ। यी कुराहरूले तपाईंलाई सही निर्णयहरू गर्न, समस्याहरू समाधान गर्न, वैवाहिक जीवन सफल बनाउन र आनन्दित हुन मदत गर्नेछ। (हितोपदेश २:११, १२) त्यसरी नै, साँचो ज्ञान र बुद्धिले सृष्टिकर्त्तालाई चिन्‍न, उहाँका उद्देश्‍यहरू बुझ्न, उहाँप्रति आज्ञाकारी हुन र उहाँलाई खुशी तुल्याउन तपाईंलाई मदत गर्नेछ। सुनले यीमध्ये कुनै पनि थोक तपाईंलाई दिन सक्दैन।

बाइबलका शब्दहरू सत्य छन्‌: “पैसा जस्तै बुद्धि पनि सुरक्षा हो। तर ज्ञानको फाइदा यसकारणले छ: बुद्धिलाई चिन्‍नेले त्यसबाट जीवन पाउँछ।” (उपदेशक ७:१२, न्यु इन्टरनेशन भर्सन) धेरै जना तुरुन्तै धन-सम्पत्ति प्राप्त गर्ने सपना देख्छन्‌ तर यसको सट्टा बाइबल खोलेर त्यसमा भएका साँचो धन अर्थात्‌ विवेक, समझशक्‍ति, ज्ञान र बुद्धि खोज्नु कत्ति बुद्धिमानी हुनेछ? (w93 8/1)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने