प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w02 १०/१५ p. ३२
  • “अन्त्यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “अन्त्यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌”
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
w02 १०/१५ p. ३२

“अन्त्यमा तँ बुद्धिमान्‌ बन्‍नेछस्‌”

“अधिकांश मानिसहरूले आफूले जीवनमा पहिला गरेका कार्यहरूको दुःखदायी नतिजा जीवनका अन्तिम दिनहरूमा भोग्छन्‌।” यो १७ औं शताब्दीका फ्रान्सिसी निबन्धकार जान, डि ले ब्रुयिरेको भनाइ हो। साँच्चै, कुनै निर्णय गर्न नसक्ने जवान मानिस दोधारमा पर्न सक्छ, असन्तुष्ट हुन्छ र पछुताउँछ। अर्कोतर्फ, जिद्दीवाल युवाले मूर्ख काम गर्न ढिपी कस्न सक्छ, जसले गर्दा पछि तिनको जीवनबाट आनन्दै हरण हुन्छ। अवस्था जस्तोसुकै होस्‌, सही बाटोमा नचल्दा वा असल कुरा नगर्दा अन्तमा त्यसको नतिजा अवश्‍य दुःखलाग्दो नै हुन्छ।

यस्तो नतिजा नभोग्न के गर्न सकिन्छ? युवावस्थामा हुने दोमन विरुद्ध चेताउनी दिंदै परमेश्‍वरको वचनले युवा जनहरूलाई यस्तो सल्लाह दिन्छ: “दुःखको समय र वृद्धावस्था आउनअघिनै जब तैंले भन्‍नेछस्‌, ‘यिनमा मेरो मन लाग्दैन।’ आफ्नो युवावस्थामा आफ्ना सृष्टिकर्त्ताको सम्झना गर्‌।” (उपदेशक १२:१) तपाईं युवा हुनुहुन्छ भने, युवावस्थामै “सृष्टिकर्त्ता[बारे]” सिक्न सकारात्मक कदम चालिहाल्नुहोस्‌।

त्यसोभए, युवावस्थामा मूर्खतापूर्ण निर्णय नगर्न बाइबलले युवाहरूलाई कसरी मदत गर्छ? बाइबल यसो भन्छ: “सुझाव सुन्‌, र अर्ती ग्रहण गर्‌, र अन्त्यमा तँ बुद्धिमान्‌ बन्‍नेछन्‌।” (हितोपदेश १९:२०, नयाँ संशोधित संस्करण) युवावस्थामा वा कुनै पनि उमेरमा हेलचेक्य्राइँ वा विद्रोह गरेकोले ईश्‍वरीय बुद्धिलाई लत्याएको छ भने, नतिजा साह्रै नमीठो हुनेछ भनी बाइबलले स्पष्टसित बताउँछ। (हितोपदेश १३:१८) अर्कोतिर, ईश्‍वरीय निर्देशनहरूलाई ध्यान दिंदा नतिजा “दीर्घायु र धेरै वर्ष र उन्‍नति,” सन्तोषप्रद तथा सम्पन्‍न जीवन हुनेछ।—हितोपदेश ३:२.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने