-
रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्प्रहरीधरहरा—२००४ | डिसेम्बर १
-
-
२. रक्सीको प्रयोगबारे हामी कस्ता प्रश्नहरू विचार गर्नेछौं?
२ असल वरदान पनि सही ढङ्गमा प्रयोग गरेको खण्डमा मात्र राम्रो हुन्छ। उदाहरणका लागि मह “असल” हुन्छ तर “धेरै मह खानु मानिसलाई असल हुँदैन।” (हितोपदेश २४:१३; २५:२७) “अलि अलि दाखमद्य” पिउनु राम्रै हुन सक्छ तर रक्सीको दुरुपयोग एउटा गम्भीर समस्या हो। (१ तिमोथी ५:२३) बाइबल यस्तो चेतावनी दिन्छ: “मद्य घृणित वस्तु हो, औ कड़ा मद्यले होहल्ला मचाउँछ, त्यसमा लत बस्ने कोही पनि बुद्धिमानी हुँदैन।” (हितोपदेश २०:१) तर मानिसलाई रक्सीको ‘लत बस्नु’ भनेको के हो?a कति रक्सी पिउनुलाई अचाक्ली भन्ने? यस सन्दर्भमा सन्तुलित दृष्टिकोण के हो?
रक्सीको “लत बस्ने”—कसरी?
३, ४. (क) मात्तिउन्जेल रक्सी पिउनुलाई बाइबलले निन्दा गर्छ भनेर कुन कुराले देखाउँछ? (ख) मात्तिंदा देखिने केही लक्षणहरू के-के हुन्?
३ पुरातन इस्राएलमा अपश्चात्तापी घिचुवा र मतवालालाई ढुङ्गाले हिर्काएर मार्नुपर्थ्यो। (व्यवस्था २१:१८-२१) प्रेरित पावलले मसीहीहरूलाई यस्तो सल्लाह दिए: “त्यसको सङ्गत नगर्नू . . . जो भाइ कहलिएर व्यभिचारी, अथवा लोभी, वा मूर्तिपूजक, वा गाली गर्ने, कि मतवाला, अथवा लुटाहा हुन्छ, त्यस्तो मानिससित ता खाँदै पनि नखाओ।” स्पष्ट छ, रक्सीले मात्तिउन्जेल पिउनुलाई धर्मशास्त्रले निन्दा गर्छ।—१ कोरिन्थी ५:११; ६:९, १०.
४ रक्सीले मात्तिंदा देखिने लक्षणहरू वर्णन गर्दै बाइबल यसो भन्छ: “कचौरामा खन्याउँदा फिंज उठ्ने कड़ा रातो दाखमद्य स्वाट्टै नपार्। किनभने अन्तमा त्यसले साँपलेझैं डस्छ, र कोब्रा साँपलेझैं ठुँग्छ। तब तेरो आँखाले अचम्म अचम्मका कुराहरू देख्छ, तेरो विचार शक्ति तेरो बोली लरबरिन्छ।” (हितोपदेश २३:३१-३३) अचाक्ली रक्सी पिउँदा त्यसले विषालु सर्पले जस्तै डस्छ, त्यसले गर्दा बिरामी, मानसिक असन्तुलन अनि अचेत अवस्थासमेत गराउँछ। जँड्याहाले “अचम्मका कुराहरू” देख्न सक्छ किनभने उसलाई दृष्टिभ्रम हुन सक्छ वा ऊ कल्पनामा डुब्न सक्छ। सामान्यतया खुलेआम व्यक्त नगरिने भ्रष्ट सोचाइ तथा इच्छाहरू व्यक्त गर्न पनि उसलाई त्यति अप्ठ्यारो नलाग्न सक्छ।
५. रक्सी धेरै पिउनु कुन अर्थमा हानिकारक हो?
५ यदि कसैले धेरै रक्सी पिउँछ तर मात्तिएको जस्तो नदेखाउन चनाखो रहन्छ भने के त्यो अहानिकारक हो? धेरै रक्सी पिइसकेपछि पनि कसै-कसैले मात्तिएको कुनै लक्षण देखाउँदैनन्। तथापि, त्यस्तो बानी अहानिकारक हो भन्ने सोचाइ राख्नु एक अर्थमा आफैलाई झुक्याउनु हो। (यर्मिया १७:९) बिस्तारै अनि क्रमिक रूपमा रक्सीमा निर्भरता बढ्दै जान्छ र “रक्सी धेरै पिउने” बानी बस्न सक्छ। (तीतस २:३) मानिसहरू मतवाला कसरी हुन्छन् भन्नेबारे लेखिका क्यारोलिन नाप यसो भन्छिन्: “यो बिस्तारै, क्रमिक रूपमा, चालै नपाउने गरी हुने प्रक्रिया हो।” रक्सी धेरै पिउनु साँच्चै घातक पासो हुन सक्छ!
६. रक्सी धेरै पिउनु र अचाक्ली खाने बानीबाट किन जोगिनुपर्छ?
६ येशूको यो चेतावनीलाई पनि विचार गर्नुहोस्: “तिमीहरू आफ्नो विषयमा होशियार रहो, नत्रता तिमीहरूका मन वाक्क-ब्याक्क, नशा [“मतवालीपन,” NRV] र जीवनको फिक्रीले लट्टिएका हुनेछन्, औ त्यो दिन तिमीहरूमाथि एक्कासि पासोझैं आइपर्ला। किनकि यसरीनै सारा पृथ्वीको सतहमा रहनेहरूमाथि यो आइपर्नेछ।” (लूका २१:३४, ३५) रक्सी पिएर मात्तिएको अवस्थासम्म पुग्नुअघि नै शारीरिक तथा आध्यात्मिक तवरमा झुम्म र अल्छी हुन सक्छ। ऊ त्यस्तो अवस्थामा भएको बेला यहोवाको दिन आयो भने के गर्ने?
-
-
रक्सीको प्रयोगबारे सन्तुलित दृष्टिकोण कायम राख्नुहोस्प्रहरीधरहरा—२००४ | डिसेम्बर १
-
-
१०. रक्सीले कसरी हाम्रो दिमागलाई असर गर्न सक्छ र यो किन खतरनाक हो?
१० अनियन्त्रित मात्रामा रक्सी पिउँदा यसले मानिसहरूलाई शारीरिक तवरमा मात्र होइन तर आध्यात्मिक तवरमा पनि चोट पुऱ्याउँछ। बाइबल यसो भन्छ: “दाखमद्य र नयाँ दाखमद्यले बुद्धि नाश पार्छ।” (होशे ४:११) रक्सीले दिमागलाई असर गर्छ। लागूपदार्थको दुरुपयोगसम्बन्धी सं.रा.अ.-को राष्ट्रिय संस्था यसो भन्छ: “रक्सी पिइसकेपछि रक्सीलाई पाचन प्रणालीमार्फत रक्तनलीले सोस्छ अनि यो तुरुन्तै मस्तिष्कसम्म पुग्छ। यसले मस्तिष्कको त्यो भागलाई सुस्त बनाउन थाल्छ जसले सोचाइ र भावनालाई नियन्त्रणमा राख्छ। फलतः त्यस मानिसमा आत्मसंयमको कमी हुन्छ अनि अति स्वतन्त्र भएजस्तो महसुस गर्न थाल्छ।” यस्तो अवस्थामा हामी रक्सीको ‘लतमा’ परेर अनुचित व्यवहार गर्न थाल्ने अनि थुप्रै प्रलोभनहरूको सिकार हुन सक्ने सम्भावना बढी हुन सक्छ।—हितोपदेश २०:१.
-