प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 No. ३ pp. १४-१५
  • जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?
  • ब्यूँझनुहोस्‌!—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँको जीवन अझ आनन्दित हुनेछ
  • दैनिक जीवनको लागि उपयोगी सल्लाह पाउनुहुनेछ
  • तपाईँको मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ
  • साँचो आशा पाउनुहुनेछ
  • ईश्‍वर हुनुहुन्छ कि हुनुहुन्‍न? यो कत्तिको महत्त्वपूर्ण प्रश्‍न हो?
    ब्यूँझनुहोस्‌!—२०१५
  • परमेश्‍वर वास्तवमा कस्तो हुनुहुन्छ?
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • बाइबलले उज्ज्वल भविष्यको आशा दिन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्रीको परिचय
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 No. ३ pp. १४-१५
तीन जना साथीहरू रूखमा भएका चराहरू हेरेर रमाइरहेका छन्‌।

जवाफ थाह पाउनु किन महत्त्वपूर्ण छ?

सृष्टिकर्ता हुनुहुन्छ कि हुनुहुन्‍न भनेर थाह पाउनु किन महत्त्वपूर्ण छ? यदि तपाईँ अहिलेसम्मको छलफलबाट सृष्टिकर्ता हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वस्त हुनुभएको छ भने बाइबल उहाँको वचन हो भनेर जाँच्न चाहनुहुन्छ होला। बाइबलमा लेखिएको कुरामा विश्‍वास गर्नुभयो भने तपाईँलाई यस्ता फाइदाहरू हुनेछन्‌:

तपाईँको जीवन अझ आनन्दित हुनेछ

बाइबल भन्छ: “[ईश्‍वरले] तपाईँहरूलाई आकाशबाट वर्षा अनि ऋतुअनुसार प्रशस्त बाली दिनुभयो र खानेकुराले तृप्त पार्नुभयो अनि आनन्दले तपाईँहरूको हृदय भरिदिनुभयो।”—प्रेषित १४:१७.

यसको अर्थ के हो? प्रकृतिका कुराहरू सृष्टिकर्ताले तपाईँलाई दिनुभएका उपहारहरू हुन्‌। उहाँले तपाईँको कत्ति धेरै ख्याल राख्नुहुन्छ भनेर बुझ्नुभयो भने यी उपहारहरूप्रति तपाईँको कृतज्ञता अझ बढ्‌नेछ।

दैनिक जीवनको लागि उपयोगी सल्लाह पाउनुहुनेछ

बाइबल भन्छ: “तिमीले धार्मिकता, न्याय र निष्पक्षता के हो, . . . असल मार्ग के हो, त्यो बुझ्नेछौ।”—हितोपदेश २:९.

यसको अर्थ के हो? ईश्‍वर तपाईँको सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले उहाँलाई तपाईँ आनन्दित हुन के चाहिन्छ भनेर थाह छ। बाइबल पढ्‌नुभयो भने तपाईँले थुप्रै उपयोगी सल्लाह पाउनुहुनेछ।

तपाईँको मनमा उठेका प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ

बाइबल भन्छ: “तिमीले . . . [ईश्‍वरको] ज्ञान पाउनेछौ।”—हितोपदेश २:५.

यसको अर्थ के हो? सृष्टिकर्ता हुनुहुन्छ भनेर थाह पाउनुभएपछि तपाईँले यस्ता महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ पाउनुहुनेछ: जीवनको उद्देश्‍य के हो? यत्ति धेरै दुःखकष्ट हुनुको कारण के हो? मरेपछि हामीलाई के हुन्छ? बाइबलमा तपाईँले चित्तबुझ्दो जवाफ पाउनुहुनेछ।

साँचो आशा पाउनुहुनेछ

बाइबल भन्छ: “यहोवा यस्तो घोषणा गर्नुहुन्छ, ‘तिमीहरूको निम्ति मैले के सोचेको छु, त्यो मलाई राम्ररी थाह छ। मैले तिमीहरूको शान्ति चिताएको छु, विपत्ति होइन। म तिमीहरूले उज्ज्वल भविष्य र आशा पाओ भन्‍ने चाहन्छु।’”—यर्मिया २९:११.

jw.org/ne मा के बाइबल भरपर्दो किताब हो? र बाइबलको वास्तविक लेखक को हो? भिडियोहरू हेर्नुहोस्‌। यी भिडियोहरू हेर्न खोज्ने बक्समा “बाइबल भरपर्दो” वा “बाइबलको लेखक” टाइप गर्नुहोस्‌।

यसको अर्थ के हो? ईश्‍वरले भविष्यमा दुष्टता, दुःखकष्ट र मृत्यु समेत हटाउने प्रतिज्ञा गर्नुभएको छ। यी प्रतिज्ञाहरूमा भरोसा गर्नुभयो भने तपाईँले दिनदिनै सामना गर्नुपर्ने समस्याहरूको डटेर सामना गर्न सक्नुहुनेछ।

सृष्टिकर्तामा विश्‍वास गरेकोले कसै-कसैलाई कस्तो फाइदा भएको छ?

सिन्डी।

“ईश्‍वरले हामीलाई जीवनको हरेक पक्षमा कसरी मदत गर्नुहुन्छ भनेर विचार गर्दा म छक्कै पर्छु। उहाँले हामीलाई जीवनमा सबैभन्दा महत्त्वपूर्ण कुरा बुझ्न, अरूसित मिलेर बस्न र उहाँको साथी बन्‍न मदत गर्नुहुन्छ।”—सिन्डी, अमेरिका।

एलिस।

“सृष्टिकर्तामा विश्‍वास गरेकीले मैले सन्तोषजनक जीवन बिताउन सकेकी छु। किनकि उहाँबारे, उहाँको सृष्टिबारे र उहाँको वचनबारे थुप्रै नयाँ-नयाँ कुरा सिकिरहेकी छु।”—एलिस, फ्रान्स।

पिटर।

“सृष्टिकर्ताले बाइबलमा दिनुभएको सल्लाह पालन गर्दा म अझ आनन्दित हुन सकेको छु। यसले मलाई सकारात्मक, दयालु र सन्तुष्ट हुन मदत गरेको छ। म असल बुबा बन्‍न पनि सकेको छु।”—पिटर, नेदरल्याण्ड्‌स।

लिज।

“ईश्‍वरलाई चिन्‍नुअघि मेरो जीवन खाने, सुत्ने र कामको लागि दौडनेमै सीमित थियो। मेरो जीवन नीरस थियो। तर अहिले म जीवनलाई अनमोल उपहारको रूपमा हेर्छु। म एकदमै खुसी र कृतज्ञ छु।”—लिज, इस्टोनिया।

एड्रियन।

“मेरो असाध्यै चिन्ता गर्ने बानी छ। तर दुष्टता, अन्याय र दुःखकष्टको चाँडै अन्त हुनेछ भनेर थाह पाएकोले सान्त्वना पाएको छु।”—एड्रियन, फ्रान्स।

बाइबलले जीवनका महत्त्वपूर्ण प्रश्‍नहरूको जवाफ कसरी दिन्छ भनेर थाह पाउनुहोस्‌। बाइबल किन पढ्‌नुपर्छ?—लामो भिडियो हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने