प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
    • तर त्यसो भन्दैमा आमाबाबुले आफ्नो अख्तियार अर्थात्‌ “बेंत[को]” दुरुपयोग गर्नु हुँदैन।b (हितोपदेश २२:१५; २९:१५) आमाबाबुलाई सावधान गराउँदै बाइबल यस्तो सल्लाह दिन्छ: “केटाकेटीहरूको बढ्‌तै सुधार नगर, नत्रता तिनीहरू खिन्‍न हुनेछन्‌।” (कलस्सी ३:२१, फिलिप्स) केटाकेटीलाई सिकाउनुछ भने थप्पड लगाउनु प्रायः प्रभावकारी नहुनसक्छ भनेर पनि बाइबलले स्वीकारेको छ। यसै सन्दर्भमा हितोपदेश १७:१० भन्छ: “मूर्ख मानिसले सय मुक्का खाएको भन्दा समझ-शक्‍ति हुने मानिसलाई अर्तीको असर हुन्छ।” अर्तीको अलावा बाइबलले पछि हुनसक्ने कुराहरूलाई ध्यानमा राखेर पहिल्यै अनुशासन दिने सुझाउ पनि दिन्छ। जस्तै, व्यवस्था ११:१९ ले आमाबाबुलाई छोराछोरी सँगै हुँदा कुरैकुरामा नैतिक मूल्य एवं मान्यताहरू सिकाउने सल्लाह दिन्छ।—व्यवस्था ६:६, ७ पनि हेर्नुहोस्‌।

  • वर्तमान समयका लागि व्यवहारिक किताब
    सबैका लागि उपयोगी किताब
    • b बाइबलकालीन मानिसहरू “बेंत” (हिब्रूमा, सेबेत) भन्दा “लट्ठी” वा गोठालोले लिएर हिंड्‌ने “लौरो” बुझ्थे।१० तर यहाँ चलाइएको बेंत शब्दले निर्ममतापूर्वक छोराछोरीलाई कुट्‌नुपिट्‌नुलाई होइन तर मायालु निर्देशनलाई बुझाउँछ।—भजन २३:४ तुलना गर्नुहोस्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने