प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • के तपाईँ बप्तिस्मा गर्न तयार हुनुहुन्छ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • ५. बप्तिस्मा गर्नदेखि रोक्न सक्ने बाधाहरू पार गर्नुहोस्‌

      ती युवती आमाले गाली गरे तापनि झोलामा बाइबल हाल्दै छिन्‌।

      हामीले यहोवालाई आफ्नो जीवन समर्पण गर्ने र बप्तिस्मा गर्ने निर्णय गर्दा बाधाहरू पक्कै आउँछन्‌। एउटा उदाहरण विचार गर्न भिडियो हेर्नुहोस्‌ अनि तल दिइएका प्रश्‍नहरू छलफल गर्नुहोस्‌:

      भिडियो: यहोवाप्रतिको प्रेमले बाधाहरू पार गर्न मदत गर्छ (५:२२)

      • भिडियोमा देखाइएकी नाराङगिरेलले यहोवाको सेवा गर्न कस्ता बाधा पार गर्नुपऱ्‍यो?

      • यहोवाप्रतिको प्रेमले तिनलाई ती बाधाहरू पार गर्न कसरी मदत गऱ्‍यो?

      हितोपदेश २९:२५ र २ तिमोथि १:७ पढ्‌नुहोस्‌ अनि यो प्रश्‍न छलफल गर्नुहोस्‌:

      • हामीलाई बाधाहरू पार गर्न कुन कुराले साहस दिन्छ?

  • तपाईँ खेदो सहन सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
    • हामीले अहिले नै यहोवामाथिको भरोसालाई बलियो पार्नुपर्छ। हरेक दिन उहाँलाई प्रार्थना गर्न र उहाँको वचनको केही भाग पढ्‌न समय छुट्ट्याउनुहोस्‌। नियमित रूपमा मण्डलीका सभाहरूमा उपस्थित हुनुहोस्‌। यी गतिविधिहरूले तपाईँलाई जुनसुकै खेदोको साहसीपूर्वक सामना गर्न बल दिनेछ, चाहे त्यो आफ्नै परिवारबाट आएको किन नहोस्‌। पटक-पटक खेदोको सामना गरेका प्रेषित पावलले लेखे: “यहोवा मेरो मदतगार हुनुहुन्छ; म डराउनेछैनँ।”—हिब्रू १३:६.

      हामीले नियमित रूपमा सुसमाचार सुनाएर पनि साहस बढाउन सक्छौँ। सुसमाचार सुनाउने कामले हामीलाई यहोवामा भरोसा गर्न र मानिसहरूको डर हटाउन सिकाउँछ। (हितोपदेश २९:२५) तपाईँले अहिले सुसमाचार सुनाउनको लागि साहस बटुल्नुभयो भने सरकारले हाम्रो गतिविधिमा प्रतिबन्ध लगाए तापनि यस काममा भाग लिइरहन तयार हुनुहुनेछ।—१ थिस्सलोनिकी २:२.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने