-
हामी कसरी सही निर्णय गर्न सक्छौँ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. अरूको अन्तस्करणको कदर गर्नुहोस्
मानिसहरूको निर्णय फरक-फरक हुन सक्छ। हामी अरूको अन्तस्करणको कदर गरेको कसरी देखाउन सक्छौँ? यी दुइटा परिस्थिति विचार गर्नुहोस्:
परिस्थिति १: मेकअप गर्न मन पराउने एउटी बहिनी अर्को मण्डलीमा सर्छिन्। तर त्यस मण्डलीका थुप्रै बहिनीलाई अरूले मेकअप गरेको देख्दा अप्ठ्यारो लाग्छ।
रोमी १५:१ र १ कोरिन्थी १०:२३, २४ पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती बहिनीले कस्तो निर्णय गर्लिन्? तपाईँको अन्तस्करणले कुनै कुरा गर्न दिन्छ तर तपाईँसँगै भएको व्यक्तिको अन्तस्करणले दिँदैन भने तपाईँ के गर्नुहुनेछ?
परिस्थिति २: एक जना भाइलाई बाइबलले ठिक्क मात्रामा रक्सी पिउन निषेध गरेको छैन भनेर थाह छ। तैपनि तिनी रक्सी पटक्कै नपिउने निर्णय गर्छन्। तिनलाई एउटा जमघटमा बोलाइन्छ र त्यहाँ तिनले अरू भाइहरूले रक्सी पिइरहेको देख्छन्।
उपदेशक ७:१६ र रोमी १४:१, १० पढ्नुहोस् अनि यी प्रश्नहरू छलफल गर्नुहोस्:
यी पदहरूको आधारमा ती भाइले कस्तो निर्णय गर्लान्? तपाईँको अन्तस्करणले गर्न नदिने कुरा अर्को व्यक्तिले गरिरहेको देख्दा तपाईँ के गर्नुहुनेछ?
सही निर्णय गर्न तपाईँ कस्ता कदम चाल्न सक्नुहुन्छ?
१. के गर्ने भनी निर्णय गर्न यहोवासित मदत माग्नुहोस्।—याकुब १:५.
२. कस्ता सिद्धान्त लागू हुन्छन् भनेर थाह पाउन बाइबल र बाइबलआधारित प्रकाशनहरूमा अनुसन्धान गर्नुहोस्। तपाईँ अनुभवी ख्रिष्टियनहरूसित पनि सल्लाह माग्न सक्नुहुन्छ।
३. तपाईँको निर्णयले आफ्नो र अरूको अन्तस्करणमा पार्ने असरबारे सोच्नुहोस्।
-
-
तपाईँ कसरी आफ्नो बोलीद्वारा यहोवालाई खुसी बनाउन सक्नुहुन्छ?सधैँभरि जीवनको आनन्द उठाउनुहोस्!—बाइबल अध्ययन सामग्री
-
-
५. अरूबारे सकारात्मक कुरा गर्नुहोस्
हामी कसरी अरूको अपमान गर्नदेखि वा अरूबारे नकारात्मक कुरा गर्नदेखि अलग रहन सक्छौँ? भिडियो हेर्नुहोस् अनि तल दिइएका प्रश्नहरू छलफल गर्नुहोस्:
भिडियोमा देखाइएका भाइ किन अरूबारे नकारात्मक कुरा गर्ने बानी हटाउन चाहन्थे?
तिनले त्यो बानी हटाउन के गरे?
उपदेशक ७:१६ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
अरूबारे नकारात्मक कुरा गरूँ जस्तो लाग्दा हामीले कुन कुरा सम्झनुपर्छ?
उपदेशक ७:२१, २२ पढ्नुहोस् अनि यो प्रश्न छलफल गर्नुहोस्:
अरूले तपाईँबारे नकारात्मक कुरा गर्दा यी पदहरूले तपाईँलाई रिस काबूमा राख्न कसरी मदत गर्छ?
-