ईश्वरीय बुद्धि कसरी प्रकट हुन्छ?
“गरीब मानिसको बुद्धिको अवहेलना भयो, र त्यसको वचनको केही वास्ता भएन।” यी शब्दहरूद्वारा बुद्धिमान् राजा सुलेमानले पूरा शहरलाई विनाशबाट बचाउने गरिब तर बुद्धिमान् मानिसको कथा टुंग्याए। तर दुःखको कुरा, “त्यस गरीब बुद्धिमान मानिसलाई कसैले यादै गरेन।”—उपदेशक ९:१४-१६.
गरिब मानिसहरूले जस्तै असल काम गरे तापनि तिनीहरूलाई हेला गर्ने प्रवृत्ति मानिसहरूको हुन्छ। येशूको सन्दर्भमा पनि त्यस्तै भयो। यशैयाले उहाँबारे यस्तो भविष्यवाणी गरेका थिए: “उ मानिसहरूबाट घृणित भयो, र हामीले उसलाई कुनै मोलको गनेनौं।” (यशैया ५३:३) येशूलाई कसै कसैले त्यस समयका धर्मगुरुहरूको जस्तो उहाँको ओहदा वा प्रतिष्ठा नभएको कारणले पनि घृणा गर्थे। यद्यपि, उहाँसित कुनै पनि पापी मानवसित नभएको बुद्धि थियो। येशू जन्मनुभएको शहरका मानिसहरूले “सिकर्मीका छोरा[को]” त्यस्तो बुद्धि र शक्तिका कामहरू स्वीकार्न इन्कार गरे। तथापि, त्यो एउटा गम्भीर गल्ती थियो किनभने विवरण यसो भन्छ, “तिनीहरूको अविश्वासले गर्दा उहाँले त्यहाँ शक्तिको धेरै काम गर्नुभएन।” ती मानिसहरूको निम्ति कस्तो ठूलो क्षति!—मत्ती १३:५४-५८.
हामी कहिल्यै त्यस्तो गल्ती नगरौं। “बुद्धि चाहिं उसका कामहरूबाट योग्य ठहरिन्छ” भनेर येशूले भन्नुभयो। परमेश्वरको कार्य र ईश्वरीय बुद्धि प्रकट गर्ने मानिसहरू, तिनीहरूको ओहदा वा सामाजिक मान मर्यादाबाट होइन तर बाइबल आधारित विश्वास र कार्य अर्थात् “असल फल[बाट]” चिनिन्छन्।—मत्ती ७:१८-२०; ११:१९.